काठमाडौं । नेकपा माओवादी केन्द्रको हालै काठमाडौंमा भएको विधान अधिवेशनलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले सत्तादेखि सत्तासम्मको राजनीतिको निरन्तरता भएको टिप्पणी गरेका छन् ।
शनिबार फेसबुकमार्फत उनले माओवादी विधान अधिवेशनका बारेमा ४ बुँदे धारणा सार्वजनिक गरेका छन् ।
१.निरन्तरतामा क्रमभंगताको अभाव
नेपालमा माओवादी आन्दोलनको चमत्कारिक उदय,विकास र शान्तिपूर्ण रूपान्तरणको मूल कारण वा रहस्य भनेकै वस्तुगत र आत्मगत परिस्थितिको ठोस मूल्यांकनको आधारमा विचार, नीति, कार्यक्रम र व्यवहारमा निरन्तरतामा क्रमभंग गर्ने र नयाॅ पहल गर्ने सोंच,साहस र शैली हो!
तर वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाॅ संविधान जारी भए यता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन र अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो।
२. विचारको बन्ध्याकरण र सारसंग्रहवाद
राज्यको संविधान र दलको विधानको प्रस्तावनाले राज्य र दलको वैचारिक-राजनीतिक दिशा प्रष्ट्याउॅछ। माकेको नयाॅ विधानको प्रस्तावनामा कुनै सिर्जनशीलता,नयाॅपन,प्रष्टता छैन, बरू पुरानै विचार र केही नयाॅ शब्दावलीहरूको सारसंग्रहवादी ककटेल मात्र छ।उदाहरणकोनिम्ति “मार्क्सवाद-लेनिनवाद-माओवाद”(मा-ले-मा)लाई पार्टीको निर्देशक सिद्धान्त मान्ने जनयुद्धकालीन सोंच र बहुदलीय प्रतिस्पर्धी राजनीतिाटै ‘समाजवाद’को यात्रा गर्ने पछिल्लो कार्यदिशालाई घालमेल गरिएको छ! मा-ले-मा को शास्त्रीय वा प्रचलित अर्थ ‘सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति’ हो! यसरी एकै साथ दुइ वैचारिक डुंगामा चढेर पुग्ने कता हो? ‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ?
३.संगठनात्मक डेन्टिंग पेन्टिंग
विधानले पार्टीको विचार र राजनीतिलाई संगठन,नेतृत्व,शैलीमा ढाल्दछ र जनतासंग जोडेर कार्यदिशा कार्यान्वयन गर्न सहयोग गर्दछ! परन्तु मा-केको संगठनात्मक सिद्धान्त,ढाॅचा र शैलीमा कुनै नयां क्रमभंगता छैन! बरू स्टालिनको पालादेखि भ्रष्टीकृत भैसकेको “ जनवादी केन्द्रीयता” लाई अलिकति डेन्टिंग पेन्टिंग गरेर निरन्तरता दिएको छ! अहिलेको बहुवर्गीय अर्थ-राजनीतिक परिवेश र डिजिटल प्रविधिको युगमा त्यस्तो ब्यूरोक्रेटिक संगठनात्मक ढाॅचा र अतिकेन्द्रीकृत नेतृत्व प्रणालीले मा-केलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ!
४.भावनात्मक दोहन मात्र नहोस्
अतः मा-के नेतृत्वले यस्तो दोधारे,अस्पष्ट सोंच,नीति र शैली अवलम्वन गरेर ऐतिहासिक जनयुद्ध र त्यसका महत्वपूर्ण राजनीतिक उपलब्धीहरूहरूको भावनात्मक दोहन गर्दै संसदीय राजनीतिक खेलमा टिकिरहने निरर्थक प्रयास गर्नुसट्टा युगानुकूल विचार,राजनीति,संगठन,नेतृत्व,शैलीको छलाङमय विकास गर्दै एक्काइसौं शताब्दीमा समाजवादको नयाॅ मोडेल र बाटो निर्माण गर्नेतर्फ ध्यान दिने हो कि?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - ०९:०१
मन्त्रीमा विज्ञ कि सांसद?
फाल्गुन २९ गते, २०८२ - ०८:५४
काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । ...
फाल्गुन २९ गते, २०८२ - ०७:३७
काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...
फाल्गुन २९ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...
फाल्गुन २९ गते, २०८२ - ०७:२२
काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...
फाल्गुन २९ गते, २०८२ - ०७:२१
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...
फाल्गुन २९ गते, २०८२ - ०७:१९
मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...
फाल्गुन २९ गते, २०८२ - ०७:१५
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...
फाल्गुन २९ गते, २०८२ - ०७:१४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्। नि...


प्रतिकृया लेख्नुहोस्: