Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मिराकल फिल्म्सद्वारा आयोजित अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । मिराकल फिल्म्सले आयोजना गरेको अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न भएको छ । पुस २७ गतेदेखि माघ १४ गतेसम्म चलेको १६ दिने वृत्तचित्र निर्माण कार्यशालामा १८ देखि २५ वर्ष उमेर समूहका १२ जना महिला सहभागी रहेका थिए ।

‘कनेक्टहर फिल्म फेस्टिभल’ र ओस्कार फिल्म कलेजको सहयोगमा आयोजित कार्यशालामा वृत्तचित्र परिकल्पनादेखि निर्माण तथा वितरणसम्मको प्रशिक्षण दिइएको थियो । १४ दिने कार्यशालामा ८ जना प्रशिक्षकको मार्गनिर्देशनमा सहभागीहरुले ४ वटा वृत्तचित्र निर्माण गरेका थिए । पहिलो दिन कथा परिकल्पनाबाट सुरु भएको कार्यशालामा सहभागीहरुले पात्र छनोट, पटकथा लेखन, छायांकन तथा सम्पादनका बारेमा सिकेर बनाएका वृत्तचित्रको प्रदर्शन गर्दै कार्यशालाको समापन भएको थियो ।

कार्यशालामा रजिला श्रेष्ठले वृत्तचित्र परिकल्पना, राजन कठेतले कथा संरचना एवं प्रस्तुती र सुनिर पाण्डेले आइडिया पिचिङका बारेमा प्रशिक्षण दिएका थिए । यस्तै, शुभांगी खड्काले पात्रसँगको अन्तर्वार्ता, बबिन दुलालले छायांकन तथा दृश्य संयोजन, सुदिल धितालले ध्वनी तथा संगीत, किरण श्रेष्ठले भिडियो सम्पादन र नवनिधि दाहालले वृत्तचित्र वितरणका बारेमा प्रशिक्षण दिएका थिए । कार्यशालाको अन्तिम दिन कार्यशालाको दौरान सहभागीहरुले निर्माण गरेको वृत्तचित्रको ओस्कार फिल्म कलेजमा प्रदर्शन गरिएको थियो ।

कार्यशालामा चलचित्र वा वृत्तचित्र निर्माण र निर्देशनमा अनुभव नभएका महिलाहरुलाई सहभागी गराइ प्रयोगात्मक तालिम दिइएको मिराकल फिल्म्सकी संस्थापक तथा अल वुमन डकुमेन्ट्री वर्कशपकी संयोजक मिरा खड्काले बताइन् । ‘कहिल्यै डकुमेन्ट्री नबनाउनुभएका सहभागीहरु आफैंले कथा र पात्र खोजेर, स्क्रिप्ट लेखेर, आफैंले छायांकन र सम्पादन गरेर १४ दिनमा वृत्तचित्र तयार गर्नु चुनौतीपूर्ण काम थियो । तर, वहाँहरुले मेहनत र लगनका साथ वृत्तचित्र बनाउनुभयो, राम्रो पनि बनाउनु भएको छ,’ संयोजक खड्काले भनिन् ।

समापन कार्यक्रममा वृत्तचित्रहरुको पहिलो ड्राफ्ट मात्र प्रदर्शन गरिएको मिराकल फिल्म्सका सुरज कटुवालले बताए । पोस्ट प्रोडक्सनमा साउण्ड र कलरको काम छिट्टै सकेर औपचारिक कार्यक्रमसहित विशेष प्रदर्शनी गर्ने योजना रहेको पनि उनले बताए ।

यस्तै, वृत्तचित्र प्रदर्शनीका क्रममा कार्यशालाकी सह(संयोजक युबिना भट्टराईले १४ दिने कार्यशालाका उतारचढावहरु स्मरण गरिन् । छनोट गरिएका पात्रहरुले छायांकनको अनुमति नदिँदा र  छायांकनका क्रममा सडक दुर्घटना भएका किस्साहरु सुनाउँदै उनले वृत्तचित्र बनाउन सहभागीहरुले गरेको मेहनतको प्रशंसा गरिन् ।
 
१४ दिने कार्यशालामा सम्पदा वाग्ले र मोनिका थापाले ‘अ फेमिनिस्ट ड्राइभ’ वृत्तचित्र बनाएका थिए भने रेबिका कुँवर, आरजु पराजुली र आँचल ढकालको टोलीले ‘स्टल नम्बर २’ निर्माण गरेको थियो । यसैगरी, प्रतिभा कुलुङ र शैली मल्लले ‘अ सङ फ्रम एबी’ वृत्तचित्र बनाएका थिए भने रुपासी दुलाल, रिदिमा कँवर क्षेत्री र सुस्मिता बोगटीले ‘ट्रिलियम’ वृत्तचित्र बनाएका थिए । सहभागीहरुले सो कार्यशालाबाट वृत्तचित्र बनाउन मात्र नभएर नयाँ आयामबाट आफ्नो र आफु वरपरका जीवनलाई हेर्न समेत सिकाएको बताए ।

नेपालको चलचित्र वृत्तमा महिला फिल्मकर्मीहरु कम भएको महसुस गरेका कारण सो कार्यशाला आयोजना गरिएको मिराकल फिल्म्सले बताएको छ । चलचित्र बनाउन रुची भएर पनि सुरु गर्ने बाटो नपाइरहेका महिलाहरुलाई वृत्तचित्र मार्फत् यस क्षेत्रमा प्रवेश गर्ने सेतुका रुपमा कार्यशाला आयोजना गरिएको सहसंस्थापक खड्काले बताइन् । वृत्तचित्र कार्यशालाको यो पहिलो संस्करण भएपनि यसको सफलताले भविष्यमा अझै सशक्त कार्यक्रमहरु आयोजना गर्ने उर्जा मिलेको उनले बताइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending