Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

निजगढमा क्षयरोगका नयाँ बिरामी पहिचान

खबरडबली संवाददाता

बारा । बाराको निजगढ नगरपालिकामा क्षयरोगका नयाँ बिरामी पहिचान भएका छन् ।  क्षयरोग मुक्त नेपाल घोषणा अभियानअन्तर्गत निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले गरेको क्षयरोग स्क्रिनिङ्ग क्याम्पमा ४ सय ८७ जनाको परिक्षण गर्दा १८ जनामा क्षयरोग देखा परेको हो । 

लामो समयदेखि लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो र पसिना आउने, खानामा अरुची हुने, शरीरको तौल घटने, छाती दुख्ने र सास फेर्न गाहे हुुने तथा खकारमा रगत देखापर्ने जस्ता समस्या देखिएकाहरुको छातीको एक्स्रे सहित स्क्रिनिङ्ग गरेर रोगको निदान र उपचार गर्न बुधवार निजगढ नगरपालिकाको वडा नम्बर २ सिंगौलमा संचालन गरिएको क्याम्पमा २ जना क्षयरोगका नयाँ बिरामी पहिचान भएका थिए । 

यस्तै बिहीवार वडा नम्बर ११ को रतनपुरमा १० जना र शुक्रवार वडा नम्बर ७ को योजना टोलमा ६ जना नयाँ बिरामी पहिचान भएको छ । नयाँ पहिचान भएका क्षयरोगका बिरामीहरुको उपचार समेत सुरु गरिएको निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

यस्तै क्षयरोग स्क्रिनिङ्ग क्याम्पमा ४० जनामा क्षयरोग शंकास्पद रहेका छन् । उनीहरुमा उच्च शंकास्पद औषधि प्रतिरोधी क्षयरोग हुन सक्ने आशंकाले थप परीक्षणका निम्ती जीन एस्पट परिक्षण गराउन पुनः खकार नमुना संकलन गरिएको छ । 

क्षयरोग छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ । क्षयरोग पहिचानका लागि कार्यालयले बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको निजगढ नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले बताए । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, स्वास्थ्य शाखाका घिमिरेले भने, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी बिरामीहरु रोग लुकाएर बस्न बाध्य छन् ।” 

सन् २०५० सम्म नेपाल क्षयरोग विहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने छ । “उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले भने, “क्षयरोग विहीन नेपाल बनाउनलाई पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”

क्षयरोगका शंकास्पद बिरामीहरुको पहिचान गर्न निजगढ नगरपालिकाले विषेशज्ञ सहित स्वास्थ्यकर्मीहरुको टोलीव्दारा तिनदिन उपचार सेवा क्याम्प संचलन गरेको थियो । 

नेपालमा ८० हजार क्षयरोगी छन् । वार्षिक पाँच हजारदेखि छ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ । ४४ हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट पूर्ण खड्का सहभागी

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending