काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले चौधरी समूहले बाँसबारी छाला जुत्ता कारखानाबाट गैर–कानूनी रूपमा हडपेको १० रोपनी जग्गामा संचालित सीजी चाँदबाग स्कूललाई राष्ट्रियकरण गर्न माग गरेको छ ।
बिहीवार चाँदबाग स्कूल नजिकै प्रदर्शन गर्दै उक्त स्कूल र सीजी ग्रुपलाई तत्काल राष्ट्रियकरण गर्न माग गरेको हो ।
अखिल क्राीन्कारीले ग्रुपका अध्यक्ष बिनोद चौधरीलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ । प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका बागमती प्रदेश संयोजक उषाकिरण आजादले कौडीको मूल्यमा यो जग्गा विनोद चौधरीलाई कसरी बेचियो, उनी रातारात धनी कसरी भए ? भन्दै प्रश्न गरे । उनले भने–‘एउटा प्रहरीको जवानले हाम्रो प्रदर्शनमा हस्तक्षेप गर्छ, हामीलाई भाटा हान्छ के त्यो प्रहरीको छोराछोरी चाँदबाग स्कूलमा पढ्न सक्छन् ?
उनले बिनोद चौधरीलाई सरकारले गिरफ्तार नगरे आफ्नो संगठनले गिरफ्तार गरेर कारवाही गर्ने चेतावनीसमेत दिए । विनोद चौधरीले जबर्जस्ती हडपेको जग्गा फिर्ता गर्न ‘अकुपाई चाँदबाग’को अभियान चलाइएकोसमेत उनले बताए ।
प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक बिरेन्द्र शाहले चौधरीलाई जनकारवाहीसमेत गर्न आफूहरू तयार रहेको बताए । अरुण चौधरीलाई होइन, विनोद चौधरीलाई गिरफ्तार गर्नुपर्छ भन्दै उनले उनले पहिलो चरणमा सडकमा र प्रचारात्मक कार्यक्रम गर्ने बताए । त्यसपछि पनि जग्गा फिर्ता नभएर विनोद चौधरीलाई कारवाही नगरिए दोस्रो चरणमा जनकारवाही पनि हुने उनले चेतावनी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: