Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा दल फुटफारू सामान्य भइसकेका छन् । तर मधेसकेन्द्रित दलहरूको फुट–जुटको इतिहास झनै रोचक छ—उनीहरूलाई फुट्न वा मिल्न खासै कारण चाहिँदैन, व्यक्तिगत स्वार्थ भए पुग्छ भन्ने आरोप विगतदेखि सुनिँदै आएको छ।

यस्तै समयमा फेरि एउटा ‘एकताको लहर’ मधेसकेन्द्रित दलहरूमा देखिएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलहरू गठबन्धन, मोर्चाबन्दी र एकतामुखी प्रयासमा लागिपरेका छन्।

हालै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकताको सहमति भएको छ। त्यस्तै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, सञ्जुहाङ पालुङ्वा समूहको नेपाल जनमुक्ति पार्टी र त्रिनारायण राजवंशीको कोचिला संघर्ष समितिबीच पनि एकता भएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपा पनि एकताको सम्भावनामा छन्।

विश्लेषककाे भनाइमा स्वार्थप्रेरित एकता

मधेसवादी दलहरूका पछिल्ला एकताबारे राजनीतिक विश्लेषक विजयकान्त कर्ण भन्छन्, ‘मिल्नु राम्रो हो, तर कति टिकाउ हुन्छ भन्ने महत्वपूर्ण छ। मधेसका जनताले दलहरूको पटक–पटकको फुटपछि अब विश्वास नै गर्न छाडेका छन्।’

वरिष्ठ पत्रकार सीताराम अग्रहरी पनि दलहरूको निरन्तर फुट–जुटलाई ‘निजी स्वार्थ’सँग जोड्छन्।  ‘यी दलहरू कमजोर हुँदै जाँदा एक हुन्छन्। तर त्यो एकतालाई नीति–कार्यक्रमका लागि होइन, सत्ताका लागि प्रयोग गर्छन्। पछि कुर्सी बाँडफाँड नमिल्दा फेरि फुट्छन्,’ उनले टिप्पणी गर्छन्।

विश्लेषक कर्ण थप्छन्, ‘एक्लै चुनाव लड्दा जमानत जफतको डर भएकाले अहिले एकताको अभियान चलेको हो। यसको आधार न राजनीतिक छ, न नैतिक—व्यक्तिगत स्वार्थ मात्रै।’

कहिल्यै नटुट्ने ठानेका दल पनि बारम्बार फुटे

मधेसका दलहरूको फुटजुटको इतिहास २००८ सालको तराई कांग्रेसदेखि हालको नागरिक उन्मुक्ति पार्टीसम्म आइपुग्दा कैयौँ पटक दोहोरिएको छ। सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम, राजपा नेपाल, जसपा नेपालदेखि लोसपा सम्म जति दल बने, धेरै पटक विभाजित पनि भए।

कुनै नेता मन्त्री बन्न नपाएको कारण फुटे, कुनै ठाउँ टिकट बाँडफाँडले विवाद आयो, कतै बाहिरी गठबन्धनमा असन्तुष्टिले टुटफुट गरायो । 

उदाहरणका लागि  गजेन्द्र नारायण सिंह निधनपछि सद्भावना दुई भागमा फुट्यो। उपेन्द्र यादवको फोरम अनेकपटक विभाजनमा पर्‍यो। महन्थ ठाकुर, अनिल झा, शरतसिंह भण्डारी, राजेन्द्र महतो, महेन्द्र राय यादव सबैले आफ्नो–आफ्नै समूह निकाल्दै गए। सबै मिलेर बनेको जसपा नेपाल एक वर्षमै फेरि फुट्यो। तमलोपा, राजपा नेपाल, समाजवादी पार्टी फुटफार र एकताको चक्र कहिल्यै रोकिएन।

किन मिल्छन् ? किन फुट्छन् ?—श्वेतपत्र माग

राजनीतिक विश्लेषक भोगेन्द्र झा भन्छन्, ‘मधेसवादी दलहरूले अब श्वेतपत्र जारी गर्नुपर्ने बेला आएको छ किन फुट्छन् ? किन मिल्छन् ? विगतका असन्तुष्टिहरू अहिले कसरी समाधान भए?’

उनले महन्थ ठाकुर, वृषेशलाल र हृदयेश त्रिपाठी पुनः एक ठाउँमा आएकै विषयमा प्रश्न उठाउँदै भने, ‘विगतमा जुन कारणले उनीहरू अलग भए, त्यो अहिले सम्बोधन भयो त?’

राजेन्द्र महतो मधेस राजनीतिबाट टाढिन खोज्दै

राजेन्द्र महतो भने आफूलाई ‘मधेसकेन्द्रित’ नेता भन्न रुचाउँदैनन्। उनी पहिचानवादी र आदिवासी जनजाति शक्तिसँग सहकार्यमा बढी केन्द्रित छन्। त्यसैले उनले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल र अशोक राईको जसपासँग चुनावी एकता गरी एउटै चिन्हबाट चुनाव लड्ने तयारी गरेका छन्।

महन्थ–उपेन्द्र–राजेन्द्र एकताको पहल भइरहे पनि महतोले अस्पष्ट रूपमा जवाफ दिएका छन् ‘पहिले तपाईंहरू मिल्नुस्, म पछि सल्लाह गर्छु।’

मधेसमा फेरि ‘एकताको मौसम’, तर टिकाउ कति?

इतिहासले देखाउँछ—मधेसका दलहरू धेरै पटक मिले, फेरि फुटे।  तसर्थ अहिलेको एकता पनि कति टिकाउ हुन्छ? विश्लेषकहरूका अनुसार यसको उत्तर ल्याउने ठाउँ समयकै हातमा छ । किनकि आधार वैचारिक नभई ‘व्यक्तिगत सुविधा’ नै देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...

कांग्रेसको आधिकारिकता विवादमाथि आयोगको अध्ययन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

कार्यवाहक सभापति खड्काले आज २ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले नेता शेखर कोइरालासहित आज...

कांग्रेस संस्थापन पक्ष आयोगमा, ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आफूहरू नै आधिकारिक पार्टी भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । कार...

आजपनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

काठमाडौँ । झापा, नवलपरासी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । झापाको बिर्ताम...

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पाेखरा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।  कास्कीका सहायक प्रमुख जि...

प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीले करोडौँ तोमान मागेको खुलासा

काठमाडाैं । इरानमा हालै भएका विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिहरूका शव परिवारलाई फिर्ता दिन सरकारी सुरक्षा निकायले ठुलो रकम मागिरहेको खुलासा भएक...

निर्वाचन आयोगमा सुरक्षाकर्मीको संख्या बढाइयो

काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending