Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

वरिष्ठ पत्रकार भण्डारीको ‘फर्केर हेर्दा’ बजारमा

खबरडबली संवाददाता

तनहुँ । तनहुँका वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको कृति ‘फर्केर हेर्दा’ बजारमा आएको छ । तनहुँको भिमाद नगरपालिका–६ निवासी भण्डारीको एक सय २२ पृष्ठ लामो जीवनवृत्तान्त पुस्तक बजारमा आएको हो । 

पुस्तकमा विभिन्न कालखण्डमा घटेका महत्वपूर्ण गतिविधि समेटिएको भण्डारीले जानकारी दिए । पुस्तकमा ४० उपशीर्षकमा लेखरचना समावेश छन् । यसलाई पाँच अध्यायमा विभक्त गरिएको उनको भनाइ छ । 

पहिलो अध्यायमा बाल्यकाल, शिक्षा आर्जन र जागिरे जीवनलाई चित्रण गरिएको छ । दोस्रो अध्यायमा राजनीतिक गतिविधि समावेश छ । तेस्रो अध्यायमा पत्रकारिताबारे उल्लेख छ भने चौथो अध्यायमा जीवनका विविध विषयका लेखरचना समावेश छ । त्यस्तै पाँचाैँ अध्यायमा केही पूर्वप्रकाशित लेख समावेश गरिएको छ । 

प्रेस स्वतन्त्रता सेनानी भण्डारीले भने, “मेरो स्मृति पटलमा अमिट छापका रुपमा सम्झनाका पाना पल्टाउँदै गर्दा पुस्तक तयार भएको छ । बाल्य कालदेखिका मेरा व्यक्तिगत जीवनसँग जोडिएका घटनाक्रममा आधारित पुस्तक नेपाली वाङ्मय भण्डारमा के कति उपयोगी होला पाठकको छनोटको विषय हो भन्ने लागेको छ ।” 

पुस्तकमा प्रसङ्गवस आएका कुरा मात्र टिपोट गरेको जनाउँदै भण्डारीले सबैकुरा समेटिने सम्भावना रहेको उल्लेख गरे । पुस्तकमा आरम्भ शिक्षा र जागिर, राजनीतिक यात्रा, पत्रकारिता, विविध र पूर्व प्रकाशित केही लेखलाई समेटिएको छ । 

स्याङ्जाको हरिनास गाउँपालिका–२ (साविक तिरतिरे मग्याम चिसापानी) मा विसं २००५ माघ २६ गते जन्मिनुभएका भण्डारीले यसअगाडि सम्पादकीय सङ्ग्रह भाग १ र भाग २ प्रकाशित गरिसकेका छन् । भञ्ज्याङ दैनिकको सम्पादक रहिसकेका उनि लामो समय पत्रकारितामा क्रियाशील थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...

बागलुङमा दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...

भरतपुरको मुख्यबजार क्षेत्रको ६ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके निर्वाचित

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...

रौतहट राजपुरका दुई वडामा हैजा फैलियो

रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  आइतवार सिंहदरबारमा संव...

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।  आइतबार सत्तापक्षीय संसदीय दलको संय...

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy