Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कांग्रेस महाधिवेशनबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ: नेता विष्ट

खबरडबली संवाददाता

काठमाडौ । नेपाली कांग्रेसको महासमिति बैठक ९नीति महाधिवेशन० सोमबारदेखि ललितपुरको गोदावरीमा जारी छ। महाधिवेशनमा देशभित्र र बाहिरबाट हजारौं महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सुवेच्छुकहरूको सहभागिता रहेको छ।

महासमितिमा विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिका प्रतिनिधिहरूले पनि सहभागिता जनाइरहेका छन्। उनीहरूले आफूहरू नेपाल र नेपालको राजनीतिप्रति गम्भीर रहेकाले कांग्रेस पनि आफूहरूका भावनाको सम्मान गर्न अग्रसर हुनुपर्ने धारणा राखेका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीको एक अंगको रूपमा ४१ देशमा जनसम्पर्क समितिहरूले काम गरिरहेको बताए। 'हामी ४१ देशमा क्रियाशील छौं। पार्टीका प्रत्येक विधि र निर्देशन अनुसार जनसम्पर्क समिति काम गरिरहेका छौं। देश दुखेको बेला हामी पनि दुख्छौं। प्रवासबाट भूकम्प, बाढी/पहिरो जस्ता विपत्तिमा सकेको सहयोग गरिरहेका हुन्छौं। पार्टीले अहायका सबै काम इमानदारितापूर्वक गरेका छौं,' उनले भने।

देश र पार्टीका बारेमा आफूहरू यसरी चिन्तित रहेको अवस्थामा कांग्रेसले आगामी दिनमा नेपाली जनसम्पर्क समितिलाई कसरी हेर्छ भन्ने आफूहरूको चासो रहेको विष्टले बताए। पार्टीले समितिका बारेमा कुनै नीति तय गर्नुअघि सम्बन्धित विभाग हुँदै समितिका सभापतिहरूको सुझाव पनि लिइदेओस् भन्ने आफूहरूको चाहना रहेको विष्ट बताउँछन्।

'कांग्रेसको विधान धारा १६ को (च)मा व्यवस्था भए बमोजिमको अधिकार जनसम्पर्क समितिको हकमा लागू गरिनुपर्छ। जस अनुसार कांग्रेसको महाधिवेशनमा भाग लिन आउने जनसम्पर्क समितिका प्रतिनिधिहरू केन्द्रीय नेतृत्वका लागि उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था गरिनुपर्छ,' उनले भने, 'जनसम्पर्क समितिलाई ६ महादेशस्तरमा संरचना निर्माण गरी प्रत्येक महादेशबाट न्यूनतम एकरएक केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था हुनुपर्छ।'

कांग्रेसको विधानको धारा ५ को (ग) को ३ मा व्यवस्था भए बमोजिम जनसम्पर्क समितिबाट महाधिवेशन र महासमितिमा भाग लिने प्रतिनिधिलाई सम्बन्धित जिल्लाको जिल्ला कार्यसमितिको बैठकमा आमन्त्रित सदस्यको रूपमा भाग लिन पाउने वैधानिक व्यवस्था गरिनुपर्ने आफूहरूको माग रहेको उनले बताए। पार्टीले स्वीकृत गर्ने जनसम्पर्क समिति सम्बन्धी विधानमा एकरूपता कायम गरिनुपर्ने विष्ट बताउँछन्।

सबै जनसम्पर्क समितिको कार्यकाल पार्टीको मूल विधानको कार्यकालसँगै चार वर्ष कायम गर्न पनि उनले माग गरेका छन्। 'कांग्रेसले कुनै राजकीय र शासकीय लाभ र नियुक्तिका लागि जनसम्पर्क समितिको सिफारिसलाई प्राथमिकतामा राख्नुपर्छ। विभिन्न देशमा विभिन्न अवैतनिक दूत र प्रतिनिधि नियुक्ति गर्दा संगठनको संरचनामा क्रियाशील रहेका साथीहरूलाई समेट्नुपर्छ। त्यसो गर्दा योगदानको उचित कदर हुनेछ,' उनले भने।

पार्टीमा रहेको दोस्रो दर्जाको क्रियाशील सदस्यता सम्बन्धी प्रावधान पनि तत्काल खारेज गर्न उनले माग गरेका छन्। जनसम्पर्क समन्वय विभाग गठन गर्दा विभागमा मनोनीत हुने सदस्यहरूका हकमा जनसम्पर्क समितिकै सदस्यहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने आफूहरूको माग रहेको उनले बताए। उपप्रमुख र सदस्य सचिवसहित ७५ प्रतिशत सदस्य जनसम्पर्क समितिबाट मनोनीत गरिनुपर्ने उनको धारणा छ।

कांग्रेसको यही महासमितिको भेलाले आगामी निर्वाचनदेखि नै विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको प्रयोग गर्न पाउने व्यवस्था सम्बन्धी प्रक्रिया अगाडि बढाउन नेतृत्व लिनुपर्छ,' उनले भने, 'जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरूले सम्बन्धित प्रदेशहरूमा समेत मताधिकार प्रयोग गर्न पाउने वैधानिक व्यवस्था गरिनुपर्छ।' यी विषयहरू आफूहरूले लिखित रूपमै महासमिति बैठकमा नेतृत्वलाई बुझाउने विष्टले बताए।

आफूहरूले स्वदेशमा लगानी गर्न चाहेको र त्यसका लागि पनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले मुलुकमा सहज वातावरण बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने विष्टले बताए। लोकतान्त्रिक हृदय भएका व्यक्तिहरू व्यापार व्यवसायको सिलसिलामा विश्वका जुनसुकै कुनामा रहे पनि देश र कांग्रेभन्दा टाढा रहन नसक्ने उनको भनाइ छ।


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: