महेन्द्रनगर । मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन् ।
यहाँको भीमदत्त –१० का १७ वर्षीय ललित सार्कीले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि जानुपूर्व यतिबेला स्थानीय सरकारसित सहयोगका लागि आग्रह गरिरहेका छन् । ‘बुबा आठ वर्षदेखि मानसिक रोगबाट ग्रसित र आमा मायादेवी घरमा चटाँइ बेचेर परिवारको खर्च चलाउनुहुन्छ’, ललितले भने, ‘हामीसित जम्मा एक कट्ठा जग्गा मात्रै छ, मैले लगानी गरेर एमबिबिएस अध्ययन गर्छु भन्नु सपनाजस्तै हुन्छ ।’
गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयबाट २०७८ सालमा माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका ललितले महेन्द्रनगरस्थित रेडियन्ट क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरेका थिए । ‘रेडियन्ट पढ्दा पनि आंशिक छात्रवृत्ति र दामोदर सुवेदी सरको आर्थिक सहयोगमा अध्ययन गरेँ ।’ उनले भने, ‘गत साउनदेखि घरमै बसेर तयारी गरेर अहिले एमबिबिएसमा नाम निकाले ।’
यही माघको अन्तिमतिर अध्ययनका लागि काठमाडौँ जाने ललितले काठमाडौँ बसाईका लागि आर्थिक सहयोग माग्दै भीमदत्त नगरपालिका धाइरहेको बताए । ‘पढ्नका लागि छात्रवृत्ति पाए पनि काठमाडौँ बसाईका लागि मासिक रु दश हजार जति जोहो गर्न पाए हुन्थ्यो’, उनले भने, ‘दाइले भारतमा मजदुरी गरेर कमाएको पैसाले घरमा छाक टार्न पनि मुस्किल पर्छ ।’
उनले रकम अभावकै कारण एमबिबिएसको तयारीका लागि काठमाडौँ जान नपाएको स्मरण गराए । ‘परीक्षाका बेला मात्रै साथीकोमा तीन दिन बसेर काठमाडौँबाट फर्किए’ उनले भने, ‘त्यो परीक्षामा कञ्चनपुरबाट दुई जनाले मात्रै नाम निकाल्न सफल भयौँ ।’
अध्ययनमा अब्बल सावित बन्दै गएका उनलाई आइतबार भीमदत्त नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मानित गरिइएको छ । उनले सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जनाउँदै ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको हो ।
‘नगरपालिकाबाट अध्ययनका लागि सहयोग पाउनेमा आशावादी छु’, ललितले भने, ‘आजको सम्मानले थप हौसला प्रदान भएको छ ।’
त्यसैगरी भीमदत्त–१० का वडासचिव गगन नाथ छात्रवृत्तिका लागि छनोट भएका वडावासी सार्कीलाई अध्ययनका लागि थप सहयोग गरिदिन भीमदत्त नगरपालिकामा पहल भइरहेको बताए ।
‘वडाबाट हामीले नगरपालिकालाई पत्राचारसमेत गरेका छौँ’, वडासचिव नाथले भने, ‘वडाले अध्ययनका लागि जेहेन्दार विद्यार्थीलाई आवश्यक सहयोग र सहयोगका लागि माथिल्लो निकायमा पहल गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - ०८:२०
गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...
फाल्गुन २८ गते, २०८२ - ०८:१५
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...
फाल्गुन २८ गते, २०८२ - ०८:१०
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...
फाल्गुन २८ गते, २०८२ - ०८:०९
काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...
फाल्गुन २८ गते, २०८२ - ०७:४६
काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...
फाल्गुन २८ गते, २०८२ - ०७:४२
काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...
फाल्गुन २८ गते, २०८२ - ०७:३७
काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...
फाल्गुन २८ गते, २०८२ - ०७:३३
काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...
फाल्गुन २८ गते, २०८२ - ०७:२९
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...
फाल्गुन २८ गते, २०८२ - ०७:२६
कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...


प्रतिकृया लेख्नुहोस्: