काठमाडौं । पर्वतको कुश्मा नगरपालिका वडा नं.१० की मनरुपा शर्मा (बिमला) राष्ट्रियसभा सदस्य बनेकी छन् ।तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र विद्रोहमा आफैं सहभागी शर्माका श्रीमान् द्वन्द्वकै क्रममा सरकारी पक्षबाट मारिएका थिए।
माओवादी शान्ति प्रक्रियामा आएको करिब दुई दशकपछि शर्मा सांसद बनेकी हुन् ।शर्माले तीन हजार छ सय ६० मत पाएकी छन् ।उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सम्झना देवकोटाले दुई हजार पाँच सय ५३ मत पाएकी थिईन् । राप्रपाबाट उम्मेदवार बनेकी गौमाया श्रेष्ठले एक सय छ मत पाएकी छन् ।प्रदेशसभातर्फ एक र स्थानीय तहतर्फ एक मत गरी दुई मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
शर्मा भने पाँचौं प्रयासमा माननीय भएकी हुन् ।०६४ सालमा पहिलो संविधानसभा सदस्य उम्मेदवार उनी थोरै मतले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीसँग पराजित भएकी थिईन् ।
अहिले उनी कांग्रेससहितको मतबाट सांसद बनेकी हुन् । त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि उनलाई सांसद बन्ने अवसर मिलेको थिएन । पहिलो पटक उम्मेदवार बनेको १६ वर्षपछि उनी माननीय बन्न सफल भएकी छन् ।
गण्डकी प्रदेशबाट निर्वाचित हुने तीन राष्ट्रियसभा सदस्यमध्ये सत्ता गठबन्धनबिच भएको सहमति अनुसार माओवादी केन्द्रले उनलाई महिला ‘कलस्टर’बाट उम्मेदवार बनाएको हो । ४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आएकी हुन् ।
२०६० देखि पार्टी र संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी हाल माओवादी केन्द्र पर्वत जिल्ला संयोजक रहेकी छन् । पार्टीले आफुलाई वास्तवमै न्याय गरेको अनुभूति भएको भएको र आज धेरै नै खुसी भएको उनले बताईन् । अब राष्ट्रियसभामा गएर देश र जनताको हितमा काम गगर्दै आफु र आफ्नो वर्गलाई प्राथमिकता दिने उनले बताइन् ।
उनका पति विजय सुवेदी ‘विकास’को जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते हत्या भएको थियो । सुवेदी माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील थिए । गएको आमनिर्वाचनमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्को जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । पटक पटकको प्रयासका बाबजुत संसदीय यात्रा तय गर्न नसके पनि उनी निराश भइनन् र पार्टीले दिएको जिम्मेवारीमा सधैँ सक्रिय रहेकी छन् ।
आफूलाई मत दिने र बाँकी सबै मतदातालाई धन्यवाद दिँदै उनले जनताको आकांक्षा सम्बोधन गर्ने गरी काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले जुन वर्ग, समुदायबाट आफु आएकी छु, त्यही वर्गका सरोकारका मुद्दा उढाउने वाचा गरेकी छन् । महिला, दलित, जनजाति, सहिद परिवारको पीडा उठाउँदै ती पीडा सम्बोधन गर्न जति सक्ने प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: