Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

छड्के अनुगमनमा जाँदा मन्त्रीलाई गरे प्रहरीले दुर्व्यवहार

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई छड्के अनुगमनमा जाँदा प्रहरीले दुर्व्यवहार गरेका छन् ।  आइतबार सेवाग्राही बनेर यातायात कार्यालय इटहरीको सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर पुग्दा उनलाई ड्युटीमा खटिएका प्रहरीले धकेलेका हुन् । 

क्याप, मास्क र कालो चश्मा लगाएर पुगेका मन्त्री राईसँग यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं पनि कड्किएका थिए । सेवाग्राही बनेर पुगेका मन्त्री राईलाई यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईंलाई ठूलो स्वरमा ‘तपाईं को हो यहाँबाट गइहाल्नुहोस्’ भन्दै कड्किएका थिए ।

कार्यालय प्रमुख कड्किएपछि मन्त्री केही पर सरेर चुप लागेर बसे । त्यसपछि मन्त्री राईलाई ट्राफिक प्रहरीले हट्न निर्देशन दिए । अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेलेर त्यहाँबाट हटाउन खोजे । प्रहरीले धकेलेपछि उनले मास्क खोले, त्यसपछि उनलाई सुरक्षाकर्मीले र कर्मचारीहरुले पनि कर्मचारीले उनलाई कुर्सी दिएर बस्न आग्रह गरे ।

सेवाग्राही बनेर गएका मन्त्री निजी गाडीमा पुगेका थिए । सचिवालयका कर्मचारी र निजी सुरक्षाकर्मी पनि सादा पोसाकमा थिए । सेवाग्राही भएर जाँदा आफुलाई प्रहरीले ठेलठाल गरे भने सोझा साझा सेवाग्राहीले सजिलै सेवा पाउन सक्ने कुरै नभएको मन्त्री राईले बताए । अनुगमनपछि अब नागरिकलाई सहज रुपमा सेवा दिने व्यवस्थापन गर्ने उनले बताए ।

ट्रायलमा फेल र पासको निर्णय तत्कालै दिनुपर्ने प्रावधान रहेपनि कर्मचारीले उति नै बेला केही नगर्ने गरेको पाइएको उनले बताए । ‘ट्राफिकले फेल पास भन्दो रहेछ, तर कर्मचारीले भर्ने फाराममा भने खाली नै राखिँदो रहेछ’, उनले भने, ‘यसले पनि आर्थिक चलखेल हुन्छ शंका देखियो ।’

यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईँले यातायात कार्यालयमा बिचौलिया प्रवेश रोक लगाइएको बताए । भीड हुने भएका कारण त्यतिबेलै फेल वा पास नलेखेको उनको भनाइ छ । इटहरीको यातायात कार्यालय महिनामा पाँच पटक सवारी साधन अनुमति प्रणालीको ट्रायल परीक्षा लिने गरिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...

सटर भाडादेखि जग्गाको आम्दानीसम्म ‘गायब’, सुर्खेत नगर विकासमा झन्डै ३ करोड हिनामिना

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...

४१ वटा झोलुङ्गे पुल निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending