जोमसोम । हिमाली क्षेत्रको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलुलाई उपभोक्ताले निकै मन पराउँछन् । उसिनेर होस् या तरकारीमा मिसाएर खान मुस्ताङी आलुको माग बढी छ। तराई र पहाडी क्षेत्रमा उत्पादन हुने आलुभन्दा यस क्षेत्रमा उत्पादन हुने आलुप्रति सहरिया उपभोक्ताको रुचि बढी छ।
मुस्ताङका स्याउ खेती जस्तै प्रमुख बालीको रूपमा रहेको परम्परागत आलु खेती यहाँका किसानको गतिलो आम्दानीको स्रोत बनेको छ। मुस्ताङका किसानले स्याउ बगैंचाभित्र अन्तरबालीको रूपमा आलु खेती गर्दै आइरहेका छन्। उनीहरूले स्याउ र आलु गरी दोहोरो आम्दानी लिइरहेका छन्। यद्यपि मुस्ताङका किसानले स्याउ बगैंचाभित्र अन्तरबालीका रूपमा उवा, फापर, जौ र तरकारी खेती पनि गर्छन्।
मुस्ताङमा यसवर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। गतवर्ष मुस्ताङमा २ सय १२ हेक्टरमा लगाइएको आलु खेतीबाट ९ हजार ६ सय ३ टन स्याउ उत्पादन भएको थियो। तर, यसवर्ष ३ सय १५ हेक्टर क्षेत्रफलमा लगाइएको आलु खेतीबाट ६ हजार ३ सय ६३ टन मात्र आलु उत्पादन भएको ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।
यसवर्ष मौसम अनुकूल नहुँदा आलु उत्पादन घटेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे। गतवर्ष आलुका लागि उपयुक्त हावापानी भएको भए पनि यसवर्ष आलुको बोटको वृद्धि विकास हुने बेलामा लगातार वर्षा भएको र यसले आलु खेतीमा डढुवा रोगको प्रकोप देखिँदा उत्पादन घटेको केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ। उनले उपल्लो मुस्ताङमा तुषारोका कारण आलु खेतीमा डढुवा रोग देखिएको बताए। आलु खेतीमा मौसम अनुकूल नहुँदा डढुवा रोगको प्रकोप देखिने गर्छ। डढुवा रोग लाग्दा आलु बोटका पातहरू सुक्दै र मर्दै जाने लक्षण देखिन्छ। आलु बोटको पातमा डढुवाको प्रकोप देखिँदा आलुको बोटले प्राप्त गर्ने कार्वनडाई अक्साइडको मात्रा उपलब्ध हुन सक्दैन। आलुको बिरुवाले मलजल नपाउँदा आलु उत्पादन घट्नुको प्रमुख कारण रहेको केन्द्र प्रमुख बस्ताकोटीले सुनाए।
यसवर्ष गतवर्षको तुलनामा ३ हजार २ सय ४० टन आलु उत्पादन घटेको हो। गतवर्ष मुस्ताङमा प्रतिहेक्टरमा ३०।७८ टन आलु उत्पादन भएको थियो। यसवर्ष गतवर्षभन्दा थप ३ हेक्टर क्षेत्रफल विस्तार भए पनि प्रतिहेक्टर २०।२ टन आलु उत्पादन भएको देखिन्छ। यहाँ औसत प्रतिहेक्टर १० टनले आलु उत्पादनमा ह्रास आएको केन्द्र प्रमुख बस्ताकोटीले जनाए।
यसवर्ष ६ हजार ३ सय ६३ टन आलु उत्पादन हुँदा औसत प्रतिकेजी ५० रुपैयाँका दरले ३१ करोड ८१ लाख रुपैयाँको आलु उत्पादन भएको छ। गतवर्ष मुस्ताङमा ९ हजार ६ सय ३ टन उत्पादन हुँदा ४८ करोड १ लाख रुपैयाँ आम्दानी भएको केन्द्रको अनुमान छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: