Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा

खबरडबली संवाददाता

काठमाडौँ ।  मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ ।   

त्यही दाँत बाङ्गोटिङ्गो, मुख बाहिर निस्केको भयो भने मानिसको सुन्दरतामा पनि कमी आउँछ । हो, त्यही दाँत बनाउने र उपचारका लागि अहिले मानिसहरुले धेरै नै खर्च गर्ने गरेका छन् । अधिकांश व्यक्तिमा दाँतसम्बन्धी कुनै न कुनै समस्या हुने गरेको पाइएको छ । दाँतको हेरचाह राम्रोसँग नगर्दा समस्या हुने गरेको चिकित्सकले बताएका छन् । गुलियो, टाँसिने खानेकुरा जस्तै चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा धेरै जसोको दाँतमा किरा लाग्ने गरेको छ । बच्चा पनि धेरै गुलियो खानेकुरा खाँदा र दाँत नमाँझ्ने किराले खाने गरेको छ ।

वीर अस्पतालका दन्त रोग विभागका प्रमुख प्रा डा शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिसहरु दाँतको उपचारमा आउने गरेको बताउँछन् । उनका अनुसार तीमध्ये ७५ प्रतिशत दाँतका किरा लागेका बिरामी हुने गर्दछन् । “पहिले दाँतमा किरा लागेपछि फाल्ने गर्दथे भने अहिले धेरै जसो दाँत बचाउनका लागि आउने गरेका छन्” उनले भने, “दैनिक दाँतका बिरामी बढिरहेकाले थेग्न सक्ने अवस्था छैन ।” 

अस्पतामला दन्त विभागअन्तर्गत दाँत भर्ने, सफा गर्ने, गिजा रोग, दाँत फाल्ने र शल्यक्रिया गरि पाँच शाखा रहेका छन् । ती शाखामा दैनिक सय जना नयाँ दाँतका बिरामी आउने गर्दछन् । तीमध्ये दैनिक ५० जना बिरामीको दाँत भर्ने गरेको विभागका प्रमुख डा। प्रधानले बताए । उनले दाँतमा किरा लाग्नुबाहेक मानिसहरु दाँत राम्रो देखाउनका लागि पनि अस्पतालमा आउने गरेको बताए । 

उनका अनुसार बाङ्गोटिङ्गो दाँत मिलाउनका लागि मानिसहरु धेरै आउने गर्दछन । बच्चा तथा युवाको विग्रेको बाङ्गो दाँतलाई स्टिलको तारले बाँधेर दुई वर्षभित्र मिलाउन सकिने उनको भनाइ रहेको छ । दाँतको उपचार छ÷छ महिना गर्नुपर्ने सुझाव चिकित्सकले दिन्छन्। 

किराले खान थालेको कसरी थाहा पाउने ?

हाम्रो मुखमा सात सय प्रकारका सुक्ष्म जीवाणु रहेका हुन्छन् । खानेकुरा खाएर दाँत सफा गरेन, मुख स्वस्थ्य राखेन भने जीवााणुले खानासँग रियाक्सन प्रतिक्रियां गरेर एसिड निकाल्ने गर्दछ । त्यही एसिडले दाँत विस्तारै खाने गर्दछ । एसिडले विस्तारै दाँतको बाहिरको सेतो भाग (इनामेल) खाने गर्दछ । विस्तारै जीवाणुले इनामेलको भित्र रहेको डेन्टिङ (कम कडा भएको) पल्प (दाँतको नशा) सम्म पुग्यो भने दाँत दुख्ने गर्दछ । 

दाँत सुरुमा किराले खाएको थाहा पाउनका लागि गुलियो पदार्थ खादा दाँत सिरिङसरिङ गर्ने गर्दछ । अनि किराले अलि भित्र खाएको छ भने चिसो पानी खाँदा दाँत सिरिङ हुन्छ । अलि बढी नै दाँत किराले खान थाल्यो भने तातोपानी खाँदा दाँत सिरिङ हुने गर्दछ । तातो खादा दाँत सिरिङ गर्न थाल्यो भने दाँत धेरै नै दुख्न थालेको हुने विभागका प्रमुख डा। प्रधानले बताउनुहुन्छ । त्यसपछि दाँतको जरादेखि नै उपचार आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) गर्नुपर्दछ । 

मुखमा रहेका सुक्ष्म जीवाणु गिजाको वरिपरी लेउ बनाएर बस्ने गर्दछ । त्यसलाई सफा गर्न बिहान बेलुका नै राम्रोसँग दाँत माझ्ने गर्नुपर्दछ । खाना खाइसकेपछि विहान र बेलुका दुई मिनेटसम्म नरम ब्रसले कम्तिमा दुई मिनेटसम्म दाँत माझ्नुपर्दछ र हरेक पटक केही कुरा खाएपछि मुख कुल्ला गर्नुपर्ने सुझाव डा। प्रधानको रहेको छ । दाँत माझेन भने सुक्ष्म जीवाणु दाँतको वरिपरि जम्मा हुने गर्दछ । त्यही सुक्ष्म जीवाणुले गर्दा पछि दाँतमा किरा लाग्ने गर्दछ ।

वरिष्ठ दन्त चिकित्सक प्रा डा प्रधानले मानिसलाई पटक–पटक खानेकुरा नखाने पनि सुझाव दिन्छन् । “पटकपटक खायो भने खाना मुखमा रहिरहन्छ । यसले गर्दा मुखमा अम्लीय भइरहन्छ र दाँत किराले खाने गर्दछ,” उनले भने, “छिनछिनमा खानेकुरा खाने मानिसमा दाँतको समस्या बढी हुने गर्दछ ।” उहाँका अनुसार चाउचाउ, चकलेट, चिजबलजस्ता गुलियो खानेकुरा दाँतको वरिपरी टाँसिएर बस्ने र तत्काल मुख सफा नगर्ने भएपछि जीब्रोमा सुक्ष्म जीवाणु हुने र त्यही जीवाणु दाँतमा बस्ने भएपछि दाँत किराले खाने गर्दछ । 

दाँत बचाउने उपाय के हुन सक्छ ? 

उनले दाँतको उपचार अन्यभन्दा खर्चिलो र समय धेरै लाग्ने समेत बताउँछन्। नेपाल र भारतमा दाँतको सामान बाहिरबाट आउने भएकोले महङ्गो पर्ने भएकाले सर्वसाधारणले दाँतको उपचार गर्नका लागि समस्या हुने उहाँको भनाइ रहेको छ ।   

उनले एक जना विरामीको सामान्य उपचार गर्दा कम्तिमा चार पाँच दिन लाग्ने र आरसिटी, दाँत बाध्नुपर्ने र नयाँ दाँत हाल्नुपर्ने भएपनि महिनौं बिरामी अस्पतालमा आउनुपर्ने बाध्यता रहेको छ । “दाँत उपचारको स्वास्थ्य बीमा पनि नगरेकाले अझै सर्वसाधारण दाँतको उपचारबाट बञ्चित रहेका छन”, उनले भने, “सर्वसाधारणलाई दाँतको उपचारमा सेवा पु¥याउनका लागि स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्दछ ।”     

पहिलेपहिले मानिसले दाँत किराले लागे भने फाल्ने गर्दथ्ये । तर अहिले मानिसहरुमा चेतना आएपछि दाँतको उपचार गरेर सकभर बचाउने गर्दछन् । अस्पतालका गिजा रोग विशेषज्ञ डा रञ्जिता श्रेष्ठ गोर्खालीले सकभर दाँत बचाउनुपर्ने सुझाव दिनुहुन्छ । उहाँले दाँत फाल्दा खानपिनमा फरक पर्ने भएकाले दाँत बचाउन सुझाव दिन्छन् । “दाँतले राम्रोसँग खानेकुरा चपाएर खाएनौँ भने हाम्रो स्वास्थ्यमा नै असर पर्ने गर्दछ”, उनले भने, “त्यही भएर हामीले सकभर दाँत फाल्न हुँदैन ।”     

अस्पतालमा आउने दाँतका बिरामीमा दाँतसँगै गिजाबाट रगत आउने पनि समस्या देखिएको छ । सुरुसुरुमा ब्रस गर्दा गिँजाबाट रगत आउने गर्दछ । त्यसको उपचार नगरेपछि पछि स्याउ, गाजर, टोक्दा रगत आउने गर्दछ । त्यसलाई पनि उपचार नगर्दा गिँजामा छोयो कि रगत आउनेजस्ता समस्या देखिने गर्दछ । गिजाको रोग २५ वर्षपछि मानिसमा देखिने गरेको छ । दाँतका बिरामीलाई मधुमेह, मुटुको रोग, बिर्सने रोग ९अल्जाइमर० रोग जस्ता थप रोग लाग्ने गर्दछन् । 

दाँत किराबाट बचाउने के गर्ने ?     

दाँत रोग गुलियो खानेकुरा, दाँतमा टाँसिने खालका खानेकुरा चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा लाग्ने गर्दछ । यस्तै चुरोट खाने मानिसलाई दाँत किराले धेरै खाने गरेको छ । चुरोट सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई रोगसँग लड्ने क्षमता कम हुने गर्दछ र त्यस्ता मानिसको गिँजा दुख्ने तथा दाँत झर्ने समस्या हुने गरेको छ । बच्चाले दाँत नमाझ्ने धेरै किराले खाने गर्दछ ।

दाँत बचाउनका लागि खानेकुरा खाएपछि कुल्ला गर्ने, बिहान उठनासाथ दाँत माझ्ने गर्नुपर्दछ । खाना खाइसकेपछि दाँत माझ्दा किराले खाँदैन । बिहान खाना खाएपछि दुई तीन घण्टा केही खानु हुँदैन । राति सुत्दा अनिवार्य रुपमा दाँत माझ्नु पर्दछ । दिउँसो थुक धेरै आउने भएकाले थुकले सुक्ष्म जीवाणुलाई भित्र लैजान्छ । राति मुखबाट थुक कम आउने र त्यही थुक मुखमा रहिरहने भएकाले दाँतको वरिपरि सुक्ष्म जीवाणु फैलिने हुँदा सुत्नुअघि पनि दाँत माझ्नु आवश्यक रहेको उनको भनाइ छ । 

हरेक तीन÷तीन महिना बु्रस फेर्नुपर्दछ । कडा नभई नरम ब्रसले दाँत माझ्नु पर्दछ । कडा ब्रसले दाँत माझ्दा दाँतको इनामेललाई असर पु¥याउने गर्दछ । एकपटकमा ठूलो केराउको दाना जति पेस्ट राखेर माझ्न सकिन्छ । दाँत माझेपछि त्यही ब्रसले जिब्रो पनि सफा गर्नुपर्छ ।   

अस्पतालमा ठाउँको अभाव   

वीर अस्पतालमा दाँतको उपचार गुणस्तरीय र राम्रो भएकाले उपचारका लागि बिरामीलाई पालो पाउन नै समस्या हुने गरेको छ । थोरै जनशक्ति र बिरामीको चापले गर्दा दाँतको उपचारका लागि पालो पाउन समस्या हुने गरेको विभागका प्रमुख डा। प्रधानले बताए । अन्य भन्दा वीर अस्पतालमा दाँतको उपचार ५० प्रतिशत सस्तो रहेको छ । “हाम्रोमा अन्य भन्दा गुणस्तरीय र सस्तो सेवा रहेको,” उनले भने, “त्यही भएर बिरामीको भीड हुने गर्दछ र पालो पाउन समस्या हुने गरेको छ ।”   

अहिले दन्त विभागमा चिकित्सकलाई पनि उपचार गर्नका लागि पर्याप्त मात्रामा बस्ने ठाउँको अभाव रहेको छ । दन्त अस्पताल बनाउने पर्दछ भनेर सम्भाव्यता अध्ययन भएको तर त्यो त्यतिकै भएको अस्पतालका दन्त विभागका प्रमुख प्राडा। प्रधान बताउनुहुन्छ । अस्पतालमा अहिले सात जनाले मास्टर एण्ड डेन्टल सर्जरीस्नातकोत्तर अध्ययन गरिरहेका छन् ।

अन्तर्राष्ट्रियस्तर उपचार सेवा नेपालमै     

नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ । अस्पतालका गिजा रोग विशेषज्ञ डा रन्जिता श्रेष्ठ गोर्खालीले विश्वमा नै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताउनुभयो । उहाँका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ ।

उनले डिजिटल स्क्यान गरेर कुन आकारको दाँत बनाउने भन्ने प्रविधि पनि अस्पतालमा रहेको बताए । “विदेशमा गरिने सवै विशेषज्ञ सेवा हामीले यही नेपालमा नै दिने गरेका छौ,” उनले भने, “दाँत उपचारका लागि कोही पनि विदेश जानु पदैन ।”   

उनका अनुसार बाङ्गोटिगो दाँत मिलाउने, मुख खोल्न नसक्नेको उपचार, ढाड नभएको ठाउँमा ढाड राखेर दाँत राख्ने, चिउडो बाहिर आउनेको मुखको आकृति मिलाउने, दाँतको टोकाई नमिलेकोलाई मिलाउने, कस्टमेटिक सर्जरी जस्ता उपचार नेपालमा नै हुने गर्दछन् ।

नेपालमा दैनिक रुपमा दाँतका बिरामी बढे पनि गुणस्तरिय उपचार अस्पतालले दिन नसकेको छैन । “नेपालमा दन्त चिकित्सकका प्रसस्त जनशक्ति रहेका छन् । तर राज्यले सर्वसाधारणलाई उपचार दिन छैन,” प्रमुख प्राडा। प्रधानले भने, “राज्यले सरकारी अस्पतालमा दरबन्दी बढाउनु पर्दछ । दाँतको छुट्टै अस्पताल खोलेर सर्वसाधारणलाई उपचारको पहुँच पु¥याउन आवश्यक रहेको छ ।”   

नहाँका अनुसार अहिले १२ वटा शिक्षण संस्थामा वार्षिक ५०० भन्दा बढी दन्त चिकित्सक र सात वटा शिक्षण सस्थाबाट स्नातकोत्तर तहबाट सयभन्दा दन्त रोग विशेषज्ञ उत्पादन भइरहेका छन् । तर सरकारले ५० भन्दा बढी मात्र दन्त चिकित्सकको दरबन्दीमा राखेको छ ।

सरकारी सेवामा पर्याप्तमात्रामा दरबन्दी नहुँदा दन्त चिकित्सक क्लिनिक सञ्चालन गरेर बसेका छन् । नेपालमा पर्याप्त जनशक्ति खपत नभएपछि ५० प्रतिशत दन्त चिकित्सक राम्रो सेवा सुविधाका लागि अमेरिका र अष्ट्रेलियामा समेत जाने गरेको उनको भनाइ छ । उत्पादन भए पनि दरबन्दी नभएर सरकारी अस्पतालमा दन्त चिकित्सकको अभाव रहेको प्रा डा प्रधान बताउँछन । अस्पतालमा अहिले स्थायी र करारमा ४० जना दन्त चिकित्सकले सेवा दिइरहेका छन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending