जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।
चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।
आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिनुभयो । आगामी वैशाखसम्म बत्ती बाल्ने गरी काम गरिने निर्माण कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत रु ४३ करोड रहेको छ । यसमा रु ३० करोड वैकल्पिक ऊर्जा र रु १३ करोड पालिका र स्थानीय जनताको लगानी छ ।
जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घरजग्गा धनपुर्जा धरौटी राखेर रु छ करोड बराबरको सेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन्, तर बत्ती बाल्न अझै पाएका छैनन् । विद्युत् आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको जग्गाधनीपुर्जा बैंकमा धरौटी राखिएको पातरासी–१ का वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए ।
आयोजनाको काम दुई प्रतिशतमात्रै बाँकी भनेको महिनौँ बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नेतृत्वको टोलीले आयोजनाको अनुगमनसमेत गरेको छ । बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकी रहनु कम्पनीको लापरवाही भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए।
जलविद्युत् आयोजना निर्माणको ठेक्का पाएको फेवा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीले सुरुको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको जानकारी दिए । उनले चाँडै बत्ती बाल्ने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिए । आयोजनाबाट तीन हजार चार सय ५३ घरपरिवार लाभान्वित हुनेछन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: