Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

प्रधानमन्त्रीद्वारा उपकुलपतिमा: ७८ नम्बर ‘आउट’, ७६ ‘इन’

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति छनोट समितिले प्राप्ताङ्कका आधारमा दोस्रो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेरै छाडे।

उनले बिहीबार केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन। बराल प्रधानमन्त्री दाहालले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र निकट मानिन्छन्।

प्रधानमन्त्री दाहालले सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेको चित्रबहादुर बुढाथोकीलाई नछानेर दोस्रो नम्बरमा रहेका केशरजंग बराललाई छानेका हुन।

समितिले तीनजनाले प्राप्त गरेको अंकसहित प्रधानमन्त्रीलाई सिफारिस गरेको हो। प्राप्ताङ्कका आधारमा पहिलोमा चित्रबहादुर बुढाथोकी (७८ नम्बर), दोस्रोमा केशरजंग बराल (७६ नम्बर) र तेस्रोमा टंकनाथ धमला (७५ नम्बर) छन्। छनोट समितिले प्राप्तांकसहित नाम सिफारिस गरेपछि कुलपति एवं प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका थिए।

त्रिविका कुलपति एवं प्रधानमन्त्री दाहाल सुरुदेखि नै योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन चाहन्थे तर तीन जनाको प्राप्ताङ्क सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनी अप्ठेरोमा परेका थिए।

त्यसो त पहिलो र दोस्रो नम्बरमा रहेका बुढाथोकी र बराल दुवै प्रधानमन्त्री दाहालले नेतृत्व गरेको दल माओवादी केन्द्र निकट मानिन्छन्। छनोट समितिले सिफारिस गरेकामध्ये कसलाई उपकुलपति बनाउने भन्ने विषयमा सोमबार प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल, वर्षमान पुन, छनोट समितिका संयोजक एवं शिक्षामन्त्री अशोक राई, माओवादी केन्द्रनिकट प्राध्यापकहरूबिच छलफल भएको थियो।

‘प्रधानमन्त्री दाहालले छनोट तथा सिफारिस समितिका संयोजक एवं सहकुलपति अशोक राईलाई तपाईँले नम्बरसहित सिफारिस गरेर सङ्कटमा पार्नुभयो। बरु नाम मात्र सिफारिस गरेको भए हुने,’ छलफलमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले नागरिकन्यूजसँग भनेको थियो, ‘प्रधानमन्त्रीको रोजाइमा दोस्रो दुई नम्बरका उम्मेदवार केशरजंग बराल रहेछन्। यस कारण प्रधानमन्त्रीले आफू सङ्कटमा परेको भन्नुभयो।’

तर छलफलमा सहभागी पौडेल र पुनले भने खुला प्रतिस्पर्धाबाट छनोट गरिएकाले योग्यता क्रम मिच्न नहुनेमा जोड दिएका थिए। उनीहरूले योग्यताक्रममा पहिलो अंक प्राप्त गरेका चित्रबहादुर बुढाथोकीलाई नै उपकुलपति नियुक्त गर्नुपर्नेमा जोड दिएको स्रोतले बताएको थियो।

तर मंगलबार माओवादीनिकट प्राध्यापक संगठनले पनि प्रधानमन्त्रीलाई भेटेर बराललाई उपकुलपति बनाउन दबाब दिएको थियो। माओवादी केन्द्रनिकट प्राध्यापक संगठनले योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन दबाब दिएको थियो।

माओवादी केन्द्रका नेता पौडेललगायतले योग्यताक्रममा एक नम्बरमा रहेका बुढाथोकी र माओवादी केन्द्रनिकट प्राध्यापक संगठनले दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन दबाब दिएपछि कुलपति एवं प्रधानमन्त्री दाहाल नियुक्तिमा सकस भएको थियो।

छनोट समितिले कार्यविधिले तय गरेको १०० पूर्णाङ्कमा बुढाथोकीले ७८, बरालले ७६ र धमलाले ७५ अंक प्राप्त गरेका भन्दै सोही आधारमा नाम सिफारिस गरेको हो।

योग्यताक्रममा एक नम्बरमा रहेका बुढाथोकीले योग्यता क्रम मिच्न चलखेल भइरहेको भन्दै यसअघिनै चिन्ता व्यक्त गरेका थिए। उनले खुला प्रतिस्पर्धाबाट ७८ अंकसहित आफू मेरिट सूचीको एक नम्बरमा परी सिफारिस भए पनि उपकुलपति भइहाल्नेमा विश्वस्त हुन नसकेको उल्लेख गरेका थिए। उनले उपकुलपति नियुक्तिमा भइरहेको राजनीतिक दाउपेचले समस्या निम्त्याएको जिकिर गरेका थिए।  नागरिक दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending