विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई छड्के अनुगमनमा जाँदा प्रहरीले दुर्व्यवहार गरेका छन् । आइतबार सेवाग्राही बनेर यातायात कार्यालय इटहरीको सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर पुग्दा उनलाई ड्युटीमा खटिएका प्रहरीले धकेलेका हुन् ।
क्याप, मास्क र कालो चश्मा लगाएर पुगेका मन्त्री राईसँग यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं पनि कड्किएका थिए । सेवाग्राही बनेर पुगेका मन्त्री राईलाई यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईंलाई ठूलो स्वरमा ‘तपाईं को हो यहाँबाट गइहाल्नुहोस्’ भन्दै कड्किएका थिए ।
कार्यालय प्रमुख कड्किएपछि मन्त्री केही पर सरेर चुप लागेर बसे । त्यसपछि मन्त्री राईलाई ट्राफिक प्रहरीले हट्न निर्देशन दिए । अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेलेर त्यहाँबाट हटाउन खोजे । प्रहरीले धकेलेपछि उनले मास्क खोले, त्यसपछि उनलाई सुरक्षाकर्मीले र कर्मचारीहरुले पनि कर्मचारीले उनलाई कुर्सी दिएर बस्न आग्रह गरे ।
सेवाग्राही बनेर गएका मन्त्री निजी गाडीमा पुगेका थिए । सचिवालयका कर्मचारी र निजी सुरक्षाकर्मी पनि सादा पोसाकमा थिए । सेवाग्राही भएर जाँदा आफुलाई प्रहरीले ठेलठाल गरे भने सोझा साझा सेवाग्राहीले सजिलै सेवा पाउन सक्ने कुरै नभएको मन्त्री राईले बताए । अनुगमनपछि अब नागरिकलाई सहज रुपमा सेवा दिने व्यवस्थापन गर्ने उनले बताए ।
ट्रायलमा फेल र पासको निर्णय तत्कालै दिनुपर्ने प्रावधान रहेपनि कर्मचारीले उति नै बेला केही नगर्ने गरेको पाइएको उनले बताए । ‘ट्राफिकले फेल पास भन्दो रहेछ, तर कर्मचारीले भर्ने फाराममा भने खाली नै राखिँदो रहेछ’, उनले भने, ‘यसले पनि आर्थिक चलखेल हुन्छ शंका देखियो ।’
यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईँले यातायात कार्यालयमा बिचौलिया प्रवेश रोक लगाइएको बताए । भीड हुने भएका कारण त्यतिबेलै फेल वा पास नलेखेको उनको भनाइ छ । इटहरीको यातायात कार्यालय महिनामा पाँच पटक सवारी साधन अनुमति प्रणालीको ट्रायल परीक्षा लिने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: