Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

प्रधानमन्त्रीद्वारा उपकुलपतिमा: ७८ नम्बर ‘आउट’, ७६ ‘इन’

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति छनोट समितिले प्राप्ताङ्कका आधारमा दोस्रो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेरै छाडे।

उनले बिहीबार केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन। बराल प्रधानमन्त्री दाहालले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र निकट मानिन्छन्।

प्रधानमन्त्री दाहालले सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेको चित्रबहादुर बुढाथोकीलाई नछानेर दोस्रो नम्बरमा रहेका केशरजंग बराललाई छानेका हुन।

समितिले तीनजनाले प्राप्त गरेको अंकसहित प्रधानमन्त्रीलाई सिफारिस गरेको हो। प्राप्ताङ्कका आधारमा पहिलोमा चित्रबहादुर बुढाथोकी (७८ नम्बर), दोस्रोमा केशरजंग बराल (७६ नम्बर) र तेस्रोमा टंकनाथ धमला (७५ नम्बर) छन्। छनोट समितिले प्राप्तांकसहित नाम सिफारिस गरेपछि कुलपति एवं प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका थिए।

त्रिविका कुलपति एवं प्रधानमन्त्री दाहाल सुरुदेखि नै योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन चाहन्थे तर तीन जनाको प्राप्ताङ्क सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनी अप्ठेरोमा परेका थिए।

त्यसो त पहिलो र दोस्रो नम्बरमा रहेका बुढाथोकी र बराल दुवै प्रधानमन्त्री दाहालले नेतृत्व गरेको दल माओवादी केन्द्र निकट मानिन्छन्। छनोट समितिले सिफारिस गरेकामध्ये कसलाई उपकुलपति बनाउने भन्ने विषयमा सोमबार प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल, वर्षमान पुन, छनोट समितिका संयोजक एवं शिक्षामन्त्री अशोक राई, माओवादी केन्द्रनिकट प्राध्यापकहरूबिच छलफल भएको थियो।

‘प्रधानमन्त्री दाहालले छनोट तथा सिफारिस समितिका संयोजक एवं सहकुलपति अशोक राईलाई तपाईँले नम्बरसहित सिफारिस गरेर सङ्कटमा पार्नुभयो। बरु नाम मात्र सिफारिस गरेको भए हुने,’ छलफलमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले नागरिकन्यूजसँग भनेको थियो, ‘प्रधानमन्त्रीको रोजाइमा दोस्रो दुई नम्बरका उम्मेदवार केशरजंग बराल रहेछन्। यस कारण प्रधानमन्त्रीले आफू सङ्कटमा परेको भन्नुभयो।’

तर छलफलमा सहभागी पौडेल र पुनले भने खुला प्रतिस्पर्धाबाट छनोट गरिएकाले योग्यता क्रम मिच्न नहुनेमा जोड दिएका थिए। उनीहरूले योग्यताक्रममा पहिलो अंक प्राप्त गरेका चित्रबहादुर बुढाथोकीलाई नै उपकुलपति नियुक्त गर्नुपर्नेमा जोड दिएको स्रोतले बताएको थियो।

तर मंगलबार माओवादीनिकट प्राध्यापक संगठनले पनि प्रधानमन्त्रीलाई भेटेर बराललाई उपकुलपति बनाउन दबाब दिएको थियो। माओवादी केन्द्रनिकट प्राध्यापक संगठनले योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन दबाब दिएको थियो।

माओवादी केन्द्रका नेता पौडेललगायतले योग्यताक्रममा एक नम्बरमा रहेका बुढाथोकी र माओवादी केन्द्रनिकट प्राध्यापक संगठनले दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन दबाब दिएपछि कुलपति एवं प्रधानमन्त्री दाहाल नियुक्तिमा सकस भएको थियो।

छनोट समितिले कार्यविधिले तय गरेको १०० पूर्णाङ्कमा बुढाथोकीले ७८, बरालले ७६ र धमलाले ७५ अंक प्राप्त गरेका भन्दै सोही आधारमा नाम सिफारिस गरेको हो।

योग्यताक्रममा एक नम्बरमा रहेका बुढाथोकीले योग्यता क्रम मिच्न चलखेल भइरहेको भन्दै यसअघिनै चिन्ता व्यक्त गरेका थिए। उनले खुला प्रतिस्पर्धाबाट ७८ अंकसहित आफू मेरिट सूचीको एक नम्बरमा परी सिफारिस भए पनि उपकुलपति भइहाल्नेमा विश्वस्त हुन नसकेको उल्लेख गरेका थिए। उनले उपकुलपति नियुक्तिमा भइरहेको राजनीतिक दाउपेचले समस्या निम्त्याएको जिकिर गरेका थिए।  नागरिक दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending