Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

बेलायती राजा चार्ल्सलाई क्यान्सर, विश्वका नेताहरूले गरे स्वास्थ्य लाभको कामना

खबरडबली संवाददाता

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेपछि धेरै देशका नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

लण्डनस्थित बेलायती शाही परिवारको आधिकारिक निवास बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै प्रोस्टेट ग्रन्थीको हालैको परीक्षणमा चार्ल्सलाई क्यान्सर भएको पाइएको जनाएको थियो । 

७५ वर्षीय चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको बताए पछि उनको उपचार सुरु भएको र उनी पूर्ण रूपमा खतरामुक्तरहेको बताइएको छ ।

चार्ल्सको स्वास्थ्यको खबर आएलगत्तै बेलायती प्रधानमन्त्री ऋषि सुनकले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । सुनकले एक्समा भने, ‘मलाई कुनै शङ्का छैन कि उहाँ कुनै समयमै पूर्ण शक्तिमा फर्कनु हुनेछ र मलाई थाहा छ सम्पूर्ण देश उहाँको स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको छ।’

बेलायतका राजाले नियमित उपचार सुरु गरेका छन् र सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिइएको छ।

पूर्व बेलायती प्रधानमन्त्रीहरू लिज ट्रस, बोरिस जोनसन र सर टोनी ब्लेयरले पनि यस्तै सन्देशहरू पोस्ट गरेका छन । जोनसनले भनेका छन, ‘आज सम्पूर्ण देश राजाको साथमा हुनेछ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफू चार्ल्सको बारेमा चिन्तित रहेको जनाउँदै उनीसँग फोनमा कुरा गर्ने बताएका छन ।  विश्वका धेरै राष्ट्र र सरकार प्रमुखले बेलायती राजाको स्वास्थ्य अवस्थालाइ लिएर चिन्ता र चासो ब्यक्त गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending