बाग्लुङ । नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय प्रमुख अभिषेक अधिकारीको दुई महिना अगाडि अन्यत्र सरुवा भएको थियो । आयोजनाको चालु आर्थिक वर्षका ५० प्रतिशत काम सम्पन्न भइसक्दासमेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन ।
कार्यालय प्रमुखका रूपमा रामकृष्ण गिरीलाई विभागबाट खटाए पनि हालसम्म कार्यालयमा उपस्थित नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङका सूचना अधिकारी कोमल शाहले बताए । गिरीले मन्त्रालयबाट पत्र बुझिसकेको तर सङ्घीय कार्यान्वयन एकाइले रमना दिएपछि यसै महिना कार्यालयमा आउने बताए । आयोजनाका लागि यस वर्ष सङ्घीय सरकारले आठ करोड बजेट विनियोजन गरेको छ ।
नयाँ सातवटा ठेक्कामार्फत निर्माणको काम सुरु भइरहेको उनको भनाइ छ । पाँचवटा योजनाको काम सिर्जना एण्ड कुञ्जम जेभी, एउटा श्रीमान् निर्माण सेवा हेटौँडा र एउटा ठेक्का सम्झौता भइसकेको भन्दै अब निर्माणका चरणमा रहेको शाहले बताए । हालसम्म छवटा योजनाको कामका लागि ठेक्का सम्झौता भई मूल्याङ्कनसमेत भइसकेको छ ।
सूचना अधिकारी शाहले भने, 'हालसम्म ५० लाखको घम्चिनमा सडकको काम सम्पन्न भइसकेको छ, ढोरपाटन नगरपालिका–३ पुर्कोट सडकको २५ लाखको काम पनि सकियो र कुत्थाप्लामा पार्क निर्माणको काम अन्तिम चरणमा छ, तर भुक्तानी गर्न सकिएको छैन । गत वर्षको सहित हालसम्म सम्पन्न गरिएका योजनाको रु चार करोड भुक्तानी दिन बाँकी छ, हाकिमसाप आएपछि मात्रै काम हुनेहुँदा अहिलेसम्म रोकिएको हो, उहाँ आउनुभयो भनेमात्रै काम सुरु हुन्छ ।'
आव २०६७/०६८ देखि सरकारले व्यवस्थित सहर बनाउने भन्दै मध्यपहाडी लोकमार्गका विभिन्न १० स्थान छनोट गरेको थियो जसमध्ये बुर्तिवाङ पनि रहेको छ । बाह्र वर्ष बित्न लाग्दा कार्यालयले अपेक्षाअनुसार काम भने गर्न नसकेको स्थानीयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: