Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

फागुन १४ र जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल

मनाेज भट्टराई
मनाेज भट्टराई

काठमाडाैं । नेपालको इतिहासमा पहिलो पटक देशैभरि एउटै समयमा कतै सांकेतिक र कतै हातहतियारसहित विद्रोहात्मक आक्रमण भयो । त्यो दिन थियो २०५२ साल फागुन १ गते ।

यसको बदलामा तत्कालीन राजतन्त्रात्मक सत्ताले देशैभर खोजतलास, अनुसन्धान र प्रहरी सतर्कता बढाउने नाममा अन्धाधुन्ध धरपकड मच्चाउन थाल्यो । देशैभर तत्कालिन संयुक्त जनमोर्चाका नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तकलाई हैरानी दिन थाल्यो । कतिपय स्थानमा विद्यालय पढ्दै गरेका विद्यार्थी र पढाउँदै गरेका शिक्षकहरु तत्कालिन सत्ताका आँखाको तारो बने । यसकोृ ज्वलन्त उदाहरण गोर्खाको सूर्यज्योति मावि ताकुकोट र ब्रम्हाचारिनी नि.मा.वि. पन्द्रुङ हो । 

तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको क्रममा राज्यले पहिलो पटक यही ब्रम्हाचारिनी नि.मा.वि. पन्द्रुङका ११ वर्षिय बालको हत्या गेर सुरु गरेको थियो हत्या श्रृंखला । जनयुद्धको शंखघोष भएको दुई साता बित्न नपाउँदै तत्कालिन शाही सरकारका मतियारहरुले गोर्खाको सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई पक्राउ गरे ।

२०५२ फागुन १४ गते गोरखाको सूर्यज्योति माध्यामिक विद्यालय ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरूङ र शिक्षक आशाकाजी श्रेष्ठलाई विद्यालयबाटै गिरफ्तार गर्न ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । आशाकाजी उम्कन सफल भए तर, वीरबहादुरलाई प्रहरीले गिरफ्तार र्गयो । शिक्षक गुरुङलाई गोरखाको साविक सिम्जुङ गा.वि.स.स्थित सेभ द चिल्ड्रेनको कागजात जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई लिएर ताकुबाट पन्द्रुङ देउराली हुँदै घ्याम्पेसाल जानु पर्ने प्रहरी पन्द्रुङ देउराली जराङतिर लाग्यो । सिम्ले फाँटबाट जराङतिर प्रहरीले वीरबहादुर ल्याउँदा विष्णुगैरा भन्ने ठाउँमा आइपुग्दा एकैछिनलाई उनीहरू छेकिएका थिए भने गाउँको भीड बिस्तारै अगाडि बढ्दै थियो । गाउँलेमा जति आक्रोश थियो, अत्यास पनि त्यति नै । कतै गोली हानेर मार्ने त हैन ? कि वीर बहादुरलाई नै त्यही मार्च ?’ कतिले केही दिनमा त छाडिहाल्च नि । भो खोस्न नगए हुन्च पनि भनन्दै गरेका थिए ।

केही क्षणमा गोली चलेको आवाज आयो । तीनपटकसम्म गोली चलेको थियो ।  शिक्षक गुरुङलाई डाँडा कटाउनुअघि जराङ डिगाममा प्रहरी र गाउँलेबीच झडप भएको थियो । झडपका क्रममा गाउँलेले प्रहरीमाथि ढुंगा हानेका रहेछन् साथै प्रहरीले पनि । गउँले र  प्रहरीबीच केही बेर ढुंगाहानाहान भए पछि जनअाक्रोशलाई दवाउन प्रहरीले गोली हान्न थालेका थिए  ।

गोली ब्रह्मचारिणीमा पढ्ने दुई विद्यार्थी कक्षा चारमा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल र कक्षा छमा पढ्ने १५ वर्षीय रामप्रसाद भट्टलाई लागेको थियो । जनयुद्धको नाममा पड्किएकना ती गोलीहरू त सिसाका रहेछन् र माओवादीका नाममा राज्यले खर्च गरेकोे पहिलोपटकको सिसाका गोलीले दिलबहादुर र रामप्रसादलाई लागेको थियो ।

त्यतिबेलाका ब्रम्हाचारिनीका प्रधानाध्यापक गोविन्द देवकोटा र निरबहादुर गुरुङ (जो वीरबहादुरको काकाका छोरा) लगायतले प्रहरीमाथि ढुङ्गा प्रहारगर्दा बदलामा पड्किएको गोलीले दिलबहादुरको दिल टुटायो, जीवनको अन्तिम घडीको निम्तो पाए । रामप्रसादको जीवनको रमिता बनाइदियो । 

सबै विद्यार्थीका प्यारा शिक्षकलाई बचाउन सारा विद्यार्थीहरुले घेरा हाली ती हतियारधारी प्रहरीहरुसँग प्रतिकार गर्दा दिलबहादुर रम्तेल र रामप्रसाद भट्टमाथि गोली प्रहार भयो  । लुईजनालाई गोली लागी सकेपछि प्रहरीले शिक्षक गुरुङ्गलाई गिरफ्तार गरी लगेरै छाड्यो । आफ्नो ज्यानको आहुति दिएर आफ्ना प्यारा गुरुलाई ती साहासी बालकले बचाउन खोजे तर सकेनन् । 

यसरी एउटा बालक नै जनयुद्धको झिल्कोको रुपमा सल्किदै गए । देशव्यापी उनको रगतको थोपा झिल्काको रुपमा फैलदै गयो । हरेक गाउँ-गाउँ र बस्ती-बस्तीबाट बदलाकाे ज्वाराभाट निस्कीयाे । १५ हजार भन्दा बढीले यस जनयुद्धमा सहादत प्राप्त गरे ।

उनले नै नेपालको जनयुद्धमा पहिलो सहिदको रुपमा चिनिने मौका पाए । त्यसैले आज पनि माओवादीले फागुन १४ देखि फागुन २१ गतेसम्म नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि आफ्नो प्राण उत्सर्ग गर्नेहरुलाई सहिदको रुपमा मान्दै र सहिद सप्ताह मनाउँदै आइरहेको छ । जनयुद्ध र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दिलबहादुर रम्तेल लगायत सम्पूर्ण सहिदहरुप्रति सच्चा श्रद्धान्जली त्यो बेला हुनेछ, जुनबेला वहाँहरुले देखाएको बाटोमा माओवादीहरु बाटो नबिराई हिँड्न सक्छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending