काठमाडौं । पर्वतारोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ ।
बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा यही माघ १५ गते आरोहण प्रतियोगिता (टप रोप इडिसन) हुने आज विहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले नेसनल माउन्टेन गाइड एसोसिएसनसँगको सहकार्यमा तेन्जिङ नोर्गे शेर्पाका नाममा उक्त प्रतियोगिता गर्न लागेको हो ।
एसोसिएसनका पूर्वसंस्थापक अध्यक्ष सेराप जाङ्बु शेर्पाले आरोहणको खेललाई प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आरोहण प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले यस प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।
“हामीले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले यसपटक आफ्नै देश नेपालमा प्रतियोगिता गर्न लागेका छौँ, यसबाट साहसिक पर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौँ”, पूर्वअध्यक्ष शेर्पाले भने ।
कार्यक्रमले प्रतिस्पर्धामात्र होइन, आरोहण संस्कृति, सौहाद्र्रता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका संयोजक तथा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका महासचिव छिरिङ जाङबु शेर्पाले बताए । उनले भने, “यो प्रतियोगितामात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रद्धाञ्जलि पनि हो ।”
उक्त प्रतियोगिता पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरिने आयोजकले जनाएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेन्जिङ नेर्गे शेर्पा र न्यूजिल्यान्डका सर एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: