Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

पत्रकार कृष्ण तिवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

खबरडबली संवाददाता

रौतहट। रौतहटको कटरिया नगरपालिका ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब आउन थालेको छ। चिनीमिल सञ्चालकको ईशारामा मिलका बाउनसरहरुको कुटाईबाट गम्भीर अवस्थामा रहेका पत्रकार  तिवारीको अहिले वीरगञ्जस्थित सूर्या अस्पतालमा उपचार भइरहेको छ। सूर्या अस्पताल वीरगञ्जका प्रमुख डाक्टर सरोज कुमार सिंहले पत्रकार तिवारीको छातीलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको र भर्ना गरेर उपचार भईरहेको बताए ।

पछिल्लो केही दिनदेखि मिलमा उद्योगीले प्रति ट्रली २० देखि ३०, क्विन्टल उखुको तौल घटाइरहेको बताउँदै आएका बारा र सर्लाहीको किसानले ल्याएको उखुको तौल घटेपछि मंगलवार किसानहरू मिल प्रशासनविरुद्ध नारा लगाउँदै आन्दोलनमा उत्रिएका थिए। किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएको  किसानहरूले आन्दोलन सुरुगरेको उखु उत्पादक किसान संघ रौतहटका उपाध्यक्ष प्रमोद यादव बच्चा बाबुले बताएका छन्।

मंगलबार आन्दोलन गरिरहेका केही किसानलाई समेत मिल सञ्चालकका बाउन्सरहरुले कुटपिट गरेको उपाध्यक्ष बच्चा बाबुले बताए। किसानहरूले उखु काटा गर्ने ठाउँमा बिहानैदेखि नारा जुलुस गरेपछि मंगलबार दिउँसो समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेको पीडितले बताएका छन्।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश मिल सञ्चालक ओम प्रकाश जैसवालका छोरा हुन् । उनकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। तिवारीका अनुसार मेयरले इसारा गरेलगत्तै उनका भाइ पिन्टु भन्ने अभयप्रकाश जैसवालले आफूमाथि सबभन्दा पहिले आक्रमण गरेका थिए । जैसवालले हात छोडेलगतै उनको दर्जनौं बाउनसरले पत्रकार तिवारीलाई भुइँमा बजारेर मुड्की, लाती, लठी र उँखुले प्रहार सुरु गरेका थिए। सोही समय त्यहाँ पुगेका ईलाका प्रहरी कार्यालय कटहरियाको टोलीले जसोतसो पत्रकार तिवारीलाई बचाएका थिए। घटनास्थल पुगेका वरिष्ट सई अरुण सिंहका अनुसार यदी प्रहरी त्यहाँ मात्र १० मिनेट ढिलो पुगेको तिवारीको ज्यान जे पनि हुन सक्थ्यो ।

पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकका बाउन्सरहरुले लुटपाट गरेको बताइएको छ। मिलकै बाउनसरले एकजना अर्का पत्रकार धीरज यादवलाई समेत कुटपिट गरेका छन्। किसानको पीडाबारे भिडियो रेकर्ड गर्ने क्रममा पहिले यादव र लगत्तै तिवारीमाथि एकैपटक दर्जनौं मानिसले आक्रमण गरेको सई अरुण कुमार सिंहले जानकारी दिएका छन्।

मंगलवार घटनाले उग्ररुप लिएपछि ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको टोलीसँगै उखु उत्पादक किसान संघ रौतहटका पदाधिकारी  बाबा बैजुनाथ सुगर मिलको स्थलगत निरीक्षणमा गएको थियो। टोलीले उखुको तौल घटाएकोबारे जाँच बुझ गर्नु अघि नै मिलले राखेको केही ठेकदारहरुले तौल गर्ने काँटा ठीक भयो भनेर होहल्ला गरिरहेको थिए। सो पछि त्यही काँटामा पहिले तौल भईसकेको तीनवटा टयाक्टरको उखुको पुन: तौल गर्दा डिएसपी खनालको रोहवरमा प्रति ट्रली १६,१४,१२ क्विन्टल घटी देखिएको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले बताएका छन्।

उखुको तौल घटेको बारेमा डिएसपी खनालको उपस्थितिमा मिलका निर्देशक बैजु बाबरासँग कुरा गर्दा गैरजिम्मेवारी तरिकाले जथाभावी कुरा गर्दै थर्काउने  व्यवहार गरेको अध्यक्ष यादवले गुनासो गरेका छन्। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी खनालले घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको बताएका छन।यसैबिच घटनामा संलग्न मिल्स सञ्चालक संगै दोषीमाथि कडा कारबाहीको गर्न चौतर्फी दबाब उठ्न थालेको छ।

आमजनता पार्टीका अध्यक्ष पूर्व मन्त्री प्रभु साहले समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट गर्नु निन्दनीय भएको बताएका छन। प्रेस समाजवादी सङ्गठनको केन्द्रीय सदस्य पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ ।

साहले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार तिवारी लगायतका पत्रकारहरुमाथि भएको सांघातिक हमला एवं निर्घात कुटपिटको घोर भत्सर्ना गर्दै दोषीलाई कड़ा करवायीको जोड़दार माग गरेका गरेका छन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव संगमले छुट्टा छुटै बिज्ञप्ती निकालेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: