Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

वरिष्ठ पत्रकार भण्डारीको ‘फर्केर हेर्दा’ बजारमा

खबरडबली संवाददाता

तनहुँ । तनहुँका वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको कृति ‘फर्केर हेर्दा’ बजारमा आएको छ । तनहुँको भिमाद नगरपालिका–६ निवासी भण्डारीको एक सय २२ पृष्ठ लामो जीवनवृत्तान्त पुस्तक बजारमा आएको हो । 

पुस्तकमा विभिन्न कालखण्डमा घटेका महत्वपूर्ण गतिविधि समेटिएको भण्डारीले जानकारी दिए । पुस्तकमा ४० उपशीर्षकमा लेखरचना समावेश छन् । यसलाई पाँच अध्यायमा विभक्त गरिएको उनको भनाइ छ । 

पहिलो अध्यायमा बाल्यकाल, शिक्षा आर्जन र जागिरे जीवनलाई चित्रण गरिएको छ । दोस्रो अध्यायमा राजनीतिक गतिविधि समावेश छ । तेस्रो अध्यायमा पत्रकारिताबारे उल्लेख छ भने चौथो अध्यायमा जीवनका विविध विषयका लेखरचना समावेश छ । त्यस्तै पाँचाैँ अध्यायमा केही पूर्वप्रकाशित लेख समावेश गरिएको छ । 

प्रेस स्वतन्त्रता सेनानी भण्डारीले भने, “मेरो स्मृति पटलमा अमिट छापका रुपमा सम्झनाका पाना पल्टाउँदै गर्दा पुस्तक तयार भएको छ । बाल्य कालदेखिका मेरा व्यक्तिगत जीवनसँग जोडिएका घटनाक्रममा आधारित पुस्तक नेपाली वाङ्मय भण्डारमा के कति उपयोगी होला पाठकको छनोटको विषय हो भन्ने लागेको छ ।” 

पुस्तकमा प्रसङ्गवस आएका कुरा मात्र टिपोट गरेको जनाउँदै भण्डारीले सबैकुरा समेटिने सम्भावना रहेको उल्लेख गरे । पुस्तकमा आरम्भ शिक्षा र जागिर, राजनीतिक यात्रा, पत्रकारिता, विविध र पूर्व प्रकाशित केही लेखलाई समेटिएको छ । 

स्याङ्जाको हरिनास गाउँपालिका–२ (साविक तिरतिरे मग्याम चिसापानी) मा विसं २००५ माघ २६ गते जन्मिनुभएका भण्डारीले यसअगाडि सम्पादकीय सङ्ग्रह भाग १ र भाग २ प्रकाशित गरिसकेका छन् । भञ्ज्याङ दैनिकको सम्पादक रहिसकेका उनि लामो समय पत्रकारितामा क्रियाशील थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE