Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

मेयर्स कप खेल्ने १० विद्यालयलाई एक्सपर्टले दियो साढे ८ लाखको खेल सामग्री

खबरडबली संवाददाता

भरतपुर ।  भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा यही माघ २६ गतेदेखि हुन लागेको प्रतियोगितामा सहभागी भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक विद्यालयलाई बुधबार खेल सामग्री दिइएको हो ।

भरतपुर महानगरपालिका सभाहलमा आयोजित कार्यक्रममा मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियालगायतले सहभागी विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरे ।

उक्त अवसरमा मेयर्स कप क्रिकेट विजेताले प्राप्त गर्ने रनिङ ट्रफीसमेत अनावरण गरिएको छ । २० टिम सहभागी प्रतियोगिता जित्नेले रनिङ ट्रफी पाउने छ । एक्सपर्टले कुल ८ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री र गेम जर्सी प्रायोजन गरेको छ । त्यसमध्ये खेल सामग्री १० वटा सामुदायिक विद्यालयले प्राप्त गरेका छन् भने राउण्ड रोबिन लिग खेल्ने १० टिमले फागुन ४ गते जर्सी पाउने छन् ।

‘ग्रासरुट क्रिकेट’ विकास गर्ने अभियानका साथ चितवन जिल्ला क्रिकेट संघको सहआयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा भरतपुर महानगरपालिकाले यो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता टि–२० फम्र्याटमा खेलाइने छ ।

खेल सामग्री हस्तान्तरण गरेपछि मेयर दाहालले एक्सपर्टको सहयोग ग्रासरुट खेल विकासमा ऐतिहासिक र प्रेरणादायी भएको बताइन् । यो सहयोगले चितवनमा क्रिकेट खेल विकास र रंगशाला निर्माणमा थप ऊर्जा थपिएको बताइन् । निर्माणाधीन गौतम बुद्ध रंगशालाको बाँकी काम छिट्टै नै सुरु हुने बताउँदै उनले अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी हुने खेलाडी चितवनबाट उत्पादन गर्न यस्ता सहकार्यले योगदान दिने बताइन् ।

रंगशाला निर्माण सकी २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता त्यहीँ आयोजना गर्ने प्रयासमा महानगरपालिका रहेको उनले बताइन् । विगतमा भारत–पाकिस्तान क्रिकेट प्रतियोगिता चितवनको रंगशालामा गर्ने भनेकोमा धेरैले खिसिटिउरी गरेको भन्दै उनले अब छिट्टै रंगशाला बनेपछि त्यो सपना पनि पूरा हुने बताइन् ।

आफूले पहिलो कार्यकालदेखि नै खेल विकासलाई प्राथमिकतामा राखेको बताउँदै उनले दोस्रो कार्यकालमा पनि त्यसलाई निरन्तरता दिएको बताइन् ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले खेल विकासमा एक्सपर्ट लामो समयदेखि लागिरहेको बताउँदै महानगरसँगको सहकार्यमा विद्यालयस्तरमै सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

उपमेयर चित्रसेन अधिकारीले खेल विकासमा सरकारी र निजी क्षेत्रको सहकार्य जरुरी रहेको बताए । रंगशाला निर्माणसँगै खेलाडी उत्पादनलाई पनि विशेष प्राथमिकता दिएर महानगर अघि बढेको बताए । नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले विद्यालयस्तरबाट खेल विकास गर्न सकिए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेल विकास सम्भव हुने बताए ।

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले ग्रासरुट खेल विकासमा यो प्रतियोगिता कोशेढुंगा सावित हुने बताए ।

यस प्रतियोगितामा भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक र १० संस्थागत माध्यमिक विद्यालय गरी कुल २० टिमले सहभागिता जनाउने छन् । तिनीहरूलाई दुईवटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ । यो चरणमा कुल १० खेल हुने छन् । नकआउट चरणबाट ५ सामुदायिक र ५ संस्थागत विद्यालय दोस्रो चरणमा प्रवेश गर्ने छन् ।

फागुन ४ गतेदेखि दोस्रो चरण सुरु हुने छ । जसमा नकआउट पार गरेका १० टिमलाई गोलाप्रथाद्वारा दुई समूहमा विभाजन गराइने छ । ५–५ टोली रहने दुई समूहहरूलाई अन्तरसमूह राउण्ड रोबिन विधिमा लिग खेलाइने छ । समूहका उत्कृष्ट २–२ टोली सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगितामा कुल ३५ खेल खेलाइने छ ।

‘भरतपुर मेयर्स कप रनिङ ट्रफी’का साथमा मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले विजेता र उपविजेतालाई क्रमशः ६० हजार र ३० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री प्रदान गर्ने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्घाटन–शिलान्यास बन्ददेखि डिजिटल सेवासम्म : बालेन सरकारका १०० दिन, के गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...

टिकटकदेखि विवाहेत्तर सम्बन्धसम्म : नेपाली सेनाकी सुवेदार श्रीमती हत्यामा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध अभियोग

काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही, ११ जिल्लामा सात लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...

आजको तरकारी तथा फलफूलको मूल्यः गोलभेडा ५० रुपैयाँसम्म, स्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १ हजार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...

कालिमाटीमा कुन फलफूलको मूल्य कति?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...

आरके मेनपावरलाई तीन लाख जरिवाना

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...

'प्रदेशको स्वरूप फेरिनुपर्छ, संघीयता हट्दैन' : रास्वपा नेता पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...

भेनेजुएला भूकम्पको चमत्कार : ८ दिनपछि १४० टन भग्नावशेषबाट जीवितै उद्धार

काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...

बोपुङको वासिङ पहिरोले बर्सेनि उठीबास हुँदै गाउँले

खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...

इन्जुरी समयमा गोल, क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित; अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending