नवलपरासी। जिल्ला प्रशासन कार्यालय, नवलपरासी (ब.स'प.) ले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न बर्दघाट नगरपालिकालाई कडा निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयले पत्र लेख्दै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी र चौधरी फाउन्डेसनको संलग्नतामा हुन लागेको कार्यक्रम रोक्न निर्देशन दिएको हो।
प्रशासनका अनुसार नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरी र चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा बर्दघाट नगरपालिकाले 'औद्योगिक ग्राम' कार्यक्रम आयोजना गर्न लागेको जानकारी प्राप्त भएको थियो ।
प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई प्रभावित पार्ने उद्देश्यले यस्तो योजना अघि सारिएको भन्दै प्रशासनमा उजुरी र गुनासो प्राप्त भएको पत्रमा उल्लेख गरे।
सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा आगामी निर्वाचनमा उम्मेदवार रहेका कुनै पनि दल वा व्यक्तिसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन नगर्न र नगराउन नगरपालिकालाई निर्देशन दिइएको व्यहोरा बताए।
'निर्वाचन आचारसंहिता, २०८२' को मर्म विपरीतका कुनै पनि कार्य नगर्न र नगराउन कडाइका साथ निर्देशन दिइएको बारे उनले चर्चा गरे। उक्त कार्यक्रमको प्रकृति र निर्वाचन आचारसंहिताको अवस्थाबारे जानकारी गराउन समेत प्रशासनले नगरपालिकालाई पत्रमार्फत सचेत गराएको सहायक प्रजिअ भण्डारीले भने।
निर्वाचनको मुखमा ठूला उद्योगी तथा उम्मेदवारको फाउन्डेसनमार्फत हुने यस्ता आर्थिक सहयोग र कार्यक्रमहरूले मतदाताको स्वतन्त्र निर्णयलाई प्रभावित पार्न सक्ने भन्दै निर्वाचन आचारसंहिता अनुगमन समितिले सक्रियता देखाएको विषयमा उनले उल्लेख गरे।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: