काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै रचनात्मक आन्दोलन आवश्यक रहेको बताएका छन् ।
ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको उद्घाटन गर्दै मन्त्री खनालले समाज र मुलुकलाई सही दिशामा अघि बढाउन प्राज्ञिक क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले नेपालको शिक्षा प्रणाली अब कस्तो हुनुपर्छ भन्ने विषयमा गम्भीर बौद्धिक बहस हुनुपर्नेमा जोड दिए । तलब तथा भत्ताका लागि मात्र गरिने आन्दोलनले देशको समग्र रूपान्तरण सम्भव नहुने उनको भनाइ थियो ।
‘मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ,’ मन्त्री खनालले भने ।
कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले युवालाई स्वदेशमै बस्ने र काम गर्ने वातावरण निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्ने बताए । उनले रोजगारी तथा अवसरको अभावका कारण युवाहरू विदेशिनुपर्ने अवस्थाको अन्त्यका लागि राज्यले प्रभावकारी नीति बनाउनुपर्नेमा जोड दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामेश्वर बोहराले समयअनुकूल र व्यावहारिक शिक्षालाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधि अघि बढाउन क्याम्पस प्रतिबद्ध रहेको बताए ।
उनले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी बदलिँदो आवश्यकता र श्रम बजारसँग जोडिने खालको शिक्षा प्रदान गर्ने क्याम्पसको लक्ष्य रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १४:४१
काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...
श्रावण ३१ गते, २०८३ - १४:३०
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।...
श्रावण ३१ गते, २०८३ - १४:०७
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...
श्रावण ३१ गते, २०८३ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै रचनात्मक आन्दोलन आवश्यक रहेको बताएका छन् । ग्राम...
श्रावण ३१ गते, २०८३ - १३:४०
काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष ब...
श्रावण ३१ गते, २०८३ - १३:२७
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्...
श्रावण ३१ गते, २०८३ - १३:१३
जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानम...
श्रावण ३१ गते, २०८३ - १३:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारीम...
श्रावण ३१ गते, २०८३ - १२:२८
जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ । पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ भने ६ ...
श्रावण ३१ गते, २०८३ - १२:०६
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ ...



प्रतिकृया लेख्नुहोस्: