Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा छानिए तीन विजेता

खबरडबली संवाददाता

काठमाडौं । बालबालिकाका प्रतिभा निखार्ने एउटा पृथक कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा तीन विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी गरेर एकसाथ तीन विजेता छानिएका हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटातर्फ आइभान श्रेष्ठ विजेता बन्दा जुनियर केटीतर्फ इलोना कार्कीले शिर्ष उपाधि चुमिन् । त्यस्तै सिनियर केटीतर्फ स्मारिका भट्टराई विजेता घोषित भइन् । शिर्ष विजेता सबैले उपाधिको साथमा बिभिन्न गिफ्ट तथा अवसर समेत पुरस्कारको रुपमा प्राप्त गरे ।

नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगीताहरु भन्दा भिन्न तवरबाट अन्तराष्ट्रिय स्तरको लाइट, स्टेज र साउन्ड सिस्टमा सहित आयोजित प्रतियोगीताको प्रत्येक शिर्षक ४ उप–विजेता समेत छानिएको थियो । जसमा जुनियर केटातर्फ आरभ अधिकारी फष्ट रनरअप, उत्सर्ग ढकाल सेकेन्ड रनरअप, श्रीजल यादव थर्ड रनरअप र सम्प्रभ जंग केसी फोर्थ रनरअफ बन्दा जुनियर केटीतर्फ निबित्सा झा फष्ट रनरअप, सिकुम सुब्बा सेकेन्ड रनरअप, अलंकृता भट्टराई थर्ड रनरअप र ओजस्वी सिल्वाल फोर्थ रनरअफ भए ।

यस्तै सिनियर केटीतर्फ भने एन्जल गहतराज फष्ट रनरअप, सानभी बिष्ट सेकेन्ड रनरअप र कृषु भण्डारी थर्ड रनरअप चुँनिए ।

सम्पुर्ण देवापाटे (शिक्षा विद्), रोजिना पौडेल (को–अडिनेटर मात्रृभुमी स्कुल), आषिश थापा (निर्देशक–आरए इभेन्ट म्यानेजमेन्ट), सम्झना गिरी (फाउन्डर प्रिन्सिपल–युरो स्कुल भत्तपुर), ईश्वर हमाल (को–अटिनेटर ज्ञानोदय बालबाटिका), मिलन केसी लोप्चन (प्रिन्सिफल अक्सरा स्कुल), फरिदा बानु अहमद (एक्टिभ इन्चार्ज तथा को–अडिनेटर मोर्डन इन्डियन स्कुल), निलिमा मास्के श्रेष्ठ (गीतकार, कवि, प्रिन्सिपल ब्युटिफुल माडन्स) लगायत निर्णायक रहेको प्रतियोगीता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो । प्रतियोगीताको कोरियोग्राफी अन्तराष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।

बिभिन्न आकर्षक शैलीमा बालबालिकाको स्टेज प्रस्तुति सहित आयोजित प्रतियोगीता बालबालिकालाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले जानकारी दिए । प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।

बुद्धिजीवी, सेलिब्रेटी, उपत्यकाका बिभिन्न स्कुलका प्रिन्सिपल बिद्यार्थी लगायतको सहभागीता रहेको कार्यक्रमबाट आफुले भरपुर मनोरञ्जन प्राप्त गरेको र कार्यक्रम अन्तराष्ट्रिय स्टरको रहेको सहभागीले बताए । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending