काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन् । केन्द्रको २८औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढिसकेको जानकारी गराउँदै मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको बताएका हुन् ।
मन्त्री बस्नेतले भने, ‘गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठानको रुपमा अगाडि बढाए मात्र भविश्यमा हुनसक्ने जनशक्ति अभावको समस्या समाधान गर्न सकिन्छ भन्ने ठानेर नै सरकारले प्राथमिकतामा राखेर अगाडि प्रतिष्ठान बनाउने काम अगाडि बढेको छ।’
विद्यमान चिकित्सा शिक्षा ऐनका कारण अहिले कयौं विद्यार्थी चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जानु परेको स्मरण गर्दै मन्त्री बस्नेतले सरकारले चाडै चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर देशलाई मेडिकल शिक्षाको हवको रुपमा विकास गर्ने दावी गरे । गंगालाल हृदय केन्द्रले मुटु रोगको उपचारका क्षेत्रमा देशमा मात्र नभएर दक्षिण एशियामै आफूलाई अब्बल सावित गरिसकेको बताउँदै देशका अरु अस्पतालहरुले पनि गंगालालबाट सिक्नु पर्ने बताए ।
कार्यक्रममा शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा.रवि मल्लले केन्द्रले गत वर्ष मात्र एक हजार ८ सय ३८ जनाको मुटुको सल्यक्रिया गरेको जानकारी दिदै सरकारले प्रतिष्ठान नबनाए भविश्यमा कार्डियाक सर्जनको अभाव हुने बताए ।
डा. मल्लले बिगत ७ वर्ष देखि कार्डियाक सर्जरी विधामा कोही भर्ना हुन नआएको बताउदै त्यो अवस्था अन्त गर्नका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको औंल्याए । कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालालले आत्मनिर्भर भएर उदाहरणीय अस्पतालको रुपमा आफुलाई उभ्याएको र अन्य अस्पतालहरुले पनि पाठ सिक्नु पर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले केन्द्रमा रहेर २० वर्ष सेवा पुरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए । कार्यक्रम केन्द्रका संस्थापक अध्यक्ष डा.अरुण सायमीको अध्यक्षतामा सम्पन्न भएको थियो । वि.सं. २०५२ सालमा ९ शैयाबाट सुरु भएको गंगालाल हृदय केन्द्र अहिले ३०० शैयामा सञ्चालित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: