Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सुनजस्तै तनहुँका सुन्तला

खबरडबली संवाददाता

दमौली । तनहुँको म्याग्दे गाउँपालिका २ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु ७५ लाख आम्दानी गरे । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उनले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।

गाउँको भिरालो जग्गालाई सदुपयोग गरी सुन्तला खेती गर्नुभएका अधिकारीको सुन्तला बगैँचामा एक हजार तीन सयभन्दा बढी बोट छन् । सबैभन्दा धेरै यही वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ छ । उनले भने, ‘अन्य वर्ष रु ६०र७० लाखको उत्पादन भएको छ । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो ।’

सुन्तला खेतीका लागि वार्षिक रु १५ लाख खर्च हुने गरेको अधिकारीको भनाइ छ । उनले भने, ‘यो वर्ष खर्च पहिलाभन्दा थोरै बढ्छ । यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ ।’

फलेका सुन्तला सबै टिपिसकेपछि सुन्तला बोटको गोडमेल गरिने अधिकारीले बताए । उनले भने, ‘सबै सुन्तला टिपिसकेपछि सुन्तलाको बोटमा गोडमेल गर्ने, मल हाल्ने, पिना हाल्ने काम हुन्छ ।’

सुन्तला बिक्रीबाट भएको आम्दानीले छोरा इन्जिनियर र छोरी डाक्टर भइसकेको अधिकारीले सुनाए । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्न सके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन राम्रो हुने उनको भनाइ छ ।

सुन्तला बगानसम्म सडक सञ्जाल जोडिएकाले सुन्तला बिक्रीका लागि सहज भएको अधिकारी बताउँछन् । उनले भने, ‘सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउनुहुन्छ । बजारको कुनै समस्या छैन । विक्री हुँदैन की भन्ने चिन्ता छैन ।’

सुन्तला खरिद गर्ने ठेकेदार तुलबहादुर थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताए । ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।’

देवघाट गाउँपालिका(३ का भीमबहादुर थापाले यो वर्ष रु ५५ लाखको सुन्तला बिक्री गरेका छन् । विगतमा अधियाँ गरेर खानपर्ने बाध्यता रहेको उनको परिवारलाई अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ ।

उनले भने, ‘विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका किसानले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङग्रिङमा एउटै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।’

यी त केही उदाहरणमात्र हुन् । तनहुँमा यो वर्ष किसानले सुन्तला बिक्री गरेर रु ३० करोड भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए ।

यो वर्ष तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

धितालले भने, ‘ किसानलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौं।’ उनका अनुसार देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद–८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ ।

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् ।

काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

ज्ञान केन्द्रले चालु आर्थिक वर्ष २०८०र८१ मा सुन्तला खेतीमा सहयोग गर्न रु एक करोड बजेट विनियोजन गरेको छ । कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ ।

जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । उमाचोकका विश्वबहादुर अधिकारीले व्यापारीलाई ठेक्कामा दिँदा सहज हुने अनुभव सुनाए । उनले भने, ‘सुन्तला बगैँचा नै ठेक्कामा दिँदा बिक्रीका लागि सहज हुन्छ । यसले गर्दा बजार खोज्दै हिँड्नपर्ने समस्या हुँदैन ।’

ढुवानीमा समस्या झेल्दै किसान

तनहुँको देवघाट गाउँपालिका(३ स्थित लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँमा उत्पादित सुन्तला बजारसम्म ढुवानीका लागि भने प्रत्येक वर्ष समस्या हुँदै आएको छ । ती ठाउँबाट वार्षिक करोडौँ मूल्यका सुन्तला उत्पादन भए पनि बजारसम्म लैजान समस्या हुँदै आएको हो ।

नदीपारि रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला किसान भीमबहादुर थापाको गुनासो छ ।

उनका अनुसार लुङ्ग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ(नारागणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् ।

छापस्वाँरा र दगराका किसानले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ सुन्तला ढुवानी गर्ने गरेको उनले बताए ।

सुन्तला उत्पादनमा देवघाट जिल्लाकै पकेट क्षेत्रका रुपमा विकास भइरहेको छ । किसान थापाका अनुसार यस वर्ष लुङ्ग्रिङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ ।

नाल्दी र गाईघाटमा पुल भएको भए ढुवानीका लागि सहज हुने उनको भनाइ छ । उनले भने, ‘पुल नहुँदा ढुवानीका लागि खर्च हुँदै आएको छ । यसले किसानलाई समस्या भएको छ ।’

पुल नहुँदा दगराका किसानले रोपवेमार्फत सुन्तला राजमार्गसम्म झार्ने गरेको सुन्तला उत्पादक किसान हरिकुमार श्रेष्ठको भनाइ छ । उनले भने, ‘पुल भएको भए समस्या हुन्थेन, पुल नहुँदा वर्षौंदेखि यहाँ उत्पादित कृषिजन्य सामग्री रोपवेमा राखेर राजमार्गसम्म ल्याउनुपर्छ ।’

यहाँका स्थानीयवासीले गाउँमा उत्पादित सुन्तला, अदुवा, केरा तथा अन्य फलफूल रोपवेबाट राजमार्गसम्म झार्ने गरेको श्रेष्ठले बताए । दगरा र छापस्वाँराका करिब ६० घरको ढुवानीको साधन नै रोपवे भएको छ । रोपवे हुँदा ढुवानीमा भने सहज भएको कृषकको भनाइ छ । श्रेष्ठका अनुसार सेती नदीमा पुल निर्माण गर्न सके गाउँसम्मै सवारी साधन पुग्ने र त्यसले सहज हुन्थ्यो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिकाको भौगोलिक बनावटका कारण किसानलाई सास्ती भएको बताए । उनले भने, ‘नदीमा पुल नहुँदा ढुवानीमा समस्या भइरहेको छ । नाल्दीघाट, घुमाउने र गाईघाटमा पुल बन्न सकेमात्रै किसानलाई सजिलो हुन्छ ।’

नाल्दीबाट लुङ्ग्रिङसम्म जाने ग्रामीण सडकलाई गाउँपालिकाले सुन्तलामार्ग नामकरण गरी बजेट विनियोजन गरेको छ । यस ठाउँमा पुल निर्माणका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

गाउँपालिकाले सुन्तला उत्पादक किसानलाई लक्षित गरी सुन्तला नर्सरी स्थापना गर्न रु ३० लाख बजेट विनियोजन गरेको छ । उक्त नर्सरीमा बिरुवा उत्पादन गरेर इच्छुक किसानलाई नि:शुल्क वितरण गरिने बताइएको छ ।

देवघाट गाउँपालिका(१, २, ३ र ४ का विभिन्न भागमा सुन्तला उत्पादन हुन्छ। प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोग तथा एनजीओ नेटवर्क तनहुँको प्राविधिक र समाजिक सयोगमा आर्थिक वर्ष २०६६र६७ मा जिल्लाभर चारवटा सुधारिएको तुइन र चारवटा ग्राभिटी रोपवे निर्माण गरिएको थियो । त्यसमध्येको एक दगरा र छापस्वाँरा जोड्ने रोपवे हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: