चितवन। तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गरेको छ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत तोरीको तेल देशैभर पुग्ने गरेको हो ।
पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी सङ्घले २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ । यतिमात्र नभएर जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर तेल बिक्री गर्ने पनि गरिन्छ । आफ्नै अगाडि पेलिरहेको तोरीको तेल देखेपछि जो कसैले पनि नियमित भान्छामा प्रयोग गर्ने भएकाले तेल लैजाने गरेका हुन् । बजारमा आउने तेल मिसावट हुनसक्ने आशङ्काले यही पेलेको तेल प्रयोग गर्नेको सङ्ख्या बढी हुने गरेको व्यपारीहरु बताउँछन् ।
जिल्ला सहकारी सङ्घद्वारा सञ्चालित तोरीको तेल बिक्री केन्द्रबाट वार्षिक ४० हजार लिटर तेल बिक्री हुँदै आएको छ । मुख्यरुपमा जिल्लामा नै उत्पादित तोरीको तेल पेल्ने गरिएको सङ्घका व्यवस्थापक विनोद खतिवडाले जानकारी दिए । गएका वर्षहरुमा दाङसहित पश्चिमका जिल्ला र वीरगञ्जबाट समेत तोरी आउने गरेको भएपनि यस वर्ष भने यहींको तोरीले धानेको उनले बताए ।
गत आर्थिक वर्षमा एक हजार ५२ क्विन्टल तोरी ल्याएर तेल उत्पादन गरी बिक्री गरिएको उनको भनाइ छ । वार्षिक रु एक करोड ५० लाख हाराहारीको तोरीको तेल बिक्री हुने गरेको छ । सङ्घका अध्यक्ष भक्तिराम अधिकारीका अनुसार यहाँको तेल जिल्लासँगै धेरै काठमाडौँ जाने गर्दछ । यस्तै पोखरा, हेटौँडालगायत देशका विभिन्न ठाउँमा तेल पुग्ने गरेको उनले जानकारी दिए ।
उनले भने, “आफ्नै आँखा अगाडि तोरी पेल्ने हुनाले शुद्ध तेलका लागि जो कोही यहाँ आउने गर्दछन् ।” रोजगारीको सिलसिलामा यहाँ रहेकाहरु, बाटो यो परेर अन्यत्र जानेहरु, राजधानीलगायत ठाउँमा भएकालाई उपहारका रुपमा समेत तेल लैजाने गरेको उनले बताए ।
सङ्घले तेल प्रतिलिटर तीन सय ५० मा बिक्री गर्दै आएको छ । सहकारीहरुका लागि प्रतिलिटर १० छुट दिने गरिएको छ । भरतपुर महानगरपालिका–११ को बाइपास सडक नजिकै वशिष्ठ तेल उद्योग रहेको छ । यहाँ पेलिने तोरीको तेलमध्ये ७० प्रतिशत जिल्लाबाहिर जाने गरेको सञ्चालक कृष्णप्रसाद भट्टराईले बताए । उनका अनुसार धेरै काठमाडौँ, पोखरा, गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, धादिङलगायत जिल्लामा जाने गर्दछ । उनले भने, “स्थानीय बजारमा ३० प्रतिशत तेल जान्छ भने बाँकी ७० प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ ।”
तोरीको तेल प्रत्यक्ष रुपमा पेलेर दिइने भएकाले विश्वास जित्न सकेको भट्टराईले बताए । जिल्लाका अन्य ठाउँमा पनि निजी क्षेत्रबाट उद्योगका रुपमा तेल मिल सञ्चालनमा रहेका छन् । बाहिरबाट आउने तेलमा मिसावट हुनसक्ने भन्दै पछिल्ला दिनमा प्रत्यक्ष रुपमा पेलेर बिक्री गर्ने तोरीको तेलमा आकर्षण बढेको छ । चितवन तोरीका लागि प्रख्यात जिल्लाका रुपमा चिनिन्छ । पछिल्ला वर्षमा यहाँ तोरीको क्षेत्रफलसँगै उत्पादन बढ्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...


प्रतिकृया लेख्नुहोस्: