Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

आयुर्वेद उपचारप्रति भक्तपुरवासीको विश्वास बढ्दो

खबरडबली संवाददाता

भक्तपुर । आवुर्वेद स्वास्थ्य उपचारप्रति भक्तपुरवासीको विश्वास बढ्दै गएको पाइएको छ। त्यसमा पनि पुरुषको तुलनामा महिलाको विश्वास बढी देखिएको हो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको तथ्यांक अनुसार केन्द्रबाट उपचार पाउनेहरूको संख्या पुरुषको तुलनामा महिला बढी रहेका छन्। केन्द्रबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कूल ४२ हजार आठ सय २८ जनाले सेवा पाएका छन्। त्यसमध्ये महिला २४ हजार चार सय ४३ र पुरुष १६ हजार ६ सय ४० रहेका छन्। यो संख्या पुरुषको तुलनामा महिला झण्डै ८ हजारले बढी हो। 

केन्द्रले गरेको पहिलो ६ महिनाको प्रगति विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। सम्मेलनमा केन्द्रका प्रमुख डाक्टर नरेन्द्रप्रसाद गिरीले आयुर्वेद स्वास्थ्यप्रति भक्तपुरवासीको विश्वास वढ्दो रहेको बताए। यही कारण केन्द्रमा आएर उपचार गर्न आउनेहरूको संख्या वार्षिक रूपमा बढिरहेको उनको भनाइ छ।

केन्द्रमा आयुर्वेद पद्धतिका विविध सेवा रहेका छन्। त्यहाँं अकुपञ्चर, पूर्वकर्म सेवा, योग, नसर्ने रोगको स्क्रिनिग, स्वास्थ्य जीवन प्रवर्द्धनलगायतका सेवा रहेका छन्।

केन्द्रमा निःशुल्क उपचार हुने गरेको छ। स्वास्थ्य परीक्षणपछि झण्डै २६ थरीको औषधि निःशुल्क उपलब्ध हुँदै आएको उनले बताए। 

कार्यक्रमकी प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आयुर्वेद उपचारप्रति जिल्लाबासीको विश्वास बढेको सुन्दा खुसी लागेको बताइन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending