काठमाडाैं । नेपालको इतिहासमा पहिलो पटक देशैभरि एउटै समयमा कतै सांकेतिक र कतै हातहतियारसहित विद्रोहात्मक आक्रमण भयो । त्यो दिन थियो २०५२ साल फागुन १ गते ।
यसको बदलामा तत्कालीन राजतन्त्रात्मक सत्ताले देशैभर खोजतलास, अनुसन्धान र प्रहरी सतर्कता बढाउने नाममा अन्धाधुन्ध धरपकड मच्चाउन थाल्यो । देशैभर तत्कालिन संयुक्त जनमोर्चाका नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तकलाई हैरानी दिन थाल्यो । कतिपय स्थानमा विद्यालय पढ्दै गरेका विद्यार्थी र पढाउँदै गरेका शिक्षकहरु तत्कालिन सत्ताका आँखाको तारो बने । यसकोृ ज्वलन्त उदाहरण गोर्खाको सूर्यज्योति मावि ताकुकोट र ब्रम्हाचारिनी नि.मा.वि. पन्द्रुङ हो ।
तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको क्रममा राज्यले पहिलो पटक यही ब्रम्हाचारिनी नि.मा.वि. पन्द्रुङका ११ वर्षिय बालको हत्या गेर सुरु गरेको थियो हत्या श्रृंखला । जनयुद्धको शंखघोष भएको दुई साता बित्न नपाउँदै तत्कालिन शाही सरकारका मतियारहरुले गोर्खाको सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई पक्राउ गरे ।
२०५२ फागुन १४ गते गोरखाको सूर्यज्योति माध्यामिक विद्यालय ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरूङ र शिक्षक आशाकाजी श्रेष्ठलाई विद्यालयबाटै गिरफ्तार गर्न ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । आशाकाजी उम्कन सफल भए तर, वीरबहादुरलाई प्रहरीले गिरफ्तार र्गयो । शिक्षक गुरुङलाई गोरखाको साविक सिम्जुङ गा.वि.स.स्थित सेभ द चिल्ड्रेनको कागजात जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई लिएर ताकुबाट पन्द्रुङ देउराली हुँदै घ्याम्पेसाल जानु पर्ने प्रहरी पन्द्रुङ देउराली जराङतिर लाग्यो । सिम्ले फाँटबाट जराङतिर प्रहरीले वीरबहादुर ल्याउँदा विष्णुगैरा भन्ने ठाउँमा आइपुग्दा एकैछिनलाई उनीहरू छेकिएका थिए भने गाउँको भीड बिस्तारै अगाडि बढ्दै थियो । गाउँलेमा जति आक्रोश थियो, अत्यास पनि त्यति नै । कतै गोली हानेर मार्ने त हैन ? कि वीर बहादुरलाई नै त्यही मार्च ?’ कतिले केही दिनमा त छाडिहाल्च नि । भो खोस्न नगए हुन्च पनि भनन्दै गरेका थिए ।
केही क्षणमा गोली चलेको आवाज आयो । तीनपटकसम्म गोली चलेको थियो । शिक्षक गुरुङलाई डाँडा कटाउनुअघि जराङ डिगाममा प्रहरी र गाउँलेबीच झडप भएको थियो । झडपका क्रममा गाउँलेले प्रहरीमाथि ढुंगा हानेका रहेछन् साथै प्रहरीले पनि । गउँले र प्रहरीबीच केही बेर ढुंगाहानाहान भए पछि जनअाक्रोशलाई दवाउन प्रहरीले गोली हान्न थालेका थिए ।
गोली ब्रह्मचारिणीमा पढ्ने दुई विद्यार्थी कक्षा चारमा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल र कक्षा छमा पढ्ने १५ वर्षीय रामप्रसाद भट्टलाई लागेको थियो । जनयुद्धको नाममा पड्किएकना ती गोलीहरू त सिसाका रहेछन् र माओवादीका नाममा राज्यले खर्च गरेकोे पहिलोपटकको सिसाका गोलीले दिलबहादुर र रामप्रसादलाई लागेको थियो ।
त्यतिबेलाका ब्रम्हाचारिनीका प्रधानाध्यापक गोविन्द देवकोटा र निरबहादुर गुरुङ (जो वीरबहादुरको काकाका छोरा) लगायतले प्रहरीमाथि ढुङ्गा प्रहारगर्दा बदलामा पड्किएको गोलीले दिलबहादुरको दिल टुटायो, जीवनको अन्तिम घडीको निम्तो पाए । रामप्रसादको जीवनको रमिता बनाइदियो ।
सबै विद्यार्थीका प्यारा शिक्षकलाई बचाउन सारा विद्यार्थीहरुले घेरा हाली ती हतियारधारी प्रहरीहरुसँग प्रतिकार गर्दा दिलबहादुर रम्तेल र रामप्रसाद भट्टमाथि गोली प्रहार भयो । लुईजनालाई गोली लागी सकेपछि प्रहरीले शिक्षक गुरुङ्गलाई गिरफ्तार गरी लगेरै छाड्यो । आफ्नो ज्यानको आहुति दिएर आफ्ना प्यारा गुरुलाई ती साहासी बालकले बचाउन खोजे तर सकेनन् ।
यसरी एउटा बालक नै जनयुद्धको झिल्कोको रुपमा सल्किदै गए । देशव्यापी उनको रगतको थोपा झिल्काको रुपमा फैलदै गयो । हरेक गाउँ-गाउँ र बस्ती-बस्तीबाट बदलाकाे ज्वाराभाट निस्कीयाे । १५ हजार भन्दा बढीले यस जनयुद्धमा सहादत प्राप्त गरे ।
उनले नै नेपालको जनयुद्धमा पहिलो सहिदको रुपमा चिनिने मौका पाए । त्यसैले आज पनि माओवादीले फागुन १४ देखि फागुन २१ गतेसम्म नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि आफ्नो प्राण उत्सर्ग गर्नेहरुलाई सहिदको रुपमा मान्दै र सहिद सप्ताह मनाउँदै आइरहेको छ । जनयुद्ध र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दिलबहादुर रम्तेल लगायत सम्पूर्ण सहिदहरुप्रति सच्चा श्रद्धान्जली त्यो बेला हुनेछ, जुनबेला वहाँहरुले देखाएको बाटोमा माओवादीहरु बाटो नबिराई हिँड्न सक्छन् ।
प्रतिकृया लेख्नुहोस्: