Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कांग्रेस महाधिवेशनबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ: नेता विष्ट

खबरडबली संवाददाता

काठमाडौ । नेपाली कांग्रेसको महासमिति बैठक ९नीति महाधिवेशन० सोमबारदेखि ललितपुरको गोदावरीमा जारी छ। महाधिवेशनमा देशभित्र र बाहिरबाट हजारौं महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सुवेच्छुकहरूको सहभागिता रहेको छ।

महासमितिमा विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिका प्रतिनिधिहरूले पनि सहभागिता जनाइरहेका छन्। उनीहरूले आफूहरू नेपाल र नेपालको राजनीतिप्रति गम्भीर रहेकाले कांग्रेस पनि आफूहरूका भावनाको सम्मान गर्न अग्रसर हुनुपर्ने धारणा राखेका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीको एक अंगको रूपमा ४१ देशमा जनसम्पर्क समितिहरूले काम गरिरहेको बताए। 'हामी ४१ देशमा क्रियाशील छौं। पार्टीका प्रत्येक विधि र निर्देशन अनुसार जनसम्पर्क समिति काम गरिरहेका छौं। देश दुखेको बेला हामी पनि दुख्छौं। प्रवासबाट भूकम्प, बाढी/पहिरो जस्ता विपत्तिमा सकेको सहयोग गरिरहेका हुन्छौं। पार्टीले अहायका सबै काम इमानदारितापूर्वक गरेका छौं,' उनले भने।

देश र पार्टीका बारेमा आफूहरू यसरी चिन्तित रहेको अवस्थामा कांग्रेसले आगामी दिनमा नेपाली जनसम्पर्क समितिलाई कसरी हेर्छ भन्ने आफूहरूको चासो रहेको विष्टले बताए। पार्टीले समितिका बारेमा कुनै नीति तय गर्नुअघि सम्बन्धित विभाग हुँदै समितिका सभापतिहरूको सुझाव पनि लिइदेओस् भन्ने आफूहरूको चाहना रहेको विष्ट बताउँछन्।

'कांग्रेसको विधान धारा १६ को (च)मा व्यवस्था भए बमोजिमको अधिकार जनसम्पर्क समितिको हकमा लागू गरिनुपर्छ। जस अनुसार कांग्रेसको महाधिवेशनमा भाग लिन आउने जनसम्पर्क समितिका प्रतिनिधिहरू केन्द्रीय नेतृत्वका लागि उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था गरिनुपर्छ,' उनले भने, 'जनसम्पर्क समितिलाई ६ महादेशस्तरमा संरचना निर्माण गरी प्रत्येक महादेशबाट न्यूनतम एकरएक केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था हुनुपर्छ।'

कांग्रेसको विधानको धारा ५ को (ग) को ३ मा व्यवस्था भए बमोजिम जनसम्पर्क समितिबाट महाधिवेशन र महासमितिमा भाग लिने प्रतिनिधिलाई सम्बन्धित जिल्लाको जिल्ला कार्यसमितिको बैठकमा आमन्त्रित सदस्यको रूपमा भाग लिन पाउने वैधानिक व्यवस्था गरिनुपर्ने आफूहरूको माग रहेको उनले बताए। पार्टीले स्वीकृत गर्ने जनसम्पर्क समिति सम्बन्धी विधानमा एकरूपता कायम गरिनुपर्ने विष्ट बताउँछन्।

सबै जनसम्पर्क समितिको कार्यकाल पार्टीको मूल विधानको कार्यकालसँगै चार वर्ष कायम गर्न पनि उनले माग गरेका छन्। 'कांग्रेसले कुनै राजकीय र शासकीय लाभ र नियुक्तिका लागि जनसम्पर्क समितिको सिफारिसलाई प्राथमिकतामा राख्नुपर्छ। विभिन्न देशमा विभिन्न अवैतनिक दूत र प्रतिनिधि नियुक्ति गर्दा संगठनको संरचनामा क्रियाशील रहेका साथीहरूलाई समेट्नुपर्छ। त्यसो गर्दा योगदानको उचित कदर हुनेछ,' उनले भने।

पार्टीमा रहेको दोस्रो दर्जाको क्रियाशील सदस्यता सम्बन्धी प्रावधान पनि तत्काल खारेज गर्न उनले माग गरेका छन्। जनसम्पर्क समन्वय विभाग गठन गर्दा विभागमा मनोनीत हुने सदस्यहरूका हकमा जनसम्पर्क समितिकै सदस्यहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने आफूहरूको माग रहेको उनले बताए। उपप्रमुख र सदस्य सचिवसहित ७५ प्रतिशत सदस्य जनसम्पर्क समितिबाट मनोनीत गरिनुपर्ने उनको धारणा छ।

कांग्रेसको यही महासमितिको भेलाले आगामी निर्वाचनदेखि नै विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको प्रयोग गर्न पाउने व्यवस्था सम्बन्धी प्रक्रिया अगाडि बढाउन नेतृत्व लिनुपर्छ,' उनले भने, 'जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरूले सम्बन्धित प्रदेशहरूमा समेत मताधिकार प्रयोग गर्न पाउने वैधानिक व्यवस्था गरिनुपर्छ।' यी विषयहरू आफूहरूले लिखित रूपमै महासमिति बैठकमा नेतृत्वलाई बुझाउने विष्टले बताए।

आफूहरूले स्वदेशमा लगानी गर्न चाहेको र त्यसका लागि पनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले मुलुकमा सहज वातावरण बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने विष्टले बताए। लोकतान्त्रिक हृदय भएका व्यक्तिहरू व्यापार व्यवसायको सिलसिलामा विश्वका जुनसुकै कुनामा रहे पनि देश र कांग्रेभन्दा टाढा रहन नसक्ने उनको भनाइ छ।


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending