Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

रौतहटमा एमाले परित्याग गरी दर्जन बढी कांग्रेसमा प्रवेश, आलमले गरे स्वागत

खबरडबली संवाददाता

रौतहट । रौतहटमा एकदर्जन भन्दा बढी मानिस नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । स्थानीय राजापुर नगरपालिकास्थित बुधबार एक कार्यक्रमका बीच एमालेका क्रियाशील सदस्यहरू रवीन्द्र पासवान, प्रभु महतो, उपेन्द्र महतो, लगायत महिला पुरुष गरी एक दर्जनभन्दा बढी मानिसहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन्।

रौतहट संसदीय निर्वाचन क्षेत्र नं २ का कांग्रेसका संघीय सांसद प्रत्यासी  डाक्टर फिर्दौश आलमले नवप्रवेशीलाई टिका र माला लगाएर स्वागत गरेका थिए।

राजपुर नगरपालिकाका मेयर राजीक आलमको सक्रियता तथा विकास प्रतिको लगाव देखेर राजपुर ५ का बासिन्दाहरू नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको स्थानीय राजन साहले बताए । उक्त अवसरमा सांसद प्रत्याशी डाक्टर फिर्दौश आलम , मेयर राजिक आलम लगायतको उपस्थिति रहेको थियो । डाक्टर फर्दौश, मेयर राजिक दाजुभाइ पूर्व मन्त्री मोहम्मद अफताव आलमका छोरा हुन्।

हत्या अभियोगमा अफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि उनको स्थानमा उनको छोरा डाक्टर आलम नेपाली कांग्रेसको टिकटबाट क्षेत्र २ मा गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागी चुनाव लडेका थिए। उक्त क्षेत्रमा तत्काल पूर्व मन्त्री प्रभु साहको साथ रहेका किरण साह स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसैगरी आलमको कान्छो छोरा राजिक आलम नेपाली कांग्रेस पार्टीकै टिकटबाट गत स्थानिय निर्वाचनमा मेयर पदमा विजयी भएका थिए। उनी मेयर भएदेखि नै शिक्षा, स्वास्थ र भौतिक पूर्वाधार निर्माणको काममा विशेष चासो देखाएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले सचिवालय बैठक बस्दै, सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गर्ने

काठमाडौँ। हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन शनिबार नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ ...

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: