नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् ।
नेपाली कांग्रेस ककनी गाउँपालिका–४ र ६ नं वडा कार्यसमितिले बुधबार ओख्लेमा आयोजना गरेको ‘प्रत्यक्ष संवाद तथा भेटघाट’ लाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले कृषि उत्पादन वृद्धि गर्दै पर्यटन भित्र्याउनसके त्यसबाट आउने आर्थिकोपार्जनबाट देशलाई समृद्धितर्फ लैजान सकिने बताए ।
“परम्परागत कृषि प्रणालीलाई अहिलेका युवामार्फत सुदृढीकरण गर्दै आधुनिकीकरण र व्यावसायीकरणतर्फ लम्काउन जोड दिनुपर्छ”, पूर्वअर्थमन्त्री महतले भने, “स्थानीयस्तरमा उत्पादित कृषिउपज सामग्रीको उपभोगका लागि आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने कार्यक्रम ल्याउनुपर्छ । हामीले निःशुल्क पाएका प्रकृतिक सौन्दर्यता र हाम्रा पुर्खाका पौरखले बनेका धार्मिक एवं सांस्कृतिक सम्पदा देखाइ आम्दानी गर्नुपर्छ । मुलुकलाई समृद्धि बनाउन सकिन्छ ।”
आगामी आर्थिक वर्षको बजेट तयारीमा रहेको सरकारलाई उनले युवावर्गलाई स्वदेशमै बस्ने वातावरण बनाउन उनीहरुलाई सीप विकास, क्षमता वृद्धि, अनुदान तथा सहायतासहित उद्यमी बनाउने कार्यक्रम समावेश गर्न सुझाव दिए ।
प्रि–बजेटको तयारीका क्रममा पूर्वअर्थमन्त्रीहरुसँग हुने छलफलमा उच्च शिक्षा अध्ययनका नाममा धेरै रकम खर्चिएर विदेश जाने युवालाई स्वदेशमै अध्ययनको प्रबन्ध मिलाइ उद्यमी बन्ने कार्यक्रम समावेश गराउन जोड दिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १७:५७
काभ्रेपलाञ्चोक । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाक...
मंसिर २२ गते, २०८२ - १७:५५
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमल...
मंसिर २२ गते, २०८२ - १७:५२
बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुङ्गा–बलेवा खण्डमा कालोपत्र सुरु भएको छ । कालीगण्डकी करिडोरको ...
मंसिर २२ गते, २०८२ - १७:५०
झापा । जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजा...
मंसिर २२ गते, २०८२ - १७:४७
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माट...
मंसिर २२ गते, २०८२ - १७:४६
महोत्तरी । महोत्तरीको पूर्वपश्चिम लम्बाइमा फैलिएको चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ।...
मंसिर २२ गते, २०८२ - १७:४३
ग्रीस । ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् । ग्रीसको सार्वजनिक प्रसारक ई...
मंसिर २२ गते, २०८२ - १७:४०
गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् ।...
मंसिर २२ गते, २०८२ - १७:३८
काठमाडौं । अलैँचीको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ चार महिनामा (साउन–कात्तिक) तीन अर्ब ९७ करोड ४३ ...
मंसिर २२ गते, २०८२ - १७:३६
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । शनिबारको कार्यपालिका बैठकले नगर क्षेत्...




प्रतिकृया लेख्नुहोस्: