Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

आयुर्वेद उपचारप्रति भक्तपुरवासीको विश्वास बढ्दो

खबरडबली संवाददाता

भक्तपुर । आवुर्वेद स्वास्थ्य उपचारप्रति भक्तपुरवासीको विश्वास बढ्दै गएको पाइएको छ। त्यसमा पनि पुरुषको तुलनामा महिलाको विश्वास बढी देखिएको हो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको तथ्यांक अनुसार केन्द्रबाट उपचार पाउनेहरूको संख्या पुरुषको तुलनामा महिला बढी रहेका छन्। केन्द्रबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कूल ४२ हजार आठ सय २८ जनाले सेवा पाएका छन्। त्यसमध्ये महिला २४ हजार चार सय ४३ र पुरुष १६ हजार ६ सय ४० रहेका छन्। यो संख्या पुरुषको तुलनामा महिला झण्डै ८ हजारले बढी हो। 

केन्द्रले गरेको पहिलो ६ महिनाको प्रगति विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। सम्मेलनमा केन्द्रका प्रमुख डाक्टर नरेन्द्रप्रसाद गिरीले आयुर्वेद स्वास्थ्यप्रति भक्तपुरवासीको विश्वास वढ्दो रहेको बताए। यही कारण केन्द्रमा आएर उपचार गर्न आउनेहरूको संख्या वार्षिक रूपमा बढिरहेको उनको भनाइ छ।

केन्द्रमा आयुर्वेद पद्धतिका विविध सेवा रहेका छन्। त्यहाँं अकुपञ्चर, पूर्वकर्म सेवा, योग, नसर्ने रोगको स्क्रिनिग, स्वास्थ्य जीवन प्रवर्द्धनलगायतका सेवा रहेका छन्।

केन्द्रमा निःशुल्क उपचार हुने गरेको छ। स्वास्थ्य परीक्षणपछि झण्डै २६ थरीको औषधि निःशुल्क उपलब्ध हुँदै आएको उनले बताए। 

कार्यक्रमकी प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आयुर्वेद उपचारप्रति जिल्लाबासीको विश्वास बढेको सुन्दा खुसी लागेको बताइन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट पूर्ण खड्का सहभागी

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending