Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ठेक्काको मिति सक्दासम्म पनि निर्माण सुरू भएन नलगाड नदीको पुल

खबरडबली संवाददाता

सुर्खेत । आइतबार जाजरकोटको नलगाड नगरपालिका–५ का राजु शाहीको कच्ची झोलुङगे पुलबाट लडेर मृत्यु भयो । नलगाड नगरपालिका र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको नलगाड नदीमा रहेको कच्ची लथालिङग भएको पुलबाट नदी पार गर्न लाग्दा राजुको मृत्यु भएको थियो । राजु त अहिले देखिएको प्रतिनिधिमूलक पात्र हुन् ।

यो ठाउँबाट यात्रा गर्दा धेरै मानिसले जिन्दगी हत्केलामा राखेर वारपार गर्नुपरेको नलगाड नगरपालिका–५ का खम्मान सिंहले जानकारी दिए । यो पुल मर्मतका लागि तत्कालीन जिल्ला विकास समितिले बिभिन्न संस्थाहरुको सहयोगमा निर्माण गर्नका लागि पुलका सामान थुपारेपनि बीचमै छाडिएको थियो । उक्त समयमा पुलका ल्याइएका सामानको ढुवानी भाडा समेत नपाएको नलगाड ५ का कौशीबहादुर सिंहले बताएका छन् ।  सोही ठाउँमा झोलुङगे पुल मर्मत हुन नसकेपछि पक्की पुल निर्माण गर्नका लागि २०७८ फागुन १५ गते तत्कालिन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले शिलान्यास गरेका थिए ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उक्त पुलको ठेक्का गरेको थियो ।  नेपाल मेघा सिस्ने जेभी नेपालगन्ज २ बाँकेले उक्त पुलको ठेक्का ३ करोड ९ लाख ८८ हजारमा लिएको थियो । २०७८ साउन २९ मा सम्झौता भएको उक्त पुलको अन्तिम  काम सक्ने मिति २०८० साउन २८ रहेको छ । निर्माण अवधि सकिँदासम्म पुलको काम नै सुरु नै नहुँदा समस्य हुँदै आएको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटले  निर्माण व्यवसाहीलाई धेरै पटक पत्र पठाएपनि मतलब नभएको कार्यालय प्रमुख सोहिन्दर यादवले बताए ।

उक्त शिलान्यास गरेको दिन देखि हाल सम्मा समय हेर्दा पुल निर्माण भइसक्नु पर्ने थियो । तर पुल निर्माणको काम अहिले सम्म जहाँको त्यही रहेपछि दैनिक सर्बसाधारणहरु जिर्ण झोलुङग पुलमाथि जिन्दगी धरापमा राखेर यात्रा गरिरहेका छन् । यातायातका साधनहरु आवतजावत गर्नका लागि भन्दै बहुवर्षे ठेक्का मार्फत पक्की पुलको बोलपत्र भई ठेक्का लागि शिलान्यास भएको पुल अहिलेसम्म निर्माण नहुँदा दैनिक सास्ती मात्र भएको छैन , दिगो विकासको लक्ष्यसमेत अवरुद्ध हुँदै आएको छ । मन्त्री सिंह हुँदा भएको ठेक्का अहिलेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पहलकदमी कम चासो दिएको आरोप लागेको छ । मन्त्री बेदराज सिंहको घरबाट साघुतरास्थित पुल निर्माण स्थल पुग्न आधा घण्टा लाग्ने गर्दछ । घर जाँदा र आउदा यही ठाउँलाई केन्द्र बनाउने भएपनि उक्त पुल निर्माणलाई तिब्रता दिन चाँसो नदिएको भारी गुनासो रहेको छ ।

पूर्वमन्त्री गणेशले सुरु गरेका योजना हालका मन्त्री बेदराजले ध्यान नदिदा आफूहरुले चाहेको विकास प्रयोग गर्न नपाएको बारेकोट –८ का प्रविण केसीले बताए । पुल निर्माणमा अवरोध आएमा स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेर विकास निर्माणलाई तिब्रता दिनुपर्नेमा जनप्रतिनिधि कानमा तेल हालेर चुपचाप बसेको समेत उनको आरोप छ । नलगाड नगरपालिका–५ का वडाध्यक्ष र बारेकोट गाउँपालिका –८ का वडाध्यक्षले समेत पूल निर्माण गर्नका लागि कुनै दबाब दिएको अर्का स्थानीयबासी मनसुर सिंहले आरोप लगाए । पूर्वमन्त्री सिंहले उक्त पक्की पुल निर्माण गर्नका लागि आफूले धेरै पटक निर्माण व्यवसायी र स्थानीयबासीसँग छलफल गरेको बताए । विकास निर्माण गर्ने बाचासहित आएका नयाँ जनप्रतिनिधिहरु जिम्मेवारी ढंगले लागेमा कामले तिब्रता पाउने कुरामा दुइमत नरहे पनि कमिसन आउने काममा मात्र ध्यान दिँदा विगतका योजनाहरु अलपत्र परेको अर्का स्थानीयबासी रामबहादुर सिंहले बताए ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोट स्थित पूर्वाधार विकास कार्यालयले लगाएको उक्त ठेक्का अहिले अलपत्र पर्दै आएको छ  । सो समय भन्दा पछाडी जाजरकोटमा एक कार्यालय प्रमुख बदलिएका छन् । प्रविण कार्की कार्यालय प्रमुख हुँदा खोलिएको उक्त ठेक्का अहिलेका कार्यालय प्रमुख सोहेन्दर यादव बहाल हुँदा कार्यालय प्रमुख बदलिएपनि पुलको विकास जहाँको त्यही रहेको पाइएको छ । मन्त्री बेदराज सिंहले पहिले ठेक्का लागेको पुल भन्दा माथी अथवा सेपुखोलामा बेलिब्रिज पुल निर्माण गर्नका लागि बजेट बिनियोजन गर्नुभएको छ । उत्ता साघुतरा– सिर्केको पुल निर्माण कम प्राथमिकतामा परेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले गुनासो गरे । उनले पुल निर्माण गर्नका लागि बाटो आवश्यक भएकाले सो कार्यमा आफूले फिल्डमै खटेर समाधान गरेपनि सम्वन्धित कार्यालयले मतलब नगरेको बताए । पुराना योजना निर्माण भन्दा पनि नयाँ योजनालाई ध्यान दिदा समस्य आएको अध्यक्ष गिरीले बताए ।

सेपुखोलामा निर्माण हुने बिलिब्रिज मन्त्री सिंहको घर छेउमा रहेको छ । सेपुखोलामा बेलिब्रिज निर्माण भएमा लैखम,सेघुतराको मोटरेबल पुल ओझेलमा पर्ने देखिन्छ । दुरीको हिसावले आधा घण्टा पैदल रहेको उक्त ठाउँमा मन्त्री पिच्छे घर पायक बनाउँदा खोज्दा दिगो विकास हुन नसकेको सरोकारवालाहरु बताउँछन् । सेपुखोला भन्दा लैखमको पुल धेरै राम्रो भएपनि किन अवरोध गर्न खोजिँदैन मैले बुझेको छैन अध्यक्ष गिरीले बताए । सेपुखोलाको बेलिब्रिज नलगाड जलविद्युत आयोजना निर्माण हुँदा ड्याम स्थल भित्र पर्दछ भने साघुतरा – सिर्केको बीचमा रहेको नलगाडको पुल डुवान क्षेत्र भित्र पदैन । जिल्लामा भारी मात्रामा विकास निर्माणका कामहरु लथालिङग भए पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको आरोप लाग्दै आएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने माननीयहरुलाई राखेर विकास निर्माणको छलफल गर्दा निर्माण व्यवसायीले नाता लगाएर माननीयहरुलाई हैरान बनाउने गरेको पाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: