Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कालिका मन्दिरमा तीन सय तीन तोलाका गरगहना चढाइयो

खबरडबली संवाददाता
गलकोट । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा चढाइएको सुन तथा चाँदीका गरगहना सार्वजनिक गरिएको छ । 
 
बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गर्दै २०७८ असोज १२ देखि हालसम्म ३० प्रकारका तीन सय तीन तोलाका विभिन्न गरगहना सङ्कलन भएकोे जनाएको हो । उक्त मन्दिरले मासिकरुपमा आयव्यय विवरणसमेत सार्वजनिक गर्दै आएको छ । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी हुने लक्ष्यले उक्त जिन्सी सार्वजनिक गरिएको बताए।
 
सार्वजनिक विवरणअनुसार गुठीले  ३० भन्दा बढी प्रकारका गरगहना सार्वजनिक गरेकामा १७ थान सुनको तिलहरी, एक थान सुनको सिक्री, सात थान सुनको टीका, तीन थान मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, जन्तर, नाग र तारलगायत छन् ।
 
त्यस्तै चाँदीमा तिलहरी, घोडा, औँठी, पाउजुजस्ता धेरै गहना मन्दिरमा चढाइएको थियोे । विसं २०७७ अघि मन्दिरमा चढाइएका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउनु पथ्र्योे । त्यसयता दुई पटकसम्म गरगहना सार्वजनिक भइसकेको उहाँको भनाइ थियो । विसं २०७७ यताका गरगहना बैंकको लकरमा राख्दै आइएकामा सुन र चाँदीका गरगहना सार्वजनिक कार्यक्रमै  एकीकृत गर्न गालिएको थियो । 
 
विसं २०७८ असोजयता सङ्कलन भएका सुन र चाँदीका गरगहनालाई गालेर तीन तोला ४५ लाल सुन र ३०० तोला ११ लाल चाँदी कायम गरेर बैंकमा दाखिला गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
 
“गुठी संस्थाने सङ्कलन भएका गरगहना एकीकृत गरेर राख्नु भनेपछि गालेर बैंकमा राख्न थालिएको छ, साना टुक्रा र टीकाजस्ता सुनका गरगहना राख्न असहज हुनेभएकाले गालेर एकमुष्ट राख्न थालिएको छ”, उनले भने, “बैंकको लकरमा सुरक्षिता राखिँदै आइएको छ, गुठी संस्थाले उक्त सुन र चाँदीलाई के गर्ने भनेर निर्णय गर्ला तर मन्दिरको पारदर्शिताका लागि गरगहना सरोकारवाला निकायको रोहवरमा पत्रकार सम्मेलनमार्फत सर्वाजनिक गर्र्दै आइएको छ ।” कालिकाको पूजा गर्न आउने भक्तजनले फूलप्रसादबाहेक सुन र चाँदीसहित अन्य धातुका गरगहना पनि चढाउने गर्छन् ।
 
मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिन भेटी बेलुकी सार्वजनिक बोर्डमा लेख्ने र मासिकरुपमा पत्रकार सम्मेलन गर्ने चलन रहेको छ । 
 
माघमा १९ लाख भेटी सङ्कलन
 
माघ महिनामा उक्त गुठी व्यवस्थापन समितिले कूल रु १९ लाख ७२ हजार ८० आम्दानी गरेकामा रु २० लाख ३४ हजार आठ सय ६० रुपैयाँ खर्च भएको आम्दानी–खर्च विवरणमा उल्लेख छ ।
 
माघ महिनामा आम्दानीतर्फ भेटीबाट रु १० लाख ८९ हजार तीन सय ६५, चामलबाट रु १६ हजार पाँच सय, बोकाबाट दुई हजार, कुखुराबाट रु दुई सय, सटर भाडाबाट  रु तीन लाख १४ हजार चार सय आम्दानी भएको उल्लेख गरिएको छ । यसैगरी विवाहबाट रु ११ हजार पाँच सय, आर्थिक सहयोगबाट रु  ८३ हजार आठ सय ६५, परेवाबाट रु चार लाख ४५ हजार दुई सय ५० रुपैयाँ, व्रतबन्धबाट रु नौ सय, पण्डितबाट रु आठ हजार एक सय आम्दानी भएको उल्लेख छ ।
 
खर्चतर्फ तलबभत्तामा रु तीन लाख ५७ हजार नौ सय, अतिथि सत्कारमा रु नौ हजार नौ सय ६०, पूर्वाधार विकास तथा निर्माणमा रु  १४ लाख १५ हजार, पूजामा रु ६२ हजार, पोसाक छपाइ तथा वितरणमा रु  ३० हजार, मेसिनरी तथा उपकरण खरिदमा रु  ३१ हजार, खाद्यान्न तथा आवासमा रु  ४१ हजार चार सय, मर्मतसम्भारमा रु  २५ हजार, विज्ञापनमा रु  दुई हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा रु  ६१ हजार छ सय खर्च भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: