Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

चिसो छल्न मुस्ताङका विद्यार्थी तनहुँ

खबरडबली संवाददाता

दमौली । मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन् । उक्त गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थी चिसो छल्न तनहुँ आएर अध्ययन गरिरहेका हुन् । 

शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पमा उक्त विद्यालयका विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको हो । गाउँपालिकाकै संयोजनमा विगत केही वर्षदेखि अत्यधिक चिसो हुने समयमा विद्यार्थीलाई यहाँ ल्याएर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । 

कक्षा–८ मा अध्ययनरत छिरिङ पाल्तेनले चिसोका कारण मुस्ताङमा पठनपाठनमा समस्या हुने गरेको बताए । मुस्ताङमा अत्यधिक चिसो हुने र चिसोका समयमा हातका औँला कठ्याङ्ग्रिने भएकाले लेख्न पनि समस्या हुँदै आएको बताउँदै उनले तिब्बतीयन क्याम्पको घुम्ती विद्यालयमा पठनपाठन गर्न सहज भएको बताए । उनले भने, “अत्यधिक चिसोले औँला कठ्याङ्ग्रिएर लेख्नै सकिँदैन । यहाँ सजिलो भएको छ । तनहुँ आएर योग पनि गरिरहेको छु ।”

चिसोको तीन महिना विद्यार्थीलाई तनहुँ ल्याएर अध्ययन गराउने व्यवस्था मिलाइएको शिक्षक रोशन गुरुङले जानकारी दिए । उनले भने, “त्यो समयमा विद्यार्थी यता नल्याउने हो भने विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ । विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या पर्छ ।” चिसो छल्न पहाड झर्दा हिमाली जिल्लाका बालबालिकालाई यहाँको वातावरण बुझ्ने अवसर मिलेको उनको भनाइ छ । 

पुसदेखि फागुनसम्म उक्त ठाउँमा अत्यधिक चिसो हुने भएकाले विद्यार्थीको भविष्य बिग्रन नदिने उद्देश्यले गाउँपालिकाले नै अध्ययनको व्यवस्था मिलाएको छ । उनले भने, “चिसोले यहाँको तापक्रम माइनस डिग्रीसम्म पुग्छ, त्यसबेला त्यहाँ बस्नै सकिँदैन । उक्त समयमा यहाँका विद्यार्थीलाई शुक्लागण्डकीमा ल्याएर पढ्ने व्यवस्था मिलाइएको छ ।”

विद्यार्थीलाई पढाईसँगै योगसमेत सिकाइएको छ । प्रत्येक बिहान एक घण्टा योग अभ्यास गराउन थालिएको छ । उक्त गाउँपालिकामा फागुनदेखि चैत मसान्तसम्म बिदा हुने र वैशाखदेखि पुनःविद्यार्थी आ–आफ्नो विद्यालयमा नै अध्ययन गर्छन् । विद्यार्थीलाई पढाउन शिक्षकहरु पनि मुस्ताङबाट नै आएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending