Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

२ करोड भ्रष्टाचार मुद्दाका आरोपीले पाए सफाइ

खबरडबली संवाददाता

काठमाडौं ।  दुई वटा फरकफरक मुद्दामा २ करोड रुपैयाँ भन्दा बढी भ्रषटाचारको आरोपमा लागेका जिल्ला प्रशासन कार्यालय बाराका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) शिवराज सेढाईले सफाइ पाएका छन् । 

विशेष अदालतले सेढाईसहित तीन जनालाई प्रतिवादी बनाएर दायर भएका दुई वटा छुट्टा–छुट्टै मुद्दामा सफाइ दिएको हो ।  विशेष अदालतको सोमबारको टेकनारायण कुँवर, नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठलको इजलासले सेढाई सहितका व्यक्तिलाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेढाई सहितका व्यक्ति विरुद्ध दुई छुट्टाछुट्टै मुद्दामा २ करोड २० लाख २ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २०७९ असार १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सेढाईले बाराको जितपुर सिमरा उपमहानरपालिको प्रमुख प्रशासकीय अधिकृत भएको बेला भ्रष्टाचार गरेको आरोप लागेको थियो  । सेढाईसहित ओम सप्लायर्स बाराका प्रोपाइटर ओमशंकर प्रसाद र उक्त सप्लार्यस विरुद्ध राजश्व चुहावट गरी ९९ लाख ९९ हजार ९९९ रुपैयाँ भ्रष्टाचार गरेको दाबी सहित सोही बराबरको बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो । 

त्यसैगरी सेढाई सहित न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मीराकुमारी श्रेष्ठ र उक्त कम्पनी विरुद्ध पनि राजश्व छली १ करोड २० लाख २८ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको थियो । 

यी दुवै मुद्दामा सेढाई र कम्पनीका प्रोपाइटर कम्पनीले सफाइ पाएका छन्। सेढाई विरुद्ध अख्तियारले मुद्दा दायर गरेको बेला उनी बाराको सहायक सीडीओ थिए। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट पूर्ण खड्का सहभागी

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending