Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

गण्डकी प्रदेशमा 'राइड सेयरिङ'लाई कानुनी मान्यता

खबरडबली संवाददाता

कास्की। गण्डकी प्रदेशमा राइड सेयरिङले मान्यता पाएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषदको बैठकले नियमावली पास गरेको छ । 

अब निश्चित मापदण्ड पूरा गरी यस क्षेत्रका राइड सेयरिङ एप्स सञ्चालनको अनुमति पाउने भएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा।टकराज गुरुङले जानकारी दिए। 

राइड सेयरिङलाई वैधानिकता दिन नहुने माग सहित यसअघि गण्डकीका यातायात व्यवसायीहरूले आन्दोलन नै गरेका थिए । तत्कालीन समयमा रोकिएको काम अहिले पूरा भएको हो । चालू आर्थिक वर्षको आर्थिक ऐन अनुसार नियमावली बनाइएको उनले बताए। 

उक्त राइड शेयरिङ एप्स सञ्चालन गर्दा कम्पनी मार्फत मात्र दर्ता प्रक्रिया र अनुमति दिने भएको छ । उक्त कम्पनी मार्फत सञ्चालन हुने सवारी साधनहरूको यातायात व्यवस्था कार्यालयबाट समेत एप्सको मार्फत निमयन र अनुगमन हुने छ ।

राइड सेयरिङ, सेल्फ ड्राइभ सेवा प्रदायक कम्पनीले सवारीसाधन दर्ता गरेवापत प्रति सवारी साधन यातायात व्यवस्था कार्यालयमा छुट्टै सेवा शुल्क समेत तिर्नुपर्छ । यसमा दुई पाङ्ग्रेका लागि ५ हजार र चार पाङ्ग्रेका लागि २० हजार शुल्क तोकिएको छ । तर सार्वजनिक सवारीको रूपमा दर्ता भएका साधनको हकमा तोकिएको शुल्कमा २५ प्रतिशत शुल्क छुट दिने व्यवस्था गरिएको छ । 

नियमावलीमा राइड सेयरिङ, सेल्फ ड्राइभ सेवा दिने संस्थाले अनुमति र नवीकरणको व्यवस्था छ । अनुमति लिँदा दुई पाङ्ग्रे सवारीले २५ हजार तिर्नुपर्छ भने चारपाङ्ग्रेले ५० हजार तिर्नुपर्छ । दुई वटै सेवा दिन चाहने कम्पनीले ७० हजार रुपियाँ तिरेर अनुमति लिनुपर्छ । नवीकरणका लागि भने अनुमतिको ५० प्रतिशत शुल्क वार्षिक लाग्छ । दुई पाङ्ग्रेलाई १२ हजार ५ सय, चार पाङ्ग्रेलाई मात्रै २५ हजार र दुई वटै सवारी चलाउन चाहनेले ३५ हजार तिरेर नवीकरण गर्न मिल्छ ।

उक्त नियमावली राजपत्रमा प्रकासित भएसँगै कार्यान्वयनमा जाने जनाइएको छ । उक्त एप्सलाई मान्यता दिएसँगै यात्रुबाट लिएको भाडा शुल्क वापत ३ ठाँउमा बाँडफाड हुने भएको छ । जस्तै यात्रुबाट एक सय रुपियाँ लिएको अवस्थामा राइडर (चालक)ले ८७ रुपियाँ, १२ रुपियाँ आबद्ध कम्पनी र १ रुपियाँ भने प्रदेश सरकारलाई दिनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अ...

ढोरपाटन जिप दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

बागलुङ। बागलुङको ढोरपाटनमा गत शुक्रवार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका...

दुई अर्ब ७४ करोडको बजेटमा दाङमा चार सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त...

तामाकोशी नदीको निर्माणाधीन पुल भाँचियो

मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ ।  मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा ...

ओरालो लाग्यो नेप्से, सवा ९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब...

नेपालमा चौथो पटक मङ्की पक्स पुष्टि

काठमाडौँ । नेपालमा चौथो पटक एमपक्स (मङ्की पक्स) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपाला चौथोपटक एमपक...

संसद् भवनको छतबाट खसे कामदार

काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार मर्मतको काम गर्दागर्दै खसेका छन् । उनलाई अहिले सिभिल अस्पतालम...

उपप्रधानमन्त्री सिंहलाई सुर्य थापाको प्रश्न : पिताजीको नामका योजनाबाट देश अगाडि बढ्छ ?

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिं...

इरानद्वारा सुरक्षा परिषदको आपतकालीन बैठकको माग

अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग

मुग्लिन-मलेखु सडकखण्ड आजबाट रातिमा बन्द नहुने

चितवन। मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending