Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खबरडबली संवाददाता

धनकुट । धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो ।

टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सँधै सहयोग गर्ने धारणा राखे । उनले महालक्ष्मीको दमारमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिताका लागि जाने खेलाडीहरूलाई गाडीको व्यवस्था मिलाइदिने प्रतिवद्धता पनि जनाएका छन् । सो अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समिति अध्यक्ष मनोज राई, एनप्याब्सनका प्रदेश अध्यक्ष राजन पौडेल लगायतले प्रतियोगिता सफलताको शुभकामना दिए ।

प्रतियोगिता उद्घाटनका क्रममा टुँडिखेलमा विद्यार्थीहरूले मार्चपास गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटा नगर क्षेत्रका १४ विद्यालयका विद्यार्थीहरू सहभागि रहेको आयोजक गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईँले जानकारी दिए । प्रतियोगितामा दौड, मार्सलआर्ट, भलिबल लगायत १४ प्रकारका खेल हुनेछन् ।

महिला र पुरुष दुवैतर्फ हुने प्रतियोगिताका विजेताले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भाग लिन पाउनेछन् । यही माघ २६ र २७ गते महालक्ष्मी नगरपालिकाको दमारमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता प्रतियोगिता हुँदैछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना

दाङ । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको ...

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय खुलेको छ । किर्गिज सरकारले प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मालाई न...

मन्त्रिपरिषद् बैठक चलिरहँदा किन गए लोसपा नेता सिंहदरबार ?

काठमाडौं । मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहँदा लोसपाका नेताहरू सिंहदरबार पुगेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता श...

भी लेन ३९ काे “माया” सार्वजनिक

काठमाडौं । र्याप गीतबाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका  र्यापर  (भी लेन ३९ )ले  आर एन बि शैलीमा माया बोलको गीत सार्बजनिक गरेका छन् । गीतमा उनल...

विद्युत महशुल बढेपछि उपभोक्ता आन्दोलनमा

स्याङ्जा । विद्युत नियमन आयोगले बुटवल पावर कम्पनीलाई विद्युत महशुल बढाउने निर्णय गरेपछि आन्दोलन शुरु भएको छ । पश्चिम, दक्षिण स्याङ्जाका उपभोक्ताहरु आय...

गाउँपालिकाले दियो कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

झापा । जिल्लास्थित झापा गाउँपालिकाले बीचमै पढाइ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स...

८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौं ।  कोकिनसहित तीन विदेशी महिला पक्राउ परेका छन् । प्रहरीले उनीहरूकाे साथबाट ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको काेकीनसहित पक्राउ गरेकाे हाे ।...

उड्न लागेको विमानमा टिस्यु पेपरमा ‘बम’ लेखेको भेटिएपछि विमानस्थलमा आतंक

काठमाडौं । भारतको राजधानी दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा एयर इन्डियाको विमानको शौचालयमा टिस्यु पेपरमा ‘बम’ लेखिएको फेला परेपछि त्यहाँ हंगामा मच्च...

आफूहरु फुट र विभाजनको पक्षमा छैनौः माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले पनि बामपन्थी एकताको पक्षमा नै रहेको दाबी गरेका छन् ।  पार्टी केन्द्रीय कमिटीले गरेक...

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै आएकी लक्ष्मी

स्याङ्जा। स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो। आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies