Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

महिला हत्या आरोपमा एक जना पक्राउ

शव भेटिएको होटल
खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, शनिबार साँझ २८ वर्षीया प्रमिला दमाईको शव भेटिएको थियो ।

कम्तिमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर अर्को चाबीले ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा फेला परेको थियो ।

त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो । तर, बाहिरबाट ढोका बन्द गरेर भित्र शव भेटिएको अवस्थामा घटना शंकास्पद देखिएको थियो ।

शव भेटिएको सिराहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा गएको भनेका थिए । त्यही आधारमा उनीसँग होटलमा बसेका व्यक्ति नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेका हुन् ।

उनले होटलको रेकर्डमा गलत विवरण टिपाएका थिए । यी सबै विषयलाई जोडेर सोधपुछ र थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरको महालक्ष्मीमा आगलागी हुँदा एकाघरका ५ जना घाइते

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका १७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर ...

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा ...

‘जाउँ साइँली बेनी बजार’को नयाँ भर्सनमा प्रकाश सपुत र अञ्जलीको छमछमी

काठमाडौं । स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत  ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले प...

म्युजिक भिडियो निर्देशक समाजबाट लक्ष्मणलाई सहयोग

काठमाडौं ।  नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग गरेको छ । समाजका सदस्यद्धय सुरेन्द्र बसेल र देवेन्द्र कुँवर...

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि...

कञ्चनपुर । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा र...

भक्तपुरबासीको २३ वर्षदेखिको सपना पूरा हुँंदै

भक्तपुर । २०५८ सालदेखि जग्गा अधिग्रहण गरेर पनि सुरु हुन नसकेको भक्तपुरको गर्वको योजना अरनिको सभा भबन निर्माण गर्ने भक्तपुरबासीको सपना पूरा हुने भएको छ...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोज...

पाँचथरमा पानीकाे मुहान सुकेपछि खानेपानीको हाहाकार, ट्याङ्करकाे भरमा पानी वितरण गर्दै स्थानीय

पाँचथर ।  सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ । हिलिहाङ–७ का चुक...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएनः मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताएकी छन्। राष्ट्र...

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ ।  न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies