Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

एमाले धादिङको अधिवेशनमा कार्यकर्ताको हात भाँचिने गरी कुटाकुट

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमाले धादिङको अधिवेशनमा कार्यकर्ताको हात भाँचिने गरी धक्कामुक्का भएको छ । एमाले जिल्ला कमिटी धादिङको नवौँ अधिवेशनमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गरेर एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि भएको धक्कामुक्काबाट सन्तोष खनालको हात भाँचिएको छ । 

आइतबार एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘ जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो । जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भयो । सो दिनको भोलिपल्ट माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आकमक र आतंकित परिस्थिति देखा पन्यो। यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ।’ 

विज्ञप्तिको पूर्णपाठ :


मिति २०८०/१०/२१


नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धादिङको नवीं जिल्ला अधिवेशनको बन्दसत्र सुरु हुनुपूर्व २०८० माघ १९ गते साँझ करिव ७ः०० बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा, बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेजहरु, कतिपय नीतिगत निर्णयहरु बन्दसत्र संचालनका लागि आवश्यक अध्यक्ष मण्डल लगायत विभिन्न समितिहरुमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरुका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो । जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भयो । सो दिनको भोलिपल्ट माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आकमक र आतंकित परिस्थिति देखा पन्यो। यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ। जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गिकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइयो । बन्दसत्रमा प्रवेस गर्नु अगाडी प्रतिनिधि निक्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको अवस्था देखियो । त्यति हुँदाहुँदै पनि पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् असान्त, असहज परिस्थिति देखा पन्यो । तसचं यो अधिवेशनलाई मर्यादेत र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ ।

कैलाश प्रसाद ढुंगेल

अध्यक्ष, नेकपा (एमाले) बागमती प्रदेश

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: