कास्की । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएको छन् ।
पोखरामा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य शर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, “सरकार विधिसम्मत जाँदा कतिपय राजनीतिक सौदाबाजीका आधारमा वा अरु कुनै अवाञ्छित चलखेलका आधारमा सरकारले कुनैमा पनि सम्झौता गर्दैन, त्यसमा हामी प्रष्ट छौँ, तर जनतालाई पनि एउटा अपेक्षा छ, जनताको अपेक्षा वा केही आभासका आधारमा मात्र कसैलाई कारबाहीको दायरामा लिन मिल्दैन, तथ्य, प्रमाणले पुष्टि गर्नुपर्दछ ।”
श्रेष्ठले देशले समृद्धिमा फड्को मार्न नसक्नुमा सुशासन स्थापित गर्न नसक्नु रहेकाले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित अन्य कदम चालिरहेको बताए । उनले भ्रष्टाचारमा संलग्नलाई सरकारले कारबाहीको दायरामा ल्याउँदा राजनीतिक दलका नेता, कर्मचारी तथा व्यवसायीले दबाब दिने गरेको उल्लेख गरे ।
उनले यही माघ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय समन्वय परिषद्को बैठकले प्रहरी समायोजनको काम अघि बढाउने बताए। “राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर समझदारी बनाउने र त्यसका आधारमा समायोजन समिति घोषणा गर्छौं, समितिले समायोजन कार्यक्रम तालिका प्रकाशित गर्नेछ”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १७:२४
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
फाल्गुन ३० गते, २०८२ - १७:१०
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...
फाल्गुन ३० गते, २०८२ - १५:४७
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...


प्रतिकृया लेख्नुहोस्: