कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका मुरलीधर जोशीको दैनिकी ज्योतिषी कर्ममै बित्छ । उनी सो कर्ममा लागेको दुई दशकभन्दा बढी भइसक्यो । ५९ वर्षीय जोशीले ज्योतिषी कर्म गरिरहेका मात्रै छैनन् , अँठोला परिवारको ३८ पुस्ता लामो विरासतलाई जोगाएका छन् ।
भारतको हरिद्वारबाट पूर्वमध्यमासम्मको अध्ययनपछि आफुले बुबासँग बसेर ज्योतिष विद्या सिकेको उनले बताए । “हरिद्वारमा संस्कृति पढे । त्यसपछि विद्यालय गइएन । घरमै बुबासँग बसेर ज्योतिष विद्या सिके”, जोशीले भने, “बुबा बितेपछि २५ वर्षअघिदेखि ज्योतिषी कर्ममा लागेको छु ।”
उनको घरमा व्रतबन्ध, विवाह, गृहप्रवेश, गृहनिर्माण शुभारम्भ आदिको शुभमुहूर्त हेर्न आउनेको भीडभाड नै लाग्ने गरेको छ ।
सीमावर्ती भारतीय क्षेत्र बनबासा, टनकपुर, खटिमा र रुद्रपुरलगायत ठाउँबाट पनि मानिसहरु आउने गरेका छन् । “हाम्रो पुर्खाले पाँच सय वर्षअघिदेखि ज्योतिषी कर्म थाले । यो पेसा अहिलेसम्म पनि निरन्तर छ”, उनले भने, “मसम्म आइपुग्दा ज्योतिषी कर्म थालेको ३८औँ पुस्ता हो । यति लामो इतिहास जोगाउनु उपलब्धि र चुनौती दुवै हो ।”
उनले अँठोला पञ्चाङ्ग समेत प्रकाशित गर्दै आउनुभएको छ । “चार÷पाँच वर्ष बुबाले हातले लेखेरै पञ्चाङ्ग बनाएर बाँडे । पछि सुदूरपश्चिमबाट पहिलो पटक पञ्चाङ्ग दर्ता गराएर अनुमति लियौँ”, उनले भने, “त्यसपछि निरन्तर पञ्चाङ्ग प्रकाशित गर्दै आएका छौँ ।”
यसलाई निरन्तरता दिन र परिवारको ज्योतिषी विरासतलाई जोगाइराख्न मुरलीधर अहिले आफ्ना छोरा, नातिनातिनालाई पनि ज्योतिषी कर्म सिकाउछन् । “ज्योतिषशास्त्र विज्ञान हो । यो भएन भने संसार नै चल्दैन”, उनले भने, “आस्था र विश्वासले यसलाई चलाएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: