Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

शान्ति सेनामा थप १० हजार सेना लैजाने प्रतिबद्दता छ: प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन्  ।

‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने बताएका हुन ।

शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै उहाँले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए ।

“संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतिहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुन: मूल्याङ्कन गर्नुपर्ने भएको छ,” प्रधानमन्त्रीले भने ।

शान्ति स्थापनाको महत्त्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उहाँले त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउने हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने उनको भनाइ छ ।

खतराको ठूलो सामना गरेर शान्ति सैनिकहरूले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्त रूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सैनिकले गरेको त्यस्ता प्रयासको गहिरो प्रभाव परेको जनाएका छन ।

“यस अवसरमा म विश्वभर शान्तिको जोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,” प्रधानमन्त्री प्रचण्डले भने,  “उहाँहरूको निस्वार्थता र समर्पण हामी सबैको लागि प्रेरणको स्रोत हो ।” उनले कठिन चुनौतिको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूप्रति प्रशंसा गरेका छन ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित छ ।”

नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशांसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारेका छन । उनले विश्वमा शान्ति स्थापना नेपालको विदेश नीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशांसा गरेको स्मरण गरे ।

नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप १० हजारसम्म तालिम प्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: