Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति, प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग

खबरडबली संवाददाता

काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले स्थापित विक्रेता तथा डिलरलाई वितरण प्रणालीबाट पन्छाएर उद्योग र विभिन्न केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले समस्या झन् जटिल बनाएको बताएका छन् । उनका अनुसार यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको छ र ग्यास लिन उनीहरूले अनावश्यक सास्ती खेप्नुपरेको छ ।

महासंघले एकातिर विक्रेतालाई पर्याप्त ग्यास उपलब्ध नगराउने र अर्कोतिर अनुगमनका नाममा विक्रेतालाई दु:ख दिने सरकारी व्यवहारले बजारको वितरण प्रणाली नै भद्रगोल बनेको आरोप लगाएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दु:ख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ।’

डिलरमार्फत वितरण गर्न माग

महासंघले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्र बन्द गरी ग्यासको बिक्री–वितरण विक्रेता तथा डिलरमार्फत मात्र सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

डिलरमार्फत व्यवस्थित वितरण प्रणाली लागू गरे मात्र उपभोक्ताले भोगिरहेको सास्ती अन्त्य हुने र ग्यास अभावको वास्तविक समस्या समाधान हुने महासंघको दाबी छ ।

चार महिनामा ६० हजार टन कम आयात

महासंघले पछिल्लो चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको तथ्यांकसमेत सार्वजनिक गरेको छ । आपूर्तिमा आएको कमीका कारण बजारमा अभाव देखिएको महासंघको भनाइ छ ।

त्यसैगरी बजारको आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ ग्यास सिलिन्डर छरिएको कारण पनि अहिलेको समस्या उत्पन्न भएको महासंघले जनाएको छ ।

नयाँ सिलिन्डर बिक्री रोक्न चेतावनी

ग्यासको अभाव भइरहे पनि नयाँ सिलिन्डर बिक्री नरोकिएको भन्दै महासंघले तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

नयाँ सिलिन्डरको अनियन्त्रित बिक्रीलाई नियन्त्रण नगरे आगामी वर्षहरूमा एलपी ग्यास अभावको समस्या अझ विकराल बन्ने महासंघले चेतावनी दिएको छ ।

महासंघले वास्तविक समस्या समाधान गर्नुपर्ने नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सरकारले समाधानमुखी कदम चाल्नुको सट्टा अनावश्यक प्रचारबाजी मात्र गरिरहेको आरोपसमेत लगाएको छ ।

महासंघले उपभोक्ताको सहज आपूर्तिका लागि तत्काल वितरण प्रणाली व्यवस्थित गर्न र विक्रेता–डिलरलाई प्रभावकारी रूपमा परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस भेलाको समापनमा धर्मको विषयले विवाद : निधि र महतबीच मञ्चमै 'कागज खोसाखोस'

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।...

‘म हिन्दू हुँ, कसैको विरोधी होइन’ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...

देश रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै रचनात्मक आन्दोलन आवश्यक रहेको बताएका छन् । ग्राम...

सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति, प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग

काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष ब...

धनकुटामा बस दुर्घटना, तीन जना घाइते

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्...

जाजरकोटमा पहिरोको त्रास : रिसाङका २ सय स्थानीय सुरक्षित स्थानमा सारिए

जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानम...

रविको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम पनि तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारीम...

जाजरकोटमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ४ पुग्यो, २०० बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ भने ६ ...

सुनको मूल्य तोलामै ३ हजार ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ ...

जाजरकोट पहिरो अपडेट: मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी

जाजरकोट। अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending