काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वेबसाइटमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुासर आयोगको निर्णय बमोजिम महिला मतदाता ८९,१०,८९६, पुरुष मतदाता ९२,३७,५७२, अन्य मतदाता १८६ गरी तत्काल जम्मा १,८१,४८,६५४ को अन्तिम मतदाता नामावली कायम भएको छ ।
यसअघि, मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि अनलाइन तथा निर्वाचन कार्यालय मार्फत नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने गरी सूचना प्रकाशित गरिएको थियो ।
सो बमोजिमको सम्पूर्ण प्रक्रिया पूरा भएकोले आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गर्ने गरी आज निर्णय भएको प्रवक्ता पन्थीको भनाई छ ।
यसअघि २०८१ साल कात्तिक २६ मा प्रकाशित मतदाता नामावली अनुसार महिला मतदाता ८९,०३,१९७, पुरुष मतदाता ९२,२५,४४८, अन्य मतदाता १८७ गरी जम्मा १,८१,२८,८३२ मतदाताको अन्तिम मतदाता नामावली कायम भएको थियो ।
विगतमा प्रकाशित मतदाता नामावलीभन्दा हाल प्रकाशित मतदाता नामावलीमा अन्य मतदाता एक जना घटी १८६ कायम भएतापनि महिला मतदाता ७,६९९ र पुरुष मतदाता १२,१२४ थप भई जम्मा १९,८२२ जना मतदाता थप भएका छन् ।
सम्बन्धित व्यक्तिले आफ्नो मतदाता नामावली हेर्न सकिने गरी मतदाता नामावली आयोगको वेवसाइट www.election.gov.np मा प्रकाशन गरिएको छ ।
साथै मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निरन्तर रूपमा गर्न सकिने आयोगको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - २०:२९
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौताम...
आषाढ़ ८ गते, २०८२ - २०:२१
आछाम । अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन् । २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन् । अस्पताल स्र...
आषाढ़ ८ गते, २०८२ - २०:०९
झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको ...
आषाढ़ ८ गते, २०८२ - २०:०६
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाब...
आषाढ़ ८ गते, २०८२ - २०:०२
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ ...
आषाढ़ ८ गते, २०८२ - १९:०२
काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।...
आषाढ़ ८ गते, २०८२ - १८:५७
काठमाडौं । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ । अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलम...
आषाढ़ ८ गते, २०८२ - १८:५३
बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल वडा नम्बर३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्र...
आषाढ़ ८ गते, २०८२ - १८:२३
काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प...
आषाढ़ ८ गते, २०८२ - १८:१९
बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग...
प्रतिकृया लेख्नुहोस्: