Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

चलचित्र 'जिग्री'को पोस्टर सार्वजनिक, फागुन ४ गतेका लागि प्रदर्शन मिति घोषणा

खबरडबली संवाददाता
काठमाडाैं ।  सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र `जिग्री´को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै चलचित्र फागुन ४ गते रिलिजमा आउने जानकारी गराएका हुन् ।
 
कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको उक्त चलचित्र `जिग्री´लाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।
 
चलचित्र `जिग्री´ काठमाडौँमा अनेकन् महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई केटाको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष चलचित्रको मुख्य विषय बस्तु रहेको छ । वर्तमान समयमा आम नेपाली युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनाहरूलाई जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीबाट दर्शक माझ देखाउन खोजेको छ ।  
 
चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । चलचित्रको केही दिनमा नै टिजर सार्वजनिक गरिने छ भने चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्ने छ ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला...

रौतहटमा हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित

रौतहट । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, ग...

हुम्लाको खार्पुनाथमा औषधिको अभाव, सिटामोल सम्म नहुँदा सेवाग्राही मारमा

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो ।  सरकारल...

अझै टुङ्गिएन अखिल क्रान्तिकारीको उमेरहद विवाद

समाधान गर्ला त छानबिन समितिले ?

झापामा सीमास्तम्भ मर्मत गरिँदै

झापा । झापामा नेपालभारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मत...

चीनमा नयाँ एमपक्स स्ट्रेनका ५ जना संक्रमिमित फेला

काठमाडौं । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँच वटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ । एमपक्स जना...

परिश्रमी वडाध्यक्ष जनताको सेवासँगै तरकारी खेती मोह

कञ्चनपुर । शुक्लाफाँटा ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलम...

रविबारेको आदेशमा बाबुरामको टिप्पणीः अदालतको विवेकपूर्ण निर्णय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबारे...

डढेलो सामू निरीह अमेरिका, किन भयानक भयो आगो ?

काठमाडौं । विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो सामू निरीह सावित भएको छ । प्यासिफिक प्यालिसेड्स...

प्रेस सेन्टर रूपन्देही अध्यक्षमा पोखरेल

रूपन्देही । प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । आठौं अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्ष पत्रकार विष्णु पोखरेल चयन भएका हुन् । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy