Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

महिलाहरू कस्ता पुरुषप्रति बढी आकर्षित हुन्छन्?

साँकेतिक तस्विर
खबरडबली संवाददाता

काठमाडौं । पहिलो पटकको भेटमै हामी कोही प्रति आकर्षित भइहाल्छौँ । महिला होस् वा पुरुष दुबैमा यो नियम लागू हुन्छ ।

कोही मान्छेको व्यक्तित्वले हामी यति प्रभावित हुन्छौँ कि पहिलो देख भेटमै मनमा उनीहरुप्रति विशेष अनुभूति आउन थाल्छ । यस्तो खालको अनुभूतिलाई ‘ल अफ अट्रयाक्शन’ (आकर्षणको नियम) भन्न मिल्छ ? के कस्ता चिजका कारण महिला कुनै पुरुषतर्फ पहिलो भेटमै आकर्षित हुन्छिन् ? यसलाई बुझ्न वैज्ञानिकहरुले अनेकौँ अनुसन्धान गरेका छन् ।

रुटर युनिभर्सिटीका मानवशास्त्री र बेष्ट सेलिङ पुस्तकका लेखक हेलेन ई. फिशरका अनुसार संसारभरका महिलाहरू अभिव्यक्ति, बोली वचन सुनेर पुरुषप्रति आकर्षित हुन्छन् । कर बल गर्ने, जबरजस्ती गर्ने पुरुषहरूलाई महिलाहरुले खासै रुचाउँदैनन् । आफूलाई बुझ्ने, आफूले बोलेको कुराहरु ध्यान दिएर सुनिदिने, मनमा लागेका हरेक कुरा सुनाउने मौका दिने पुरुषप्रति बढी आकर्षित हुन्छन् भन्ने यस अनुसन्धानले देखाएको छ ।

कुनै समय यस्तो पनि थियो कि महँगा महँगा लुगा लगाउने, विलासी कार चलाउने पुरुष मात्रै महिलाको रोजाइमा पर्छन् भन्ने विश्वास गरिन्थ्यो । तर अहिले समय यस्तो छैन । साइकल नै चलाउने भएपनि फरक नपर्ने एक अनुसन्धानले देखाएको छ । व्यक्तिको व्यक्तित्व अनुहारमा प्रतिबिम्बित हुन्छ । तपाईंको व्यक्तित्वमा आफूलाई मोहित गर्ने, आकर्षित गर्ने केही तत्त्व भेटेपनि महिला पुरुषप्रति आकर्षित हुन्छन् । पुरुषको व्यवहारले पनि महिलाहरु आकर्षित हुन्छन् ।

महिलाहरु प्रायः आफूभन्दा बढी उमेरको पुरुषलाई मन पराउने  सन् २०१० मा गरिएको एउटा  अनुसन्धानले देखाएको थियो । यो अध्ययनमा विभिन्न उमेर समूहका ३ हजार ७७० जना वयस्कहरु संलग्न थिए । आर्थिक रुपमा बढी स्वतन्त्र महिलाहरू शक्तिशाली र पाका पुरुषहरूप्रति आकर्षित हुने गरेको लेखिका तथा युनिभर्सिटी अफ डन्डीमा मनोवैज्ञानिक विषयकी प्राध्यापिका फियोना मूरले भनेकी थिइन् ।

संसारको कुरा गर्ने हो भने पछिल्लो समय सम्बन्धमा महिला र पुरुषबिच उमेरको अन्तर हराउँदै गएको छ । उमेर बित्दै जाँदा पुरुषहरूको व्यक्तित्वमा एक खालको आत्मविश्वास र समझदारी देखिन थाल्छ । बढी उमेरका पुरुषहरु धेरै अनुभवी हुने भएकोले पनि सम्भवतः महिलाहरूले यस्ता पुरुषहरुलाई बढी मन पराएको हुन सक्छ ।

सबैको आफ्नो रुचि हुन्छ । कसैले दाह्री नभएको सफा अनुहार मन पराउँछन् । कसैलाई अनुहारमा चुस्स दाह्री आएको मन पर्छ कसैलाई झपक्क दाह्री । युनिभर्सिटी अफ न्यु साउथ वेल्सका अनुसन्धानकर्ताहरूले २०१३ मा गरेको एउटा अध्ययनमा महिलाहरूले पुरुषको दाह्री देखेर पनि आकर्षित हुने गरेको पाइएको थियो । यो अनुसन्धानमा अलि अलि दाह्री भएका पुरुषलाई महिलाहरुले सबैभन्दा आकर्षक बताएका थिए ।

महिलाहरु दयालु र कोमल स्वभाव भएका पुरुष मन पराउँछन् । सामान्यतया, महिलाहरूलाई विनम्र अनि आफ्नो केयर गरिदिने पुरुष मन पर्छ । यस्ता पुरुषको स्वभावले महिलाको मन छुन्छ । यस्ता व्यक्तिप्रति महिलाको मनमा विशेष खालको भावना उत्पन्न हुन थाल्छ । धेरै अध्ययनहरूले के पनि पनि देखाएका छन् भने आफूलाई हसाउन सक्ने अनि जीवनप्रति सकारात्मक धारणा भएका पुरुषप्रति महिलाहरू बढी आकर्षित हुन्छन् । यस्ता महिलाहरू सधैँ पुरुषको ‘सेन्स अफ ह्युमर’ मन पराउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending