Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

खारेजीको प्रक्रियामा ४१ दल, १९ दललाई नाम परिवर्तन गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो । 

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको फागुन ३ गतेको बैठकले आयोगमा दर्ता कायम रहेका १९ दलको नाम परिवर्तन गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए । संविधान तथा ऐनमा दलको नाम सार्वजनिक नैतिकता प्रतिकूल हुन नहुने व्यवस्था गरेको छ । 

महाशाखा प्रमुख भट्टराईले भने, “संविधान र ऐनको भावनाविपरीत दर्ता भएका दलहरूलाई नाम परिवर्तन गर्न जानकारी गराउने निर्णय भएको हो ।” उनले आयोगले ऐनविपरीत नाम हुने दललाई छुट्टाछुट्टै पत्राचार गरी निश्चित समय दिएर नाम परिवर्तन गर्न जानकारी गराउने बताए । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दलको नाम, उद्देश्य, चिह्न वा झन्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा दल दर्ता नहुने उल्लेख छ । दर्ता भएको समयमा किन रोकिएन प्रश्नमा सहसचिव भट्टराईले भने, “२०७२ सालअघि नै दर्ता भएका राजनीतिक दलमा यस प्रकारको समस्या देखियो ।”

संविधान जारी भएपछि पनि आयोगले दल दर्ताका लागि आह्वान गर्दा आयोगमा दर्ता कायम दलले पुनः दर्ता गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐन भने २०७३ मा मात्रै यो व्यवस्था आएको हो । आयोगले ४१ राजनीतिक दललाई खारेजको प्रक्रियामा लाने भएको छ । दलले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेको तथा लेखा परीक्षण प्रतिवेदन नबुझाएको र बुझाए पनि सार्वजनिक गरेनन् । 

आयोगले ती दललाई जरिवाना तोकेकोमा जरिवानासमेत नबुझाएपछि खारेजी प्रक्रियामा लाने भएको छ । कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख भट्टराईले भने, “त्यस्ता ४१ दललाई अन्तिम पटकलाई भनेर एक पटक जरिवाना बुझाउन निर्देशन दिने र जरिवाना नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।” 

आर्थिक वर्ष २०७८–७९ को आयव्ययको विवरण नबुझाउने र बुझाए पनि सार्वजनिक नगरेका दलको सङ्ख्या ४० छ । आधुनिक नेपाल समाजवादी पार्टीले भने केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेकाले अझै एक पटक जरिवाना बुझाउन म्याद दिने निर्णय भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending