बागलुङ । बागलुङका ३ सय कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक कुकुर बढ्दै गएको र पैदल यात्री तथा स्थानीयलाई जोखिम समेत बढेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द बागलुङले बन्ध्याकरण शिविर गराएको हो ।
केन्द्रले केन्द्रीय रिफरल पशु चिकित्सालयको प्राविधिक सहयोग र बागलुङ नगरपालिकाको समन्वयमा तीन दिने शिविर सञ्चालन गरेको हो । कुकुर छोपेर ल्याउने तथा आफ्ना कर्मचारी र प्राविधिकसमेत नगरपालिकाले शिविरमा पठाएको थियो ।
बिहीबार, शुक्रबार र शनिबार भएको शिविरमा बागलुङ बजारका मात्रै झन्डै २ सय कुकुरको बन्ध्याकरण गरिएको हो । केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक ऋषिराम सापकोटाका अनुसार बजार क्षेत्रका ८३ सामुदायिक र ९३ घरपालुवा कुकुरको बन्ध्याकरण भएको हो ।
त्यसबाहेक बडिगाडका ५९ र बरेङका ७५ कुकुरको बन्ध्याकरण गएिको थियो । उक्त अवसरमा २५ कुकुरलाई रेबिजविरुद्ध खोप दिइएको छ । ४ वटा कुकुरको ट्युमर र ११ वटाको हर्नियाको अपरेशनसमेत गरिएको थियो ।
रेबिज रोग लागेका कुकुरसमेत भेटिन थालेपछि उनीहरुको व्यवस्थापन गर्ने अभियानमा पनि बागलुङ नगरपालिकाले काम थालेको छ । नगरपालिकाले कुकुर होस्टेलका लागि मुख्यमन्त्री कार्यालयसँग साझेदारी काम गर्ने सम्झौता गरेको छ ।
पछिल्लो समय सामुदायिक कुकुर बढ्दा पैदल यात्री र स्थानीयलाइ टोक्ने क्रम पनि बढेको छ । अस्पतालमा उपचार गर्ने बिरामीसमेत बढी देखिएको हो । कुकुरले लखेट्दा मोटरसाइकल सवार केही व्यक्तिको दुर्घटनामा मृत्युसमेत भएको थियो ।
बन्ध्याकरणपछि संख्या नबढ्ने र त्यसले रेबिजको पनि जोखिम कम हुने पशु प्राविधिक केशव पौडेलले बताए । बन्ध्याकरणका लागि वरिष्ठ पशु चिकित्सक डा। अर्जुन अर्याल नेतृत्वमा ९ सदस्यीय टोली बागलुङ आएको थियो । टोलीले पशु एम्बुलेन्ससमेत ल्याएको थियो । सामुदायिक कुकुरलाई बन्ध्याकरणपछि पोसिलो खाना खुवाएर मात्रै छाडिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: