Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

दीपक मनाङेको क्षेत्र नार्पाभूमिमा अहिलेसम्म सडक विस्तार हुन सकेन

खबरडबली संवाददाता
मनाङ । गण्डकी प्रदेशको विकट जिल्लाका रुपमा मनाङलाई लिइन्छ । जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन । अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती बनेको छ । 
 
यहाँका स्थानीयलाई सदरमुकाम चामे पुग्न सडक सहज बनाउनु नै प्राथमिकता रहेको छ । सदरमुकाम पुग्नका लागि पैदलयात्रा गर्दा तीन दिन छुट्याउनुपर्ने बाध्यता रहेको स्थानीय सोनाम तेञ्जिङ लामाले बताए। यहाँका स्थानीयको माग सडक सञ्जाल विस्तार गर्नु रहेको उनको भनाइ थियो ।
 
“सङ्घीयता कायम भएपछि गाउँ गाउँमा सिंहदरबार पुग्यो । यहाँ भने सडकसम्म पुग्न सकेन् । स्थलमार्गको पहुँच राम्रो नहुँदा सदरमुकाम पुग्न तीन दिन लाग्छ”, लामाले भने। सडक निर्माण अगाडि बढ्दा आशा पलाएको भन्दै उनले सडक बनेपछि स्थानीयले सास्ती भोग्नु नपर्ने बताए।
 
स्थानीय कर्मा याञ्चु लामाले भन्न्छन्, “हामीलाई अस्पताल पुग्न पनि सास्ती हुने गरेको छ । बिरामी भए अस्पताल पुग्नै तीन दिन लाग्छ । यहाँको स्वास्थ्य चौकीमा औषधि भए पनि स्वास्थ्यकर्मी र डाक्टर कोही हुँदैनन् ।” यहाँका स्थानीय अझै पनि जडीबुटीको भरमा उपचार गर्न बाध्य रहेका उनले बताए। 
 
स्वास्थ्य चौकीमा डाक्टर नआएपछि जटिल किसिमको बिरामी भएमा  गाउँपालिकाको सहयोगमा काठमाडौँ जानुपर्ने अवस्था रहेको कर्माको भनाइ थियो । गाउँपालिकाको सहयोगमा हेलिकप्टरमार्फत काठमाडौँका अस्पताल पुग्ने गरिएको उनले जानकारी दिए ।
 
“यहाँबाट छिटो पुग्ने बाटो बनेको छैन । अहिले बन्न लागेको भन्ने सुनेका छौँ । छिटो निर्माण सम्पन्न भए सबैलाई सहज हुने थियो”, कर्माले भने । यहाँका स्थानीय सडक नबने पनि पैदल हिँडेर विभिन्न कामका लागि चामे सदरमुकामसम्म पुग्ने गरेका छन् । स्थानीयले भोगेका समस्या समाधानमा अहिले जनप्रतिनिधिले प्राथमिकतामा राखेर काम गरिरहेका छन् । 
 
मनाङमा सडक सञ्जाल विस्तार भएकोे २० वर्षपछि जिल्लाको विकट क्षेत्र नार्पाभूमि सडक सञ्जालसँग जोडिन लागेको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले बताए। उनका अनुसार प्रदेश सरकार र स्थानीय पालिकाबाट बजेट छुट्याइएपछि सडकको ट्र्याक खोल्न लागिएको हो ।
 
जनप्रतिनिधि तथा स्थानीयको पहलमा अहिले सडक सञ्जाल विस्तारको काम भइरहेको अध्यक्ष लामाले जानकारी दिए। चिसो र हिमपातका कारण जाडोमा काम रोकिएको भन्दै फागुनको अन्तिम सातादेखि कामले तीव्रता पाउने उनले बताए । 
 
अध्यक्ष लामाका अनुसार सडकको ट्र्याक खोल्नका लागि सहरी विकास मन्त्रालयबाट रु २५ लाख, गण्डकी प्रदेश सरकारबाट गतवर्ष रु ४० लाख र चालु आर्थिक वर्षमा गाउँपालिकाबाट रु ९० लाख विनियोजन भएको छ । “हिउँदे अधिवेशनपछि प्रदेश र सङ्घ सरकारबाट बजेटको व्यवस्थापन हुन सक्ने अपेक्षा गरेका छौँ”, उनले भने । 
 
मनाङ सडक सञ्जालसँग जोडिएको लामो समयपछि नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोल्न लागिएको गाउँपालिकाका अध्यक्ष लामाले बताए । उनले पालिकालाई सडक सञ्जालसँग जोड्ने लक्ष्य पूरा गर्न मनाङका जनप्रतिनिधि र छिमेकी पालिकाको सहयोग रहेको बताए । 
 
“पालिकाबाट मात्रै बजेट विनियोजन गरेर भए पनि सडकको ट्र्याक खोल्ने योजना बनाएको थियौँ । यसमा प्रदेश र सङ्घ सरकार समन्वय गरेपछि थप हौसला थपिएको छ”, अध्यक्ष लामाले भने, “हालसम्म २६ किलोमिटर सडक खनिसकिएको छ । माथिबाट पालिकाले कामदार खटाएर सडक खनिरहेको छ भने तलबाट एक्साभेटरको प्रयोग गरी अपरेटटर र सहयोगी राखेर काम भइरहेको छ ।”
 
चामे गाउँपालिका–३ कोतोमा मस्र्याङ्दी नदीमा मोटरेवल पुल, नार्पाभूमि गाउँपालिकाको छ्याचेको नार खोलामाथि मोटरेवल पुल निर्माण गर्न अध्ययन प्रतिवेदन तयार भइरहेको अध्यक्ष लामाले जानकारी दिए। उनका अनुसार सडक नौ मिटर चौडा हुनेछ । 
 
स्थानीय सरकारले सडक सञ्जालसँग गाउँलाई जोड्ने उद्देश्यले आव २०७५/७६ देखि चालु आवसम्म बजेट विनियोजन गर्दै आएको छ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को क्षेत्रका रुपमा रहेको नार्पाभूमिमा हालसम्म सडक सञ्जाल पुगेको छैन ।
 
यस क्षेत्रमा सडक विस्तार गर्न मनाङेसहति जिल्लाका पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला सांसद तथा स्थानीय सरकारका जनप्रतिनिधि लागिपरेका छन् । “यहाँ ट्र्याक खोलेर मात्रै हुँदैन । भिरको बाटो छ, जोखिम उत्तिकै हुन्छ । जोखिम कम गर्न यहाँका नदीनालामा व्यवस्थित पुल निर्माण पनि उत्तिकै आवश्यक छ”, लामाले भने, “सडकसँगै पुल निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ । बजेट विनियोजन भए यसलाई सुरक्षित बनाउन सक्नेछौँ ।”
 
यस पालिकामा ट्र्याक खोलिएसँगै स्थानीयमा खुसी छाएको छ । जोखिम बाटोमा पैदलयात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय बताउँछन् । मस्र्याङ्दीलगायत सानाठूला नदीमाथि पुल निर्माण गर्न सकिए यात्रा अझै सुरक्षित हुने उनीहरुको भनँइ छ । यस पालिका सडक सञ्जालसँग जोडिएपछि जिल्लाका सबै पालिकामा सवारीसाधनमार्फत यात्रा गर्न सकिन्छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: