काठमाडौं । गायक सविन सुवेदी र गायिका स्मिता दाहालको सुमधुर स्वरमा सजिएको 'तिम्रो र मेरो' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहारको शब्द रहेको छ। गीतलाई वरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीतवद्द गरेका हुन्।
सन् ८० को दशकको झझल्को दिने यस गीतको म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र सलिना खत्री बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन्। हेमन लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई श्याम लामा र जेबिआर सनमको सयुक्त निर्देशनमा तयार पारिएको हो। पुरानो हिन्दी गीतको फ्लेवरमा नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास यो भिडियो मार्फत गरेको निर्देशक लामाले बताएका छन्।
भीमा लोहार निर्मात्री यस गीतको भिडियोलाई 'गोलो प्रडक्शन'को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसअघि गीतकार लोहारको शब्दमा ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, 'जिन्दगी यस्तै हो', 'तिम्रै नाम होस्', 'मेरो कथाको', ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: