Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भाषणमा मात्रै सीमित रह्यो राउटे संरक्षण नीति

घट्दै राउटे समुदाय, १३७ जनामा सिमीत

खबरडबली संवाददाता

सुर्खेत  । लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउने घोषणा गरेको दुई वर्ष बित्दा पनि त्यसको कुनै प्रक्रिया अघि बढेको छैन । 

तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ साल असार ७ गते सरोकारवाला र विज्ञसँग छलफल गरी राउटे संरक्षणका लागि तत्कालै नीति बनाइने बताएका थिए । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लिइएको थियो । तथापि उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।

गैरराउटे समुदायबाट राउटेमाथि सुरक्षा खतरा बढेका समाचार सार्वजनिक भएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति बनाइने सरकारले जनाएको थियो । नीतिको मस्यादौसमेत बनिसकेको अवस्थामा अन्य प्रक्रिया अघि बढेका छैनन् । मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले डेढ वर्षपहिले निर्माण भएको राउटे संरक्षण नीतिको मस्यौदा मन्त्रालयमै थन्किएको बताए ।

मस्यौदामाथि विभिन्न समयमा छलफल भइरहे पनि अहिलेसम्म नीति बन्न सकेको छैन । राउटेलाई स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दै संस्कृति संरक्षण गर्नेलगायतका विषय नीतिको मस्यौदामा समेटिएका छन् । फिरन्ते जीवन बिताइरहेका राउटेलाई स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्ने योजनासहितको नीतिको मस्यौदा अन्तिम रूप नदिएर दुई वर्षदेखि थन्क्याइएको छ ।

घट्दै राउटे 

लोपोन्मुख राउटे समुदायकी १२ वर्षीय बालिका दुर्गा शाहीको गत बिहीबार निधन भयो । लामो समयदेखि उनी बिरामी परेकी थिईन् । पछिल्लो पटक राउटे बस्ती बसेको दैलेखको भैरवी गाउँपालिका–४, गडाज्यूलामा उनको निधन भएको हो । राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार दुर्गाको निधनपछि राउटे समुदायको बस्ती भैरवी गाउँपालिकाकै वडा नं. ३ मा सरेको छ । परिवारका सदस्यको निधन भए राउटे समुदायले बस्ती नै सार्ने चलन रहेको छ । दुर्गाको निधनपछि राउटे समुदायको जनसङ्ख्या १३७ मा झरेको छ ।

जेठसम्म राउटेको जनसङ्ख्या १४२ थियो । गत जेठ २३ गते समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको ९१ वर्षको उमेरमा निधन भएको थियो । त्यसपछि शान्ति शाही, तुलसी शाही, महिनबहादुर शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँचमहिने शिशु बालकुमारी शाही, एकमहिने शिशु भैरव शाहीको निधन भएको शिक्षक खत्रीले जानकारी दिए । 

यो अवधिमा समुदायमा नौ जनाको निधन भएकामा तीन बालिका र एक बालकको गरी चार जनाको जन्म भएको छ । नयाँ जन्मिएका शिशुको सङ्ख्या थपिएसँगै अहिले समुदायको सङ्ख्या १३७ मा कायम भएको हो । अत्यधिक मदिरा सेवन, कुपोषण र चिसोलगायतका कारण यो समुदाय उच्च जोखिममा रहेको छ । 

समुदायमा अत्यधिक मदिरा सेवनका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि उच्च छ । हाल चिसो बढेसँगै राउटे समुदायमा स्वास्थ्य समस्या पनि बढ्दै गएको राउटे परियोजनाकी स्वास्थ्यकर्मी अनुजा पन्तले बताईन् । काठ र कपडाको पालमुनि चिसो भुइँमा रात बिताउने यो समुदायका महिला, बालबालिका र वृद्धवृद्धामा समस्या देखिएको उनको भनाइ छ । 

सशक्तीकरणमा जोड

प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा राउटे समुदायको सशक्तीकरणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले आठ लाख बजेट विनियोजन गरेको छ । 

शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा सचेतना फैलाउनका लागि कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ । यस्तै सङ्घीय सरकारले राउटे समुदायलाई मासिक प्रतिव्यक्ति चार हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending