काठमाडौं । पर्वतको कुश्मा नगरपालिका वडा नं.१० की मनरुपा शर्मा (बिमला) राष्ट्रियसभा सदस्य बनेकी छन् ।तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र विद्रोहमा आफैं सहभागी शर्माका श्रीमान् द्वन्द्वकै क्रममा सरकारी पक्षबाट मारिएका थिए।
माओवादी शान्ति प्रक्रियामा आएको करिब दुई दशकपछि शर्मा सांसद बनेकी हुन् ।शर्माले तीन हजार छ सय ६० मत पाएकी छन् ।उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सम्झना देवकोटाले दुई हजार पाँच सय ५३ मत पाएकी थिईन् । राप्रपाबाट उम्मेदवार बनेकी गौमाया श्रेष्ठले एक सय छ मत पाएकी छन् ।प्रदेशसभातर्फ एक र स्थानीय तहतर्फ एक मत गरी दुई मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
शर्मा भने पाँचौं प्रयासमा माननीय भएकी हुन् ।०६४ सालमा पहिलो संविधानसभा सदस्य उम्मेदवार उनी थोरै मतले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीसँग पराजित भएकी थिईन् ।
अहिले उनी कांग्रेससहितको मतबाट सांसद बनेकी हुन् । त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि उनलाई सांसद बन्ने अवसर मिलेको थिएन । पहिलो पटक उम्मेदवार बनेको १६ वर्षपछि उनी माननीय बन्न सफल भएकी छन् ।
गण्डकी प्रदेशबाट निर्वाचित हुने तीन राष्ट्रियसभा सदस्यमध्ये सत्ता गठबन्धनबिच भएको सहमति अनुसार माओवादी केन्द्रले उनलाई महिला ‘कलस्टर’बाट उम्मेदवार बनाएको हो । ४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आएकी हुन् ।
२०६० देखि पार्टी र संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी हाल माओवादी केन्द्र पर्वत जिल्ला संयोजक रहेकी छन् । पार्टीले आफुलाई वास्तवमै न्याय गरेको अनुभूति भएको भएको र आज धेरै नै खुसी भएको उनले बताईन् । अब राष्ट्रियसभामा गएर देश र जनताको हितमा काम गगर्दै आफु र आफ्नो वर्गलाई प्राथमिकता दिने उनले बताइन् ।
उनका पति विजय सुवेदी ‘विकास’को जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते हत्या भएको थियो । सुवेदी माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील थिए । गएको आमनिर्वाचनमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्को जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । पटक पटकको प्रयासका बाबजुत संसदीय यात्रा तय गर्न नसके पनि उनी निराश भइनन् र पार्टीले दिएको जिम्मेवारीमा सधैँ सक्रिय रहेकी छन् ।
आफूलाई मत दिने र बाँकी सबै मतदातालाई धन्यवाद दिँदै उनले जनताको आकांक्षा सम्बोधन गर्ने गरी काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले जुन वर्ग, समुदायबाट आफु आएकी छु, त्यही वर्गका सरोकारका मुद्दा उढाउने वाचा गरेकी छन् । महिला, दलित, जनजाति, सहिद परिवारको पीडा उठाउँदै ती पीडा सम्बोधन गर्न जति सक्ने प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: