Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

बैंकहकाे मनाेमानी व्याज र लघुवित तथा सहकारीकाे कर्जा फिर्ता गर्नुपर्ने माग राख्दै माघ ११ गते मधेस बन्दकाे घाेषणा

माघ ११ गते मधेस बन्द सफलपार्न आइटी आर्मी महिला तथा मुस्लिम मोर्चाको निर्णय

खबरडबली संवाददाता

रौतहट ।  पुर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले ११ माघको मधेस बन्द सफल बनाउँने निर्णय गरेको छ । अध्यक्ष साहको गृह नगर मौलापुरको पतौरा स्थित जवाहर आधारभुत बिधालयमा सनिवार सम्पन्न मौलापुर नगरस्तरीय आईटी आर्मीको भेलाले मधेस बन्द सफल बनाउँने निर्णय गरेको हो। 

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सो भेलालाई सम्बोधन गर्दै बैंकहरुको लुटधन्दा विरुद्धको आन्दोलन कडा हुने बताए । बैंकहरुले लिने मनोमानी व्याज फिर्ता गर्नुपर्ने बताउँदै सर्वसधारणलाई ठग्ने ठगहरुलाई नछोड्ने चेतावनी दिएका छन। 

बैंकहरुले मनोमानी लिइरहेको व्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट लिएको कर्जा फिर्ता हुनुपर्ने र सर्वसधारण नागरिकले सहजरुपमा कर्जा नपाएसम्म आन्दोलनका बिभिन्न कार्यक्रम जारी रहने चेतावनी साहले दिएका छन्। 

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघमा मधेस बन्दको गर्ने घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो ।

भेलामा आजपा महासचिव उपेन्द्र साह, सचिव एवं संविधान सभा सदस्य समिना हुनेस लगायत  आइटी आर्मीका हजारौं युवाहरुको सहभागिता रहेको थियो । त्यस्तै आमजनता पार्टी निकट आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक सनिवार रौतहटको मौलापुरमा सम्पन्न  भएको छ।

आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक “महिलालाई राज्यको हरेक तह र निकायमा ५१५ अधिकारको सुनिश्चितताको लागि निर्णायक संघर्ष गर्ने”निर्णय सहित सम्पन्न भएकोछ । मौलापुर पार्क होटलमा बसेको उक्त बैठकको अध्यक्षता मोर्चा अध्यक्ष कुमारी बबिताले गरेकी थिइन्। कार्यक्रममा आजपा महासचिव उपेन्द्र साह, सचिव समिना हुसैन लगायतका नेताहरूको उपस्थितिमा रहेको थियो । उक्त बैठकले “बैकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता , लघुबीत तथा सहकारीहरुको सम्पुर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कार्जा दिलाउनको लागि घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने समेत प्रतिबद्धता व्यक्त गरेकाछन ।

उता मौलापुर पार्क होटलको सभा हलमा आम मुस्लिम मोर्चाको केन्द्रीय समितिको बैठक सम्पन्न भएकोछ । मोर्चाको अध्यक्ष लालबाबु मंसूरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मदर्सा ऐन र मदर्सा बोर्ड गठनको लागि निर्णायक संघर्ष गर्ने साथै बैंकिंग लुटको विरुद्ध घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने निर्णय गरेकोछ । बैठकमा मोर्चाको पदाधिकारीहरुको सहभागिता रहेको थियो। 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending